© २०२३
बुटवल,६ बैसाख । पूर्व परराष्ट्रमन्त्री कांग्रेस नेता डा. नारायण खड्कालगायत १२ जनाको नागरिकता छानबिन गर्न माग गरी गृह मन्त्रालयमा उजुरी परेको छ।
सिन्धुलीका युवराज पौडेल सफलले सोमबार उक्त उजुरी दिएका हुन् ।
रवि लामिछानेविरुद्ध अदालतमा उजुरी पनि पौडेलले गरेका थिए। उनकै उजुरीपछि लामिछानेको मन्त्री र सांसद पद खारेज भएको थियो ।
उजुरीमा खड्कासहित उच्चपदस्थ १२ जनाको नेपाली नागरिकता र पीआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ।
राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा. स्वर्णिम वाग्ले, डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुको दोहोरो नागरिकता रहेको उजुरीमा दाबी गरिएको छ।
डा. खड्का नेपाली कांग्रेसको राजनीतिमा आउनुअघि क्यानडामा बसोवास गर्थे। उनकी श्रीमती क्यानडाली नागरिक हुन्।