© २०२३
बगनासकाली गाउँपालिका–८ बराङ्दी लुमकला घिमिरेलाई घरको काम भन्दा किसानहरुलाई व्यवसायीक कुरीलो खेती कसरी गर्ने भनेर सिकाउँदैमा दिन वित्ने गरेको छ । एक वर्ष अगाडीबाट व्यवसायीक कुरीलो खेती थालनी गरेकी कृषक घिमिरेले आफुले मात्र नभइ सबैलाई व्यवसायीक बनाएर आर्थीक उपार्जनको बाटोमा डो¥याउने काम गरेको बताउँछिन् । घिमिरे यतिखेर जिल्लाकै कुरीलो खेतीको स्रोत व्यक्तिका रुपमा स्थापित बनेकी छन् ।
स्थानीय सरकारको निर्माण पछि स्थानीय सरकारले कृषिलाई मुख्य प्रथमिकतामा रोखेर आवश्यकता अनुसार बजेट विनियोजन गरि कार्यान्वयन गर्न लागेपछि घिमिरे जस्ता धेरै कृषकहरुको दैनिकी बदलिएको छ । गाउँपालिकाको वडा नं. ३ नायरनमतलेस गाउँका कृषक दिल बहादुर गाहा पनि विगत एक वर्षदेखि व्यवसायीक च्याउ खेतीबाट वार्षिक रुपमा १० लाख रुपैया आम्दानी गर्न सफल भएको बताउँछन् । गाउँपालिकाबाट कृषि व्यवसायका लागी आर्थिक र प्राविधिक सहयोग गरेका कारण आफु व्यवसायीक बन्न सफल भएको उनले बताए ।
नयाँ संरचना अनुसार स्थानीय सरकार बन्नु पूर्व कृषकहरुले कृषि व्यवसाय व्यवसायीक भन्दा निर्वाहमुखीका रुमा अगालेका थिए । आज धेरै विधाको पकेट प्याकेज क्षेत्रका रुपमा विकास भएको गाउँपालिकाका कृषि प्रमुख सन्तोष जिसीले बताए । गाउँपालिकाले वजेटको व्यवस्थापन गरिदियो प्राविधिकले संभाभ्यता अध्ययन गरि कृषकहरुलाई व्यवसायीक कृषि तर्फ कार्ययोजना बनाइ कार्यान्वयन गरेका कारण कृषकहरुले सफलता प्राप्त गरेको उनको अनुभव छ । प्रमुख जिसीका अनुसार तरकारी (मौसमी बेमौसमी) सुन्तला जात फलफूल, माछा, तरभुजा, सूर्यमुखी, तोरी, मकै, कुरीलो, अदुवा, को पकेट क्षेत्र बनेका छन् । एक वस्ती एक उत्पादनका कार्यलाई गाउँपालिकाले कार्यान्वयन गर्दै कृषिमा आधुनीकरण, यान्त्रिकरण र सिंचाइको व्यवस्थापनलाई जोड दिएका कारण व्यवसायीक कृषिले सफलता प्राप्त गरेको उनको भनाई छ । ‘हाम्रो उद्देश्य भनेको कृर्षकले उत्पादन गरेर सोझोबाटो बाट पैसा कमाउने भन्ने हो उनले भने, त्यसका लागि गाउँपालिकाले कृषकलाई प्राविधिक सहयोग र प्रोत्साहन गरिरहेको छ ।’
स्नातक तहको अध्ययन पूरा गरि प्रमाण पत्र सिरानीमा राखेर रोजगारिको सपना देखेका दर्लम डाँडाका युवा सुरज गैरे रोजगारिको सपना देख्दा थकाइ लाग्यो । अन्त तह व्यवसायीक कृषिबाट (तरकारी खेती) वार्षिक रुपमा १० लाख रुपैया घरैमा बसेर आम्दानी गर्न सफल भएकोमा दंग परेका छन् । विदेशी भूमिमा राप र तापमा छटपटिनु भन्दा सामान्य लगानीबाट विदेशमा भन्दा स्वेदेशमै राम्रो आम्दानी लिन सफल भएको कृषक गैरेल आफ्नो अनुभव बताए ।
जीवनको उर्जासिल समय विदेशी भूमिमा रगत र पसिना बगाएका, स्वदेशमै पनि सार्वजनिक यातायात सञ्चालन गरेको अनुभव बटुलेका एकदेव पाण्डे पनि समयमै व्यवसायीक तरकारी खेती गरेको भए आफ्ले मानसिक र शारिरीक कस्ट भोग्नु नपर्ने बताउदै आफु विगतलाई संझिदै पश्च्याताप को जालोमा जेलिए पनि व्यवसायीक तरकारी खेतीबाट मनज्ञ आम्दानी गर्न सफल भएको उनले बताए ।
सडक सञ्जालले सबै वस्तीलाइै जोडिदिनु, सदरमुकाम देखि गाउँवस्ती नजिक भएका कारण कृषकहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरण का लागी सहज भएको कृषकहरुको भनाइ रहेको छ ।
गाउँपालिकाले आर्थीक सम्वृद्धिको आधार कृषिलाई ठानेर मूख्य प्राथमिकतामा राख्दै स्नातक तह पूरा गरेका यूवा युवतीहरुलाई आवश्यकता र योजना अनुसार ५ लाख रुपैया सम्म प्रमाण पत्र राखेर विना व्याजमा कर्जा प्रवाह गरि युवा जनशक्तिलाई कृषिमा आकर्षित गरिएको गाउँपालिकाका अध्यक्ष कृष्ण बस्याल बताउछन् । कृषिका लागी ६० लाख रुपैया विनियोजन गरि गाउँपालिकाले व्यवसायीक कृषिका लागी यान्त्रिकरण र आधुनीकरणमा जोड दिएको छ । कृषि उपजको बजारमा विचौलियाको प्रवृत्ति अन्त्यका लागी कृषकले उत्पादन गरेको ५ क्विन्टल भन्दा माथी कृषि उपज बजारमा पु¥याउदा हुने ढुँवानी खर्च गाउँपालिकाले बेहोर्ने निती यस आर्थीक वर्षबाट थालनी गरि कार्यान्वयन गरेपछि कृषकहरुमा थप हौसला र उर्जा प्राप्त भएको अध्यक्ष बस्यालको दावी छ । विगत एक वर्ष यता गाउँपालिकामा कृषि उपज विक्रीबाट ५ करोड भन्दा बढी रुपैया भित्रने गरेको उनले बताए । कृषि व्यवसायबाट कृषकलाई उद्यमी बनाउदै एक घर एक उद्यमी र स्वरोजगार बनाउने गाउँपालिकाको उद्देश्य रहेको अध्यक्ष बस्याल बताउँछन् ।