ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

प्रदेशमा १ सय ११ खेलमैदान

४ श्रावण २०७५, शुक्रबार
४ श्रावण २०७५, शुक्रबार

खेलकुद क्षेत्रको विकास गर्न पाच नम्बर प्रदेश सरकारले भौतिक पूर्वाधारमा लगानी बढाएको छ । खेल पूर्वाधार बिना खेलाडी उत्पादन असम्भव रहेको भन्दै प्रदेश सरकारले खेल क्षेत्रमा लगानी बढाएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाबी गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विहिबार बुटवलमा आयोजना गरेको एन्फा कार्यनीति, ग्रासरुट, विधान र नियमावदीको प्रदेश स्तरीय अन्तरक्रिया एवम कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले र्दीघकालिन योजनासहित पूर्वाधारको विषय प्रदेश सरकारको प्राथमिकता भएको बताए । ‘यो वर्षमा पाच नम्बर प्रदेशमा १ सय ११ वटा स्थानमा खेलमैदान बन्दै छ ।’– उनले भने । पहिलो चरणमा पूर्वाधार विकासका लागि जमिनको सुनिश्चितता गरिने र त्यसपछि पूर्वाधार विकास समेत गरिने उनले बताए । ‘यो लगानीले पुस्तौपुस्तालाई खेल विकासमा सहयोगसिद्ध हुने छ ।’–उनले भने । युवाहरुलाई कुलतमा लाग्नबाट रोक्ने सबैभन्दा शसक्त माध्यमका रुपमा खेलक्षेत्र भएको आत्मसात गरेर लगानी बढाएको दाबी गर्दै उनले प्रत्येक पालिकालाई न्युनतम ५० लाख बजेट छुटाएको बताए । पहाडका युवाहरुले पनि खेल्ने पूर्वाधार पाउने उनले बताए । पाच नम्बर प्रदेशका ४ वटै उपमहानगरपालिकामा रंगशाला बनाउने कामलाई बढाएको उनले बताए । केन्द्र सरकारको पहलमा २ स्थानमा रंगशाला निमार्णको क्रममा रहेको र थप २ वटा उपमहानगरपालिका प्रदेश सरकारले लगानी गर्ने समेत उनले बताए । उपमहानगरस्तरमा रंगशालाका साथै अन्यस्थानमा ब्यवस्थित किसिमको आधारभुत खेलमैदान बनाउने गरि बजेट बनाईएको उनले दाबी गरे । एन्फासंग सहकार्यका लागि प्रदेश सरकार तयार रहेको भन्दै उनले एन्फाको परियोजना अन्तरगत न्युनतम ३ मिलियन पाच प्रदेशलाई दिएरमा नसोचेका कामहरु गरेर देखाउने दाबी गरे । प्रदेश सरकारले सिमिति श्रोत साधनबाट पनि उत्साहका साथ अघि बढ्ने काम शुरु गरेको उनले बताए । उनले नेपालमा टेक्निकल सेन्टरहरु पदाधिकारीहरुको निकट रहेका बच्चाहरुको जम्मा गर्ने थलो बनेको गुनासो आउने गरेको भन्दै प्रतिभालाई छनौट गर्ने सेन्टर विकास गर्न सुझाव दिए । ‘फराकिलो दायरामा ल्याउन जरुरी छ ।’–उनले भने । बिबाद अन्त्यसंग संस्थागत एकताका साथ संघले काम अघि बढाएको र यसको प्रतिफल सकारात्मक हुने समेत उनले बताए । अन्तराष्ट्रिय खेललाई हेर्दा नेपाल फुटबलमा पछि रहेको भएपनि सम्भावना भने रहेको उनले बताए । खेलाडीको स्टामिना, शारीरिक रुपमा सबलका साथै खेलाडीमा कलासंगै दौडन सक्ने क्षमता हुनुपर्ने भन्दै यसका लागि उमेर समुहबाट नै खेलाडी उत्पादनलाई अघि बढाउनुपर्ने समेत बताए ।

देशका लागि सक्षम खेलाडी उत्पादन गर्न तथा प्रतिभालाई खार्ने काममा प्रतियोगिताको नियमितता जरुरी रहेको समेत उनले बताए । अहिले आधारभुत भन्नाले जिल्लास्तरमा भन्ने आम नागरिकमा रहेको सोचलाई अब परिवर्तन गर्न जरुरी रहेको भन्दै उनले स्थानिय सरकार वा पालिकास्तरमा परियोजनाहरु लैजान समेत सुझाव दिए । ‘पालिका तहमा गएरमात्र श्रोत र खेलप्रतिभाहरु उत्पादन हुन्छ ।’–उनले भने । एन्फाले नेपाली फुटबल क्षेत्रमा गर्ने यो वर्ष साढे २२ लाख डलरलाई सही ढंग र दिगो हुने गरि योजनाबद्ध लगानी गर्न उनले सुझाव दिए । पहिले ७७ जिल्ला रहेको सञ्जाल अब ७ सय बढि पालिकाहरु बाडिनुपर्दा त्यसमा भएको लगानी र प्रतिफलको अनुगमन समेत एन्फालाई कठिन हुने उनले बताए ।
कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग लामाले निर्वाचनको दौरानमा संस्थागत परिवर्तन र विकासका धेरै कुराहरु उठाएका बताए । एन्फालाई नीतिगत रुपमा बलियो बनाउने, एन्फाको कार्यनीति दीर्घकालिन र अल्पकालिन बनाउने, जिल्लादेखि केन्द्रसम्म फुटवल संघलाई सशक्तिकरण गराएर नेपाली फुटबललाई बलियो बनाउने उद्घोष अनुसार नै आफनो टिम अघि बढेको बताए । केन्द्रिय नीति बनाउनका लागि देशका विभिन्न प्रदेशमा छलफलको कार्यक्रम जारी रहेको उनले बताए । देश संघिय संरचनामा गएसंगै प्रदेश स्तरमा भौतिक पूर्वाधार विकास बिना फुटबलको विकास हुन नसक्ने उनले बताए ।

यसअघिसम्म एन्फा आर्थिक नियम बिनालाई संचालन भएकाले पारदर्शि बनाउनका लागि जिल्ला, प्रदेशस्तरमा छलफल हुन थालेको उनले बताए । संस्था नीतिगत रुपमा पारदर्शि र प्रष्ट हुन जरुरी रहेको भन्दै उनले जिल्लास्तरका पदाधिकारी र फुटबल क्लबहरुको समेत सुझाव लिएर ३ महिनाभित्र एन्फालाई बलियो बनाउने प्रतिवद्धता अनुसार बुटवलमा तेस्रो कार्यक्रम गरिएको बताए । देश संघिय संरचनामा गएसंगै एन्फाको विधान परिमार्जनका लागि पनि भेला जरुरी रहेको बताए । नेपालको नया संविधान अनुसार जानका लागि विधान मस्यौदा गर्ने काम भेलाबाट हुने उनले बताए ।

नेपालको फुटबल नाजुक अवस्थामा रहेको र यसको विकासका लागि नेपालमा ग्रासरुट लेभलको कार्यक्रमलाई अघि बढाउन जरुरी रहेको उनले बताए । भदौदेखि ४५ जिल्लाहरुमा ग्रास रुट लेभलका कार्यक्रम संचालन गरिने उनले बताए । एउटा घर बनाउन जसरी जग बलियो हुन जरुरी हुन्छ त्यसरी नै फुटबलको विकासका लागि ग्रासरुट कार्यक्रम जरुरी रहेको उनले दाबी छ । नेपाली फुटबल ब्यवसायीकता र खेलाडीहरु रोजगारमुलक हुने, प्रशिक्षकहरु, रेफ्रीहरु रोजगार हुने अवसरका रुपमा रहेको लिगलाई निरन्तरता दिने समेत उनले बताए । नेतत्वमा आएसंगै धेरै कामहरु गरेको दाबी गर्दै उनले महिला लिग, ४५ जिल्लामा एन्फा अन्तर माविकप समेत संचालन भैसकेको बताए । यसअघि पदाधिकारीहरुले काम गर्न नसक्दा वर्षेनी बजेट फ्रिज हुने समस्या रहेकोमा आफुहरुको आग्रहमा एएफसीले फ्रिज भएको साढे २२ लाख डलर रकम दिएकाले काम गर्ने हौसला बढेको उनले बताए ।

सात वटा प्रदेशमा १४ वटा टेक्निकल सेन्टर बनाउने प्रतिबद्धता अनुसार काम अघि बढेको भन्दै उनले एएफसीबाट रौटहत जिल्लाको चन्द्रनिगाहापुरमा महिला टेक्निकल सेन्टर बनाउने काम स्वीकृत भएको बताए । कार्यक्रममा उपेन्द्रमान सिहले ग्रासरुट लेभलका बारेमा कार्यपत्र, अध्यक्ष शेपाले एन्फाको कार्यनीति तथा आर्थिक नियमावलीका बारेमा कार्यपत्र पेश गरेका थिए । भेलामा एन्फाको कार्यनीति, विधान संसोधन, आर्थिक नियमावली, कर्मचारी नियमवालीका सहित विषयमा ५, ६ र ७ प्रदेशका १० जिल्लाबाट ६६ जना प्रतिनिधिहरुको छलफल र सुझाव संकलन गरि साउन ३० गते हुने विशेष साधारण सभामा सबै नियम कानुनलाई पारित गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?