© २०२३
सात वर्ष अघि जिल्लामा कफी खेती फस्टाएको थियो । त्यतिबेला १८ टन पार्चमेन्ट र ५ टन ड्राई कफी काठमाडौबाट विदेश निर्यात हुन्थ्यो । २०६८ मा नौं महिना सुख्खा मौसम भएका कारण कफीका बोटमा सिचाइ“ र गबारो किराले बोट नै सखाप पारेपछि ह्वात्तै उत्पादन घट्यो । अहिले आठ टन पार्चमेन्ट र तीन टन ड्राई कफी निर्यात भएको छ । गाउ“मा उत्पादित जिल्ला कफी व्यावसायी संघले सन्धिखर्कमा संकलन गरेर बाहिर पठाउने गर्छ ।
फल्दै गरेका कफीका बोट गबारो लगेर मरेपछि करिब एक हजार दुई सय व्यावसायीक किसान विस्थापित भएका थिए । गबारो नियन्त्रण गर्ने उपाय किसानलाई भएन । जिल्ला कृषि विकास कार्यालयले पनि खासै पहल गरेन । सात वर्षपछि सरकारले कफी खेती विस्तारको लागि नया“ कार्यक्रम ल्याएपछि कृषकमा खुसी भएका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कफी सुपरजोन कार्यक्रम अन्तरगत पहिलो चरणमा कफी खेती हुने क्षेत्र निर्धारण गरिएको छ । गुल्मीको तम्घासमा रहेको जोनको कार्यालयले अर्घाखा“ची, पाल्पा, प्युठान, स्याङजा र गुल्मी गरी पा“च जिल्लामा कफी विस्तार गर्ने भएको छ । अर्घाखा“चीका पुराना गाउ“ र विस्थापित किसानलाई पुनःस्थापना गरी क्षेत्र निर्धारण गरियो । छ स्थानीय तहका २४ गाउ“मा पहिलो चरणमा खेती गरिनेछ ।
सन्धिखर्क नगरपालिकाको नरपानी, खा“चीकोट, किमडा“डा, भूमिकास्थान नगरका खिल्जी, असुरकोट, नुवाकोट, धाचौर, ढिकुरा, धारापानी, ढाकावाङ र शीतगंगा नगरका सीतापुर, ठाडा, जुकेका छन । मालारानी गापाको बा“गी, हंसपुर, गोखुंगा, छत्रदेव गापाका ठुलापोखरा, बल्कोट, मरेङ, छत्रगञ्ज, भगवती छन । पाणिनि गापाका पटैटी, पणेना र अडगुरी गाउ“मा कफी खेती विस्तार गर्ने गरी क्षेत्र निर्धारण गरिएको छ । जोन प्रमुख उमानाथ भण्डारीले अर्घाखा“चीका मध्यभुभाग भएकाले सबै गाउ“वस्तीमा कफी खेती हुने बताए । ‘नेपालको कफी विदेशमा निर्यात भएकाले बजारको समस्या छैन,’ उनले भने, ‘मुल्य कफी बोर्डले तोकेको छ ।
अब धेरै किसानलाई आबद्ध गराउने र बा“झा जग्गामा कफी बगैचा बनाएर विदेश जाने युवालाई यही स्वरोजगार बनाउने हो ।’ पा“च जिल्ला मध्ये अर्घाखा“ची मध्य तराई छ । सबै जिल्लामा कफी खेतीको राम्रो संभावना भएको उनले बताए । पहिलो चरणमा क्षेत्र निर्धारण गर्ने, किसानलाई कफी लगाउने, फलाउने मल, जल र बगैचा व्यवस्थापनको तालिम एवं तरिका सिकाइन्छ । गबारो लगायतका रोग नियन्त्रणका उपायबारे तालिम दिन प्राविधिक गाउ“–गाउ“मा जान्छन, उनले भने ।
कफी व्यावसायी महासंघका केन्द्रिय सदस्य पुष्करनाथ बञ्जाडेले सात वर्ष अघि गबारोले कफीका बोट नोक्सान गरेपछि बगैचा नै ध्वस्त भएको बताए । अरु खेती भन्दा कफीबाट आत्मनिर्भर बन्न धेरै सजिलो छ । गबारो नियन्त्रण गर्ने उपाय, बगैचा कसरी बनाउने, कस्तो ठाउ“मा खेती हुन्छ र छहारी व्यावस्थापन गर्ने तरिक किसानलाई सिकाउनुपर्ने उनले बताए । ‘फेरी सुपरजोन मार्फत कार्यक्रम आउ“दा खुसी लाग्यो,’ उनले भने, ‘विस्थापित किसानलाई जगाउनुपर्छ । कफीका बोटका विमा गरिदिनुपर्छ ।’ उनले किमडा“डामा कफी खेती र विरुवा उत्पादन गर्छन । फेरी उत्साहित बनाउनुपर्छ । दुई÷तीन मुरी अन्न उत्पादन हुने बारीमा कफीबाट तीनस हजार रुपैया“सम्म आम्दानी भयो । अन्नभन्दा कफीबाट तेब्बर आम्दानी हुन्छ, उनले भने ।
कफी खेती फस्टाउ“दै जा“दा उतिबेला जिल्लामा ४१ समुह, चार सहकारीमा किसान आबद्ध भएका थिए । बगैचाका धेरै बोट मरे । केही बोटमा पलिरहेका छन । अब उनीहरुलाई फेरी उत्साहित गराउनुपर्ने कफी व्यावसायी संघका जिल्ला उपाध्यक्ष एवं बल्कोटका किसान विष्णुप्रसाद भुसालले बताए । २३ ठाउ“मा पल्पर मेसिन छन । कफी त अहिले पनि छन, गबारोले निरास मात्रै बनाएको हो, ठुलापोखराका किसान कृष्णप्रसाद पाण्डेले भने ।
जिल्लाका छ वटै पालिकाका जनप्रतिनिधिले कफी खेती विस्तारको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । मेरो पालिकामा बा“दरले हैरान बनाएको छ, कफी बा“दरले नोक्सान (खा“दैन) मैले यसलाई योजनाबद्ध रुपमा गाउ“मा कफी खेतीको विस्तार गर्छु, छत्रदेव गापा अध्यक्ष लेखनाथ पोखरेलले भने ।