© २०२३
आठौं राष्ट्रिय खेलकुँद प्रतियोगिताको लागि बर्दघाट सुस्ता पश्चिम नवलपरासीले खेलाडी छनौट प्रकृया पुरा गरेको छ ।
प्रदेश ५ को विभिन्न स्थानहरुमा सँचालन हुने प्रतियोगिताको लागि जिल्लाबाट विभिन्न चरणहरुमा सम्बन्धित खेलहरुका उत्कृष्ट खेलाडी छनौट प्रकृया पुरा भएको जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष कुमार आलेले जानकारी दिए ।
२०७५ माघ २५ गतेदेखी प्रतियोगिता मिती तय भएपनि पूर्वाधार निर्माण सम्पन्न हुन नसकेर अन्यौल भएको राष्ट्रिय प्रतियोगिताको लागि खेलाडी छनौट भने भएका छन । जिल्ला हुँदै प्रदेश प्रतियोगितामा सहभागिता जनाउने र प्रदेशको तर्फदेखी राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन जिल्लाले १५ खेलमा सहभागिता जनाएको अध्यक्ष आलेले जानकारी दिए ।
नवलपरासी पश्चिमले फुटवलमा महिला पुरुष १६—१६, एथलेटिक्समा ८ पुरुष र ६ महिला, टेवलटेनीसमा ३ पुरुष २ महिला, क्रिकेटमा १४ पुरुष, भलिवलमा १० पुरुष, कबड्डीमा महिला पुरुष १०—१०, खो खो मा महिला पुरुष १२—१२, यस्तै ब्याडमिन्टनमा ४ पुरुष, कराँतेमा ११ पुरुष १० महिला, आइ टि एफ तेक्वान्दोमा महिला पुरुष १०—१०, कुश्तिमा १० पुरुष, चेसमा १ पुरुष, उसुमा ४ पुरुष, बास्केटबलमा महिला पुरुष १०—१०, र ह्याण्डबलमा पुरुष १२ र महिला ९ खेलाडी गरी १ सय ३३ पुरुष र ८३ महिला खेलाडी गरी कुल २ सय १६ खेलाडी छनौट गरिएको अध्यक्ष आलेले जानकारी दिए । १५ खेलको लागि २४ टिम म्यानेजर र २४ कोच समेत छनौट गरि छनौट भएका खेलाडीहरुलाई प्रशिक्षण दिइरहेको जिल्ला खेलकुँद विकास समिति नवलपरासीले जनाएको छ ।
जिल्लाबाट प्रदेश हुँदै राष्ट्रिय च्याम्पीयन खेलाडी छनौट गरी अन्तराष्ट्रिय प्रतियोगितामा समेत प्रतिनिधित्व गर्ने खेलाडी छनौट हुने हुँदा छनौट भएका खेलाडीलाई नियमित प्रशिक्षण गराई क्षमता अभिवृद्धि गराउन जिल्ला खेलकुँद विकास समिति लागि परेको समेत अध्यक्ष आलेले बताए ।
नवलपरासी जिल्ला खेलक्षेत्रमा अग्रणी स्थानमा रहेपनि जिल्लाबाट कबड्डी, कुश्ती, तेक्वान्दो र कराँतेमा जिल्लाका खेलाडीको उत्कृष्ट प्रर्दशन रहनेमा समिति आशावादी रहेको आलले बताए ।
कबड्डीमा राष्ट्रिय स्तरमै ख्याती कमाएको र जिल्लाका खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएकोले पनि कबड्डीमा प्रदेश च्याम्पीयन हुन सक्नेमा समिति आशावादी रहेको छ । टिम इभेन्टहरुबाट उत्कृष्ट प्रदर्शन केहि खेलाडीहरुले गर्न सक्ने समेत उनले आशा जनाएका छन ।
नवलपरासीमा क्षमतावान खेलाडीहरु रहेपनि उनीहरुको क्षमता अभिवृद्धि र नियमित प्रशिक्षणको अभावले गर्दा सोँचेजस्तो नतिजा हासिल हुन सकेको छैन । केन्द्रले प्रशिक्षकको ब्यवस्था र नियमित अभ्यासको लागि बजेट छुट्याएको खण्डमा नवलपरासीले राष्ट्रियस्तरका खेलाडी उत्पादन गरी देशको निम्ति खेल्ने खेलाडीको आवश्यकता पुरा गर्ने अध्यक्ष आले बताउँछन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी