ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

चैतभित्र नसके हर्जना

१२ पुष २०७५, बिहीबार
१२ पुष २०७५, बिहीबार

निर्माणाधीन बुटवल–बेलहिया ६ लेन सडक आगामी चैतभित्र पूरा नभए निर्माण कम्पनीहरुले हर्जना तिर्नुपर्ने भएको छ । व्यापारिक मार्ग बिस्तार आयोजनाले ठेकेदार कम्पनीहरुलाई अन्तिम पटकका लागि आगामी चैत मसान्तसम्म म्याद दिएको र यो अवधिमा पनि निर्माणको काम नसके प्रत्येक दिनको हर्जना तिराउने भएको हो ।
“थपिएको म्यादभित्र सडकको निर्माणको काम पूरा नभए निर्माण कम्पनीले ०.०५ प्रतिशत प्रतिदिनको हिसावले हर्जना तिर्नुपर्ने छ”–आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले भने । सडक निर्माणमा ढिलाई हुँदा बुटवल–भैरहवा यात्रा गर्ने सयौं यात्रु धूलोको प्रत्यक्ष मारमा परेका छन् ।
गएको दसैंसम्म निर्माण सम्पन्न गरी आयोजनालाई हस्तान्तरण गरिने बताइए पनि फेरि आउँदो चैतसम्मको म्याद ठेकेदारलाई दिइएको छ । २७ किलोमिटरको यो सडकको अझै १५ प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ । निर्माणको काम बाँकी क्षेत्रमा चार ठेकेदार कम्पनीले गरिरहेका छन् । भैरहवाको अञ्चलपुरदेखि लखनचोकसम्म सडक निर्माणको ५० प्रतिशत मात्रै पूरा भएको छ । यो क्षेत्रमा श्रेष्ठ एपेक्स जेभीले काम गरिरहेको छ ।
टेलिकम्युनिकेशन इन्डिया लिमिटेड (टीसीआईएल) ले दुई ठाउँ (मणिग्रामदेखि सुनैनापथसम्म र मधवलियादेखि लखनचोकसम्म) मा काम गरिरहेको छ । यसमध्ये मधवलियादेखि लखनचोकसम्म ६८ प्रतिशत मात्रै काम सकिएको छ भने मणिग्रामदेखि सुनैनापथसम्म ७५ प्रतिशत काम सकिएको छ । त्यस्तै कालिका रायमाझी जेभीले भलवारीको सुनैनापथदेखि मधवलियासम्म काम गरिरहेको छ । उसले ८० प्रतिशत भन्दा बढी काम सकेको छ । आयोजनाका इन्जिनियर अधिकारीले चैतपछि म्याद नथपिने, यदि थप्नै परे प्रत्येक दिनको हर्जना तिराइने बताए । “हर्जना तिर्नुपर्ने भएपछि निर्माण कम्पनीहरुले अहिले तीव्र गतिमा काम गरेका छन्, अहिलेकै अवस्था कायम रहे चैतसम्म कतिपय क्षेत्रको सर्भिस लेन बाहेक मूल सडक सकिन्छ”–उनले भने ।
व्यापारिक मार्ग विस्तार आयोजनाले ठेकेदार कम्पनीहरूलाई म्याद पटक–पटक थपिदिँदा २०६८ देखि निर्माण सुरू गरिएको सडक आठ वर्ष हुन लाग्दा समेत पूरा हुन सकेको छैन । म्याद पटक–पटक थपिदिने तर काम सक्न कुनै दबाब नदिँदा आयोजनाप्रति स्थानीयबासी रुष्ट छन् ।
आयोजनाका अनुसार हालसम्म २२ किलोमिटर सडक कालोपत्रे भएको छ । अब पाँच किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको आयोजनाको दाबी छ । तर, कालोपत्रे भएका सडकको सर्भिस ट्रयाक निर्माण कतिपय ठाउँमा बाँकी छ । डण्डा खोलामा दायाबायाँ पाँचसय मिटर सर्भिस लेन बनाउन बाँकी छ । त्यस्तै अञ्चलपुरदेखि लखनचोकसम्म पनि सर्भिस लेनको काम पूरा भएको छैन । निर्माण सामग्रीको अभावले सर्भिस लेनको काम अगाडि बढ्न नसकेको इन्जिनियर अधिकारीले दावी गरे ।
ठेकेदार कम्पनीहरूलाई काम तीव्र रूपमा गर्न दबाब दिएको उनले बताए । “नियममा पाउने बाहेक ठेकेदारलाई म्याद बढाएका छैनौं”–उनले भने–“अनुगमन र दबाब तीव्र पारेका छौं ।”
४० करोड बजेट अपुग
बुटवल–बेलहिया ६ लेन सडक बिस्तार आयोजना निर्माणमा ५ अर्व ८६ करोड लागत इस्टिमेट गरिएको थियो । अहिलेसम्म यो सडक बिस्तारमा ४ अर्व ६० करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । आयोजना सम्पन्न गर्न झण्डै ४० करोड रुपैयाँ अपुग हुने देखिएको छ । २० वटा आकाशे पुल निर्माणको योजना भएकोमा १० वटाको मात्रै ठेक्का भइ काम अगाडि बढेको छ । १० वटा पुलको ठेक्का नै हुन बाँकी छ । अव यसको ड्रोइन डिजाईन (नक्सांकन) गरिसकेपछि थप बजेट प्रस्ताव गरिने इन्जिनियर अधिकारीले बताए । बुटवलको सडक बिस्तारको काम भने सर्वोच्चको आदेशले रोकिएको छ । आयोजनाले अदालतको आदेशबारे पुनरावलोकनको निवेदन दिएपनि उक्त निवेदन अझै विचाराधीन छ । बुटवल सडक बिस्तारमा पुनरावलोकनबारेको आदेश आयोजनाले पर्खिरहेको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?