ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

उद्योग बाणिज्य महासंघको नेतृत्वको लागि आज निर्वाचन हुँदै : त्रिपक्षीय प्रतिष्पर्धा

२९ चैत्र २०७९, बुधबार
२९ चैत्र २०७९, बुधबार

काठमाडौं, २९ चैत ।

नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । उद्योग वाणिज्य महासंघको नेतृत्वदाबीको लागि फरक तीन क्षेत्रबाट उदाएका व्यवसायीहरु चुनावी मैदानमा छन् ।

चुनावी मैदानमा तीन जना हुँदा दुई चरणमा निर्वाचन जाने देखिएको छ । निजी क्षेत्रका तीन छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स छन् । तीनै संस्थामा उत्पादनदेखि व्यापार गर्ने र सेवा क्षेत्रमा रहेकाहरु समावेश छन् ।

तीनमध्ये परिसंघ र चेम्बर अफ कमर्समा अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन हुँदै आएको छ । यता नेपाल उद्योग वाणिज्य महासंघमा भने निर्वाचनको प्रक्रिया अपनाएर नयाँ नेतृत्व चयन हुँदै आएको छ । महासंघ सबैभन्दा ठूलो व्यावसायिक नेटवर्क भएको छाता संस्था हो ।

व्यवसायीको चुनावले राजनीतिक दलदेखि कर्मचारी संयन्त्रलाई समेत तानेको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यसअनुसार बुधबारदेखि महासंघको नेतृत्व वरिष्ठ उपाध्यक्ष जितेका चन्द्रप्रसाद ढकालले लिँदै छन् ।

तर ढकालपछिको नेतृत्व लिन भने अहिले फरकधारबाट व्यवसायमा आएका व्यवसायीहरु चुनावी मैदानमा छन् । वरिष्ठ उपाध्यक्षका लागि चुनावमा लड्न लागेका अन्जन श्रेष्ठ अहिलेका वस्तुगत उपाध्यक्ष हुन् । उनी लक्ष्मी ग्रुपका निर्देशक हुन् ।

पोखरामा डेरी उद्योगबाट आजभन्दा ३० वर्षअघि व्यावसायिक क्षेत्रमा लागेका उनी अहिले नेपालको स्थापित व्यवसायीमा गनिन्छन् । उनको उत्पादनमूलक उद्योग र व्यापारिक क्षेत्रमा लगानी छ । सुजल फुड, सुजल प्लाष्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरीको व्यवसाय हाँकेका श्रेष्ठको व्यापारतर्फ जाइमा लक्ष्मी ट्रेडिङ छ । यसले चिनी, दूध पाउडर, तरल ग्लुकोज, एसिड्युलेट्स, मुद्रण मसी, विभिन्न प्रकारका प्लास्टिक ग्रेन्युल, पाम कर्नेल तेल, पाम आयलको व्यापार गर्दै आएको छ ।

त्यस्तै अटोमोटिभ लक्ष्मी ग्रुपको महत्वपूर्ण व्यवसाय हो । उसले कोरियन कम्पनी हुन्डाई प्यासेन्जर भेहिकल्सको आधिकारिक बिक्रेताको काम पनि गरिरहेको छ । अन्जन श्रेष्ठलाई व्यावसायिक क्षेत्रमा स्थापित गराएकै अटोमोबाइलले हो। हुण्डाई गाडी नेपालमा सर्वाधिक बिक्री हुनेमा पर्छ ।

यता अर्का वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी रामचन्द्र संघाईले कपास उद्योगबाट व्यावसायिक यात्रा थालेका थिए । उनी त्रिवेणी ग्रुपका निर्देशक हुन् । यस ग्रुपको उत्पादनमूलकतर्फ सगरमाथा सिमेन्ट, विश्वकर्मा सिमेन्ट, गोरखा सिमेन्ट, मनकामना सिमेन्ट, त्रिवेणी स्पिनिङ, हिमालयन यार्न, सगरमाथा रेड मिक्स, सिद्धार्थ ग्यास, नवज्योति ग्यास, हिमाल ग्यासमा लगानी छ ।

यसबाहेक त्रिवेणी फिड उद्योग, जडीबुटी प्रशोधन उद्योग, प्लास्टिक फर्निचर ब्राण्ड डल्फिन, खाने तेल अमृत, सगरमाथा प्रिकास्ट, महालक्ष्मी सोल्मेन्ट, चिनी मिल, दालमिल, बबल्स साबुन, लहर साबुन, एकता साबुन, झिल्के साबुन, टोकला चियालगायतमा समेत त्रिवेणी ग्रुपले लगानी गरेको छ ।

वित्तीय क्षेत्रतर्फ एनआईसी एसिया बैंक, महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, फ्रुडेन्सियल इन्स्योरेन्स, एनएमबी बैंकलगायतमा लगानी गरेको छ ।

राजनीतिक परिवारमा हुर्केका, औषधि र रबर उद्योगका हर्ताकर्ता महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्याशी रहेका अर्का व्यक्ति हुन् उमेशलाल श्रेष्ठ । उनी नेपालको कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र साहना प्रधानका छोरा हुन् ।

महासंघको आगामी नेतृत्व लिन चाहने उनी महासंघकै पूर्ववस्तुगत उपाध्यक्ष समेत हुन् । राजनीतिक परिवारमै हुर्नेका उनी अहिले राजनीतिमा संलग्न भने छैनन् । उनी वीरगन्जमा रहेको क्वेस्ट फर्मास्युटकल्स औषधि उद्योगका सञ्चालक रहेका छन् ।

जुन नेपालको ठूलो औषधि उद्योगमध्ये एक हो । त्यस्तै उनको रवर उद्योगमा समेत लगानी छ । वरिष्ठ उपाध्यक्षको लागि तीन जना उम्मेदवार रहेकोले यो पटकको निर्वाचन दुई चरणमा जाने देखिएको छ ।

महासंघको विधानले ५० प्रतिशतभन्दा मत बढी ल्याउनुपर्ने व्यवस्था गरेको छ । महासंघको विधानको दफा ३४.२(क) उपदफा ७.१ (क) र (ख) बमोजिमका सदस्यहरुमध्येबाट १ जना वरिष्ठ उपाध्यक्ष निर्वाचित गर्ने व्यवस्था छ । निर्वाचित हुने वरिष्ठ उपाध्यक्षले निर्वाचनमा खसेको मतको कम्तीमा ५० प्रतिशत र थप १ मत प्राप्त गर्नुपर्ने विधानमा स्पष्ट उल्लेख छ ।

विधानमा भनिएको छ, ‘पहिलोचोटि हुने निर्वाचनमा ५० प्रतिशत र थप १ मत प्राप्त गर्न नसके सबैभन्दा बढी मत प्राप्त गर्ने २ जना उम्मेदवारहरुबीच पुनः निर्वाचन गराइनेछ । पुनः निर्वाचन हुँदा दोस्रो पटक हुने निर्वाचनमा बढी मत प्राप्त गर्ने उम्मेदवार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनेछ ।’

मतभार कति ?
वरिष्ठ उपाध्यक्षको विधानले व्यवस्था गरेको मतभार हेर्ने हो भने एसोसिएटको ३० प्रतिशत, वस्तुगतमा २० प्रतिशत र जिल्ला÷नगरको ५० प्रतिशत छ ।

सबैभन्दा धेरै मतभार रहेको जिल्ला÷नगरको भोट बढी चलायमान हुने आकलन गरिन्छ । उक्त मत तान्न तीनै जना प्यानलसहित लागेका छन् । उनीहरु दुई÷तीन महिना अघिदेखि नै जिल्ला नगरको कार्यक्रममा समेत सहभागी भएर आएका छन् ।

यी तीनै जनाले योभन्दा पहिले गरेको कार्यक्रम र उनीहरुको पछि लागेर हिँडेका व्यक्तिहरुलाई हेर्ने हो भने मिश्रित मत आउने आकलन स्वयं व्यवसायीहरुले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?