© २०२३
बुटवल,२८ चैत । इडन इङ्गलिस बोर्डिङ स्कूल बुटवल–११ नहरपुरले मँगलबार नतिजा प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम शुरु भएको छ । शैक्षिक सत्र २०७९ मा उकृष्ट अंकल ल्याई उत्तिर्ण भएका विद्यार्थीलाई मंगलबार र बुधबार गरी दुई दिन सम्म पुरस्कार वितरण हुने विद्यालयले जनाएको छ । पहिलो दिन कक्षा नर्सरीदेखि २ सम्मका विद्यार्थीलाई वितरण गरिएको छ ।
सो अवसरमा बोल्दै नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले कितावि ज्ञानसँगै अब व्यवहारिक र सामाजिक शिक्षामा समेत विद्यार्थीलाई जोड दिनुपर्ने बताए । विद्यार्थी भित्रका प्रतिभालाई प्रस्फुटन गर्नका लागि वातावरण सिर्जना गर्ने काम विद्यालयको बताएको बताउँदै अभिभावकहरुले पनि आफ्ना छोराछोरीका बारेमा सचेत हुनुपर्नेमा जोड दिए । शैक्षिक विकासका लागि नीजि शैक्षिक संस्थाहरुले पुराउको योगदानलाई राज्यले पनि सम्मान गर्नुपर्ने उनले उल्लेख गरे । विद्यालयका प्राचर्या शिवहरी भट्टराईले शैक्षिक गतिविधिसँगै खेलकूद गतिविधिहरुमा समेत इडनले उत्कृष्ट नतिजाहरु प्राप्त गर्दै आएको दाबी गरे । केही समयअघि सम्पन्न क्रिकेट प्रतियोगिताको छनोटमा समेत यो विद्यालयमा ५ जना विद्यार्थी छनोट हुन सफल भएको बताउँदै उनले नगर, जिल्ला तथा प्रदेश स्तरमा हुने खेल गतिविधिहरुमा सहभागिता रहँदै आएको उल्लेख गरे । कार्यक्रममा उप–प्राचार्य जगत पौडेलले बालबालिकालाई खेल्दै सिक्दैको वातावरण इडनले उपलब्ध गराएको दाबी गरे । पाठ्यक्रम बाहेक व्यवहारिक र सामाजिक ज्ञान सीप प्रदान गरेर समाजका लागि उदाहरणीय र सक्षम नागरिक निर्माण विद्यालयको मुख्य उद्देश्य रहेको उनले बताए ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक कुशल बस्यालको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न खेल गतिविधिमा सहभागई भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको थियो । यसैगरी विद्यार्थीहरुले तयार पारेका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो । बुधबार कक्षा ३ देखि ९ सम्मका विद्यार्थीको नतिजा प्रकाशन, पुरस्कार तथा सम्मान कार्यक्रम हुने विद्यालयका शिक्षक तथा शेयर सदस्य आशिस सूर्यवंशीले बताए ।