© २०२३
लामो प्रतिक्षापछि रुपन्देही जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ । लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरी जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । जिल्ला खानेपानी तथा सरसफाई स्वछता समितिको निरन्तर प्रयासपछि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ ।
कार्यक्रममा प्रदेश पाँचका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सावुन पानीले हात धोयर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले जिल्लाका १६ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई जिल्लालाई पूर्ण सरसफाईयुक्त बनाउन प्रतिबद्धता जनाए ।
रुपन्देही खुल्ला दिशामुक्त हुने प्रदेश पाँचको ११ औं जिल्ला हो भने देशको ६१ औं जिल्ला हो । प्रदेश पाँचमा सबैभन्दा पहिला प्यूठान खुल्ला दिसामुक्त भएको थियो भने कपिलवस्तु अझै हुन सकेको छैन । कार्यक्रममा प्रदेश सभा सदस्यहरु, जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतले बोल्दै सबैले चर्पीको प्रयोग गर्ने र आफ्नो घरबाट निस्केको फोहोर आफै व्यवस्थापन गरे जिल्ला पूर्ण सरसफाइयुक्त हुने बताएका थिए ।
खुल्ला दिसामुक्त घोषणा कार्यक्रम अघि लुम्बिनीस्थित पर्सा चौराहाबाट विभिन्न जातजातिको झाँकीसहित सन्देशात्मक र्याली निकालिएको थियो । र्यालीमा सहभागीहरुले सार्वजनिक शौचालय बनाऔं, जिल्लाको इज्जत जोगाऔं, स्वच्छता कर्मलाई आफ्नो धर्म सम्झाऔं, गाउँन
विभिन्न गैरसरकारी संस्था तथा सरकारी निकायको निरन्तर प्रयासपछि करिब एक वर्षपछि बल्ल जिल्लार्लाी खुल्ला दिसामुक्त घोषणा गरिएको हो । लुम्बिनी आयोजित कार्यक्रममा मन्त्रालयले जिल्लालाई खुल्ला दिसामुक्त भएको प्रमाणपत्र प्रदान गरेको छ ।
सरकारले सन् २०१७ सम्म मुलुकलाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिए पनि रुपन्देही भने घोषणा हुन सकेको थिएन ।