ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

विद्यालय शिक्षामा रुरु गाउँपालिकाको ५ काम

६ पुष २०७५, शुक्रबार
६ पुष २०७५, शुक्रबार

बामदेव ज्ञवाली
शिक्षा शाखा, रुरु गाउँपालिका, गुल्मी
रुरु गाउँपालिका गुल्मीमा ४३ सामुदायिक र ३ संस्थागत गरि ४६ विद्यालय छन् । वि.स. १९६८ मा स्थापना भएको रिडीको संस्कृत पाठशाला समेत यस गाउँपालिकामा पर्दछ । २००७ सालको प्रजातन्त्रको आगमन संगै रिडी हाइस्कुल, थोर्गा मिडिल स्कुल, चौतारा प्राइमरि स्कुलहरु खुलेको र त्यसपछि क्रमस गाउँँहरुमा स्कुल खुलेको शैक्षिक इतिहास भेटिन्छ । साबिकका रुरु, थानपति, ग्वादी, बलेटक्सार, बम्घा र रिमुवा गरि ६ वटा गा.वि.स. हरु मिलेर रुरु गाउँपालिका बनेको हो । गाउँपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति बामदेव ज्ञवालीसँग बुटवल टुडेले गरेको कुराकानीका आधारमा गाउँपालिकाले गरेका शिक्षा सम्बन्धी ५ मुख्य कामलाई यहाँ प्रस्तुत गरिएको छ ।
१) शिक्षक अबकास प्रोत्साहनः
पुराना र पेन्सनका लागि अबधि पूरा भएका शिक्षकका लागि शिक्षक अबकास प्रोत्साहन कार्यक्रम ल्याएको छ । पुराना शिक्षकहरुको सट्टा नयाँ पुस्तालाई शिक्षण पेशामा प्रवेश गराउनका लागि यस्तो नीति लिइएको हो । त्यस्ता शिक्षक पेन्सन निस्कदा एक शिक्षक बराबर ६० हजार गाउँपालिकाको तर्फबाट थप गरिदिने नीति लिएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ३ लाख ६० हजार बजेट छुट्याएको छ । यसको कार्यान्वयनका लागि गाउँपालिकाले कार्यविधि तयार गरिरहेको छ । कार्यबिधिमा ५२ बर्ष पुगेको ५८ बर्ष ननाघेको शिक्षकलाई अवकास प्रोत्साहन दिने प्रस्ताव गरिएको छ ।
२) एक वडा एक नमूना कक्षाकोठाः
गाउँपालिकाले एक वडा एक नमूना कक्षाकोठा कार्यक्रमलाई अगाडी सारेको छ । एक कक्षाकोठा सुधार गर्दै विद्यालय नै सुधार गर्नका लागि गाउँपालिकाले यसो गरेको हो । गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन् । एक कक्षा कोठा व्यवस्थापनका लागि गाउँपालिकाबाट ३० हजारको दरले उपलब्ध गराउने र विद्यालयले साझेदारी स्वरुप रकम थप गरी काम गर्नुपर्नेछ । त्यसका लागि गाउँपालिकाले १ लाख ८० हजार बजेट व्यवस्था गरेको छ ।
३) अन्तर तह अतिरिक्त क्रियाकलापः
गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयहरुमा तहगत अतिरिक्त क्रियाकलाप संचालन गर्ने गरी शैक्षिक कार्यक्रम योजना गरेको छ । आधारततह १–५, आधारभूत तह ६–८ र माध्यमिक तह ९–१० का बालबालिका बीच गाउँपालिका स्तरमा प्रतियोगिता आयोजना हुेछ । यसका लागि एक अतिरिक्त क्रियाकलाप बराबर ३० हजारको दरले १ लाख ८० हजार बजेटको व्यवस्था छ ।
४) नीजि स्रोत शिक्षकका लागि तलबः
गाउँपालिकाले नीजि स्रोतका शिक्षकको तलबका लागि बजेट विनियोजन गरेको छ । तलब शिर्षकमा ४७ लाख बजेट व्यवस्था गरेको गाउँपालिकाले विद्यालयले संचालन गरेको कक्षा र शिक्षक दरबन्दीको आधारमा बजेट दिने आधार बनाएको छ । कक्षा १–३ संचालन भएको विद्यालयलाई ८० हजार, १–५ कक्षा संचालन भएको विद्यालयलाई १ लाख २० हजार, १–८ संचालन विद्यालयलाई १ लाख ६० हजार र १–१२ संचालन भएको विद्यालयलाई २ लाख देखि ४ लाखसम्म बजेट दिएको छ ।
५) उत्कृष्ट शिक्षकलाई सम्मानः
गाउँपालिकामा रहेका शिक्षकहरुमध्ये मापदण्ड बनाई गाउँपालिकाले १० जना शिक्षकलाई पुरस्कृत गरेको छ । काम गर्ने शिक्षकहरुको मनोबल बढाउन र काम गरे सम्मान पाइन्छ भन्ने सन्देश दिनका लागि उत्कृष्ट सम्मान कार्यक्रम राखिएको हो । बिषयगत सिकाई उपलब्धि, नियमितता, इमान्दारिता, शिक्षण कला कौशल जस्ता बिषयलाई प्रोत्साहनको मापदण्ड बनाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?