ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

शैक्षिक महोत्सवले शिक्षक विद्यार्थीमा उत्साह थप्नेछ ।

६ पुष २०७५, शुक्रबार
६ पुष २०७५, शुक्रबार

कृष्ण भुसाल
शिक्षा संयोजक, सियारी गाउँपालिका, रुपन्देही
खेलकूद र बौद्धिक क्रियाकलाप मार्फत विद्यालयको सुधार गर्ने उद्देश्यले रुपन्देहीको सियारी गाउँपालिकाले आजदेखि पाँच दिनसम्म दोश्रो सियारी शैक्षिक महोत्सव २०७५ शुरु भएको छ । महोत्सवमा गाउँपालिकाभित्र रहेका २५ सामुदायिक, १३ संस्थागत र ३ धार्मिक विद्यालयका बालबालिका र विद्यालयका शिक्षकहरुले खेलकूद र बौद्धिक बिधामा भाग लिदै छन् । गाउँपालिकाले गत बर्ष देखि शैक्षिक महोत्सवको आयोजना शुरु गरेको हो । प्रस्तुत छ, शैक्षिक महोत्सवमा केन्द्रित रहेर गाउँपालिकाका शिक्षा संयोजक तथा महोत्सवका संयोजक कृष्ण भुसालसँग बुटवल टुडेले गरेको कुराकानीको सारसंक्षेप ।
गाउँपालिकाले शैक्षिक महोत्सवको आयोजना गर्दैछ, यसको मुख्य उद्देश्य के हो ?
खेलकूद र बौद्धिक क्रियाकलाप मार्फत विद्यालयको सुधार गर्ने उद्देश्यले रुपन्देहीको सियारी गाउँपालिकाले शैक्षिक महोत्सव २०७५ को आयोजना गरेको हो । यसले सामुदायिक र संस्थागत विद्यालय बिचको दूरी कम गरी शिक्षामा रहेको असमानतालाई कम गर्दै जाने पनि विश्वास लिएका छौं । विद्यालयहरुमा अतिरिक्त क्रियाकलापहरु नियमित रुपमा हुने गरेको कुरा सबैलाई जानकारी भएको हो । यसले विद्यालयहरुले विद्यालयमा गरिरहेको क्रियाकलापहरुको अवस्था के छ भन्ने अवस्था पनि देखाउनेछ । साथै बिभिन्न विधामा बालवालिकाहरुको प्रतिभा पहिचान गर्नमा पन सहयोग पुर्याउनेछ ।

शैक्षिक महोत्सवका मुख्य मुख्य क्रियाकलापहरु के के हुन ?
गाउँपालिका भित्र रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका बालबालिकाहरुको तहगत रुपमा सहभागीता रहने गरी कार्यक्रमको योजना गरेका छौं । महोत्सवमा हुने खेलकुदतर्फको प्रतियोगितामा विभिन्न दूरीका दौड प्रतियोगिता, लङजम्प, हाइजम्प, त्रिपल जम्प, सटपुट, ज्यावलिङ थ्रो, कबड्डी, भलिबल छन् भने बौद्धिक प्रतियोगितातर्फ नेपाली अग्रेजी वाचन, हिज्जे, कविता, निबन्ध, बादविवाद, चित्रकला, हिसाब दौड, बक्तृत्वकला, हाजिरी जवाफ लगायतका प्रतियोगिताहरु छन् ।
महोत्सवमा हुने विभिन्न विधाका प्रतियोगिताहरुमा करिब १३ सय विद्यार्थीहरु सहभागी हुने सचिवालयको रेकर्डबाट प्राप्त भएको छ । यसैगरी विद्यालयका करिब तीन सय शिक्षक र कर्मचारी सभागिता रहनेछ । शिक्षक बीचको प्रतियोगिताको कुरा गर्दा शिक्षक कर्मचारीको म्याराथुन महिला –महिला र पुरुष– पुरुष बीच हुनेछ । त्यसैगरी शिक्षक कर्मचारी र गाउँपालिकाका जनप्रतिनिधी कर्मचारीबीच मैत्रीपूण फुटबल खेलको पनि आयोजना गरिएको छ ।
महोत्सवमा को को सहभागी हुन्छन् र कसरी ?
तहगत रुपमा विद्यालयका विद्यार्थी, शिक्षक र गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले भाग लिने व्यवस्था गरिएको छ । गाउँपालिकाको छपियामा रहेको पब्लिक माध्यमिक विद्यालयमा सचिवालय खडा गरिएको छ भने महोत्सव पनि उक्त विद्यालयमै संचालनको व्यवस्था गरिएको छ । महोत्सव पुस ३ देखि ७ गतेसम्म ५ दिनसम्म संचालन हुनेछ ।
महोत्सवको आयोजनाको व्यवस्थापन कसरी गर्नुभएको छ ?
महोत्सव संचालनको लागि ७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समिति अन्तर्गत उपसमितिहरु रहेका छन् । उपसमितिको माध्यमबाट फरक फरक जिम्मेवारीहरु प्रदान गरी काम अगाडी बढाइएको छ भने संपूर्ण कामको अनुगमन, निरीक्षण र निर्देशन गर्ने काम सियारी गाउँपालिकाद्धा गर्ने व्यवस्था गरिएको छ ।
महोत्सवमा आयोजना हुने प्रतियोगिताहरुको मूल्याकंन गर्नका लागि निर्णायकहरु गाउँपालिका बाहिरका सम्बन्धित क्षेत्रका बिज्ञहरुद्धारा गर्नका लागि निम्त्याइएको छ । यसले प्रतियोगिता निष्पक्ष हुन्छ र विश्वसनियता बढ्छ भन्ने अपेक्षा लिएका छौं ।

गतबर्षको शैक्षिक महोत्सवको अनुभव कस्तो रह्रयो ?
अनुभवको कुरा गर्दा शिक्षक र विद्यार्थीमा क्रियाशिलता थपेको छ । क्रियाशीलता थपेको छ । शिक्षक र विद्यार्थीमा प्रतिस्पर्धात्मक भावनाको विकास भएको पाएका छौं । साथै सिर्जनात्मक शिक्षण प्रक्रियामा पनि गाउँपालिका भित्र रहेका शिक्षकहरुमा जागरुकता देखिएको छ । यसको सकारात्मक परिवर्तनको परिणाम आउने शैक्षिक शत्रको अन्त्यमा हुने नतिजाले देखाउने संकेत देखेको छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
गाउँपालिकाले शैक्षिक कार्यक्रम अन्तर्गत बार्षिक कार्य योजनामा समाबेश गरिएको कार्यक्रम हो । हामीले गत बर्षदेखि शुरु गरेको यो महोत्सवले विद्यालय शिक्षामा सकारात्मक परिवर्तन देखाउन शुरु गरेको हुदा सबै विद्यालयहरुलाई सक्रिय भई महोत्सवमा भाग लिन, सहयोग गर्न र उपस्थित भएर महोत्सवको अवलोकन गरि आवश्यक सुझाव सल्लाह दिनका लागि अनुरोध गर्दछु । हामीले विद्यालय शिक्षा सुधारमा गरेको प्रयासमा सबैको सहभागीता रहने विश्वास पनि लिएको छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?