ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

‘डाक्टर सहित ल्याब सेवा पु-याउँदैछौं’

२३ मंसिर २०७५, आईतवार
२३ मंसिर २०७५, आईतवार

गुल्मीको रुरु गाउँपालिकामा एक वटा प्राथमिक स्वास्थ्य केन्द्र र ६ वटा स्वास्थ्य चौकी गरी सात वटा स्वास्थ्य संस्थाहरू छन् । त्यसमध्ये दुई वटा स्वास्थ्य संस्थामा ल्याब सेवा र तीन वटा स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी सेवा उपलब्ध छ । पहाडी भूगोलमा फैलिएको हुँदा गाउँपालिकामा स्वास्थ्य सेवाको कार्यक्रम संचालन गर्नमा कठिनाई छ । प्रस्तुत छ, रुरु गाउँपालिकाको स्वाथ्य कार्यक्रमको बिषयमा केन्द्रित रही गाउँपालिकाका स्वास्थ्य संयोजक तथा जनस्वास्थ्य निरीक्षक छत्र बहादुर अधिकारीसँग गरिएको कुराकानीः

हाम्रो गाउँपालिकामा स्वास्थ्य संस्थाको संख्या भनेको सात हो । साविकका ६ वटै गाविसहरू भटकुवा, थानपति, ग्वादी, बलेटक्सार, बम्घा र रिमुवामा एक एक वटा स्वास्थ्य चौकी छन् । रिडीमा प्राथमिक स्वास्थ्य केन्द्र छ ।
प्राथमिक स्वास्थ्य केन्द्र, रिडी, थानपति स्वास्थ्य चौकीमा संस्थाको आधुनिक भवन बनिसकेको अवस्था छ । बम्घा स्वास्थ्य चौकी निर्माणाधिन अवस्थामा छ । त्यसबाहेक सबैजसो स्वास्थ्य चौकीले भवनका लागि जग्गा प्राप्त गरिसकेको अवस्था छ । ग्वादी स्वास्थ्य चौकीका लागि नयाँ भवनको लागि कार्यक्रम स्वीकृत भएको भएपनि प्रदेश वा केन्द्र सरकार कुनमा बजेट निकासा भएको हो र के कसरी गर्ने भन्ने निर्देशन आएको अवस्था छैन् ।
सबै स्वास्थ्य संस्थाले संस्थाको स्तर अनुसार उपचारात्मक ९अगचबतष्खभ०, रोकथाम ९एचभखभलतष्खभ०,तथा प्रबर्धनात्मक ९एचयmयतष्खभ० खालका सबै सेवा दिइरहेको अवस्था छ । त्यसमध्ये रुरु प्राथमिक स्वास्थ्य केन्द्र र बलेटक्सार स्वास्थ्य चौकीमा ल्याब सेवा उपलब्ध छ । गत आर्थिक बर्षदेखि बलेटक्सार स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु गरिएको हो । प्राथमिक स्वास्थ्य केन्द्र, रिडी, थानपति स्वास्थ्य चौकी र बलेटक्सार स्वास्थ्य चौकी गरी तीन वटा स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सेवा पनि उपलब्ध छ । प्राथमिक स्वास्थ्य केन्द्र, रिडी र थानपति स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा छ । बम्घा स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी सेवा र थानपति स्वास्थ्य चौकीमा ल्याब सेवा थप्ने योजनामा छौं ।
हामीले गत बर्षमा घरघरमा स्वास्थ्य सेवा कार्यक्रम सफलतापुर्वक संचालन गरेका थियौं, जसबाट रुरु गाउँपालिकामा बिभिन्न उमेरका लक्षित जनसंख्या कति छ, कस्ता कस्ता रोग लागेका मानिसहरू छन भन्ने पत्ता लगाइएको छ र साथै ६० बर्ष भन्दा माथीका सम्पुर्ण ब्यक्तिहरूको उच्चरक्तचाप, मधुमेह तथा पिसाबबाट मृगौलाको अवस्था पत्ता लगाउने र स्वास्थ्य संस्थामा प्रेषण गर्ने काम गरिएको थियो भने गर्भवती, सुत्केरी बालबालिका लगाएत सबैलाई आवश्यक्ता अनुसारको परामर्श तथा प्राथमिक उपचार गरिएको थियो । अहिले चालु आ. व.मा घरघरमा स्वास्थ्य सेवा कार्यक्रमलाई परिमार्जित गरि यस गाउँपालिकाका सबै स्वास्थ्य चौकीहरूमा प्रत्येक महिनाको एक दिन निशुल्क रूपमा एमबिबिएस डाक्टरको उपस्थिती गराई स्वास्थ्य सेवा दिइरहेको अवस्था छ र आगामी पुष महिना देखि सो सेवामा निशुल्क रूपमा ल्याब सेवा थप संचालन गरिने छ । यो सेवा प्राथमिक स्वास्थ्य केन्द्र रिडीको जनशक्तिबाट व्यवस्थापन गरिएको छ । आवश्यक परेमा र व्यवस्थापन हुन नसकेमा बाहिरबाट समेत डाक्टरलाई ल्याउने गरिएको छ ।
मुख्यगरी सिजनल ज्वरो, ग्यास्टिक, ब्लड प्रेसर, जोर्ने दुख्ने समस्या लिएर आउने गरेको देखिएको छ । ति समस्याहरू केही कठिन खालका भए प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा र समस्यामूलक भए जिल्ला अस्पताल, युनाइटेड मिसन अस्थताल तथा लुम्बिनि मेडिकल कलेज पाल्पामा रिफर गर्ने गरिएको छ ।
गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी ल्याउनमा हामी सफल भएका छौं । पटक पटक ताकेता र अनुरोधपछि यो सम्भव भएको हो । स्वास्थ्य संस्थामा औषधीको अभाव हुन दिइएको छैन् । स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य संस्थामा रहेर सेवा दिनका लागि प्रेरित गर्न सकेका छौं । सरकारी स्वास्थ्य संस्थालाई नपत्याइ नीजि क्लिनीकबाट स्वास्थ्य सेवा लिने क्रमलाई कसरी निरुत्साहित गर्ने र सरकारी स्वास्थ्य संस्थाप्रति विश्वास जगाउने भनि स्वास्थ्य संस्थामा जनशक्ति, सेवा, औषधी र स्वास्थ्य उपकरणको उपलब्धतालाई बढाउँदै लगेका छौं ।
अझै पनि गाउँपालिकाका केही गाउँहरू भूगोलका कारण स्वास्थ्य संस्थाबाट टाढा छन् । त्यहाँ सरकारी स्वास्थ्य संस्था पुग्न सकेको अवस्था छैन् । ग्वादीको भरेक, रिमुवाको शाहघाट, बम्घाको बोटेगाउँ यसका उदाहरण हुन् । ति गाउँहरूका जनता स्वास्थ्य संस्थामा सेवा लिन आउन पैदल डेढ घण्टादेखि दुई घण्टा लाग्दछ । त्यसैले ति गाउँहरूमा सामुदायिक स्वास्थ्य इकाई स्थापनाका लागि केन्द्र सरकारसँग माग गर्ने योजनामा छौं र साथै ति ठाउँमा रहेका गाउँघर क्लिनिकहरूलाई चाहिने औजार उपकरण तथा फर्निचरको व्यवस्था मिलाई पुर्णरूपमा संचालनमा ल्याई सेवामा विस्तार गरिएको छ ।
हाम्रो गत आर्थिक बर्षको सशर्त बजेट १ करोड ९३ लाख ८३ हजार र निशर्त बजेट ६४ लाख ७७ हजार हो । चालु बर्षका लागि यो बजेट क्रमशः २ करोड २७ हजार र ६९ लाख १४ हजार भएको छ ।
घरघरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिएकोले घरमै बसि बसि जनताले स्वास्थ्य सेवाको अनुभुति पाएका थिए र आफ्नो स्वास्थ्य प्रति खेलवाड नगरि समयमै स्वास्थ्य संस्थामा परिक्षण गराउन जानु पर्दो रहेछ भन्ने जनचेतनाको विकास भएको छ जसको निरन्तरताको लागि यस बर्ष पनि प्रत्येक महिनाको एक पटक प्रत्येक स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरबाट बिरामी परिक्षण कार्यक्रम संचालन गरिएको छ । पाठेघरको मुखको क्यान्सर परीक्षण शिवीरलाई स्त्री रोगसँग जोडेर कार्यक्रम बनाई निरन्तरता दिएका छौ । गतबर्षको कुरा गर्ने हो भने २१० जनाले शिवीरमा परीक्षण गराएकोमा तीन जनालाई शंका लागि शिफारिश गरिएको थियो त्यसमा २ जनाको प्रमाणीत भई उपचार भइसकेको छ । सबै स्वास्थ्य संस्थामा फ्रिज दिने योजना गरिएको छ । रेबिजको भ्याक्सिनका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा व्यवस्था गर्न बजेट बिनियोजन गरिएको छ । आमा समुहको सुपरिवेक्षण र पुनर्गठनका लागि कार्यक्रम राखिएको छ । खोप कार्ड प्रमाणिकरण तथा पूर्ण खोप उत्पेरीकण कार्यक्रम संचालन गर्ने योजना छ । यस गाउँपालिकामा रहेका १८ वटा गाउँ घर क्लिनीक र २४ वटा खोप क्लिनिकमा आवश्यक पर्ने स्वास्थ्यका औजारहरू व्यवस्था भइसकेको अवस्था छ, फर्निचर व्यवस्था गर्न बजेट छुट्याइएको छ ।
हामीका लागि उपलब्ध र बिनियोजित बजेट प्रयाप्त होइन । प्राप्त बजेटलाई कसरी जनताको स्वास्थ्यमा सेवा दिने भन्ने गरी काम गर्ने हाम्रो प्रयास हो । अझै पनि स्वास्थ्यकर्मीका लागि फिल्ड भत्ता, नन प्राक्टिस एलाउन्स केन्द्रबाट आएको अवस्था छैन् । त्यसैगरी सुत्केरी हुँदा दिने प्रोत्साहन भत्ता र रात्रीकालिन सेवाको सशर्त बजेट पर्याप्त छैन । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?