ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

धान धितो राखेर किसानलाई कृषि ऋण

२१ मंसिर २०७५, शुक्रबार
२१ मंसिर २०७५, शुक्रबार

बुटवल उपमहानगरपालिकाले पहिलो पटक किसानहरूको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रिया सुरुवात गरेको छ ।  पहिलो चरणमा किसानले उत्पादन गरेको धानलाई सहकारीमा धितो राखेर सहकारी मार्फत किसानलाई ऋण प्रदान गर्ने योजना अनुसार बिहीबार बुटवल–१४ सेमलारमा रहेको सिम्रीक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाको बीचमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।बुटवल उपमानगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल र सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेश बहादुर गाहाले हस्ताक्षर गरेका छन् । बुटवलको सेमलार, मोतिपुर क्षेत्रका किसानहरूले उत्पादन गरेको धान उचित भण्डार स्थानको अभावको कारण उचित मुल्य विना नै विक्रि गर्दै आएका थिए । अव किसानहरूले सहकारीमा आफूले उत्पादन गरेको धानलाई सहकारीमा धितोको रूपमा राखेर कृषि ऋण लिन सक्छन् । किसानहरूले यसरी उत्पादन गरेको धान सहकारीमा राखेमा कुनै पनि भाडा तिनुपर्दैन । किसानको भाडा नगरपालिकाले तिरिदिने छ ।
बुटवल उपमानगरपालिका प्रमुख शिवराज सुवेदीले किसानहरूको समस्यालाई सामाधान गर्नको लागि पहिलो चरणमा किसानहरूको धानलाई भण्डारणमा अनुदान प्रदान गरिएको जानकारी दिए ।
पहिलो चरणमा किसानको धान मात्रै सहकारी मार्फत भण्डारण गर्ने सम्झौता सहकारीमार्फत गरिएकोमा आगामी दिनमा अन्य गहुँ, दाल जन्य कृषि उपज समेत भण्डार गरी किसानहरूलाई ऋण उपलब्ध गराउने तयारी गरिएको मेयर सुवेदीको भनाई रहेको छ । बुटवल उपमहानरपालिका, कृषि विकास महशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्माले किसानहरूले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरे बापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्ने छ । जसको लागि नगरपालिकाले २ लाख ५० हजार रूपैयाँको सम्झौता सहकारीमार्फत गरेको हो । किसाले यसरी भण्डारण गरेको धानलाई धितोको रूपमा सहकारीले स्वीकार गरी ऋण समेत प्रदान गर्ने सम्झौता गरिएको छ । ऋण चुत्ता पश्चात किसानले आफ्नो धान विक्रि गर्न पाउने सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेश बहादुर गाह मगरले जानकारी दिए ।
सहकारीका सचिव टोपनारायण घिमिरेका अनुसार वि.स. २०६६ सालमा स्थापना भएको सहकारीले आईडब्लु आरएमपीको अनुदानमा विउ प्रसोधन केन्द्र, भण्डारण केन्द्र समेत स्थापना गरेर सञ्चालन गर्दैै आएको छ । १० कठ्ठा क्षेत्रफल रहेको सहकारीले २ सय ५० मेट्रिक टन को ओपन सेड निर्माण गरेको छ भने १५ सय मेट्रीक टन र अर्को २ सय ५० मेट्रिक टन क्षमताको गोदाम घर निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?