ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

प्रथम तिनाउ नकआउट क्रिकेट कप टि–२० प्रतियोगिता, आयोजक तिनाउलाई उपाधि

३ श्रावण २०७५, बिहीबार
३ श्रावण २०७५, बिहीबार

क्रिकेट खेलको विकास र नया खेलाडी उत्पादन गर्ने लक्ष्यसहित बुटवलमा सम्पन्न प्रथम तिनाउ नकआउट क्रिकेट कप टि–२० प्रतियोगिता २०७५ को उपाधि आयोजक तिनाउ क्रिकेट क्लबले हात पारेको छ । बुधबार भएको फाईनल खेलमा तिनाउले गोलपार्क क्रिकेट क्लबमाथि ७ विकेटको जित निकाल्दै उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद २५ हजार ५ सय ५५, ट्रफी, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि उपविजेतामा चित्त बुझाएको गोलपार्कले नगद १४ हजार ५ सय ५५सहित ट्रफी, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान एम्स कलेजका तुल बहादुर थापा काजी, उत्कृष्ट बलर तिनाउ क्रिकेट क्लबका कुशल भट्टराई, म्यान अफ दी सिरिज आयोजक तिनाउकै सुन्दर बेल्बासे घोषित भएका छन ।
देविनगरस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ्ग रोजेको गोलपार्क क्रिकेट क्लबले पुरै २० ओभरमा १ सय ६० रनको योगफल तयार गरेको थियो । गोलपार्कका लागि सुभम गमालले ८४ रन र सुगम थापाले ३० रनको योगदान दिएका थिए । खेलमा संजु बोहराले ४ ओभरमा २० रन खर्चेर ३ विकेट तथा कुशल भट्टराईले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिएका थिए । मध्यम लक्ष्य पछयाएको तिनाउका ब्याट्सम्यानहरुले १५ ओभरमा नै विजय लक्ष्य भेटाएका थिए । तिनाउको जीतका लागि सन्जु बोहराले ७३ रन तथा प्रभात न्यौपानेले ३९ रनको योगदान दिएका थिए । गोलपार्कका आकाश पौडेलले २ तथा शुभम गमालले १ विकेट लिएपनि जितका लागि पर्याप्त भएन । खेलमा तिनाउका सन्जु बोहरा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
तिनाउ क्रिकेट क्लबको आयोजनामा जेठ १८ गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलबस्तुका गरि २७ टिमले भाग लिएका थिए । एक कार्यक्रमका बिच विजेता, उपविजेता टिम, उत्कृष्ट खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका वडा सदस्य रणबिर थापा, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति अधिकारी, क्रिकेट खेलप्रेमी रोमित बज्राचार्य, बुटवल क्रिकेट विकास समितिका कोषाध्यक्ष नेत्र पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?