ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

च्याउ खेतीमा किसानको आकर्षण बढ्दो :देवदहमा १२ लाखको लगानीमा फर्म

२० मंसिर २०७५, बिहीबार
२० मंसिर २०७५, बिहीबार

केही समय पहिला देखि व्यवसायिक रूपमा च्याउ खेती गर्दै आएका युवा किसानहरूको सक्रियतामा रूपन्देहीको देवदह नगरपालिका –१० भलुहीमा च्याउ फर्म सञ्चालनमा आएको छ । च्याउको फर्मको भिडमा ७ जना युवा उद्यमीहरूको लगानीमा रूपन्देहीकै देवदह नगरपालिका–१० भलुहिमा च्याउ फर्म स्थापना गरी गरी उत्पादन बिक्री हुँदै आएको छ ।
५÷६ बर्ष देखि नै च्याउको खेती, बजारीकरण गर्दै आएका ७ जना युवा उद्यमीहरूले रूपन्देहीको देवदहमा व्यवसायिक रूपमा सबल च्याउ तथा कृषि उद्यमी समूह दर्ता गरी च्याउ उत्पादन कार्य सुरुवात गरेका हुन् ।


बुटवल उपमानगरपालिका १३ नयाँगाउँमा केही बर्षदेखि च्याउ खेती गर्दै आएका यिनै युवाहरूको केही समूहले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–२ मा पनि व्यवसायिक च्याउ खेती गर्दै आएका छन् । समूहले देवदहमा पनि च्याउ खेतीको सुरुवात गरेको हो । सबल च्याउ तथा कृषि उद्यमी समूह स्थापना गरी उनीहरूले अहिले दैनिक ५ क्विन्टल सम्म च्याउ बिक्री गर्दै आएका छन् ।
समूहका सञ्चालक ऋषव पोखरेल बर्ष भरी नै च्याउ खेती गरी रूपन्देही जिल्लालाई मात्रै आत्मनिर्भर नबनाई भारत तर्फ समेत निर्यात गर्ने लक्ष्य लिएको जनाउँछन् ।
उनका अनुसार ७ जना युवा उद्यमीहरू कृष्णराज पोखरेल, ऋषव पोखरेल, शोभा पोखरेल, राज कुमार कहार, जीवलाल न्यौपाने, विष्णु वल्लभ न्यौपाने, रेणखर खनाल को उक्त फर्ममा लगानी रहेको छ । १२ कठ्ठा क्षेत्रफलमा फैलिएको उनीहरूको फर्मले प्रति बर्ष १ लाख रूपैयाँ जग्गाको भाडा बुझाउने गरी सम्झौता गरेको छ ।
हाल सम्म कुल १२ लाख लगानी गरेका उनीहरूले बर्षभरी नै च्याउ उत्पादन गर्ने लक्ष्य लिएका छन् । १२ लाख कुल लगानी भएको फर्ममा ७ लाख रूपैयाँ युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत बुटवलमा रहेको श्री सशक्त बचत तथा ऋण सहकारी संस्थाले लगानी गरेको छ । सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले युवा उद्यमीहरूको जोस र जागरको कारण आफूहरूले लगानी गरेको बताउँछन् । उनले किसानहरूलाई लगानी गर्न स्थान खोजिरहेको बेला मिहेनती किसानहरूले आवेदन दिएपछि सोही अनुसारको लगानी गरेको बताउँछन् । उनले भने–‘युवा किसानहरूको उत्साहले हामीलाई लगानी गर्नको लागि कुनै पनि अफ्ठारो परेन, किसानहरूको आग्रहमा लगानी गरेका छांै, जसको प्रतिफल राम्रो छ ।’ युवा तथा स्वरोजगार कोष मार्फत सहुलियत दरमा ऋण ल्याएर लगानी गरेको अध्यक्ष चौहान क्षेत्रीको भनाई रहेको छ ।


सबल च्याउ तथा कृषि उद्यमी समूह, देवदह रूपन्देहीका अध्यक्ष कृष्णराज पोख्रेलले तराईमा मौसम अनुकुल हुँदा तराई र पहाडमा अनुकुल हुँदा पहाडमा च्याउ खेती गर्ने गरी अगाडी बढेको बताउँछन् । जसको लागि सहकारी मार्फत ५ प्रतिशत सहुलियत दरमा ऋण प्राप्त गर्दा आफूहरू थप लगानीको लागि हौसिएको बताउँछन् ।
समूहका सञ्चालक रेणुखर खनालका अनुसार पहिला बंगुर फर्म रहेको स्थानलाई किसानहरूले लिएर च्याउ फर्म बनाएका हुन् । अहिले फर्ममा करिब ६ हजार ५ सय भन्दा बढि च्याउका वल्भ रहेका छन् । जसले उत्पादन दिन सुरु गरेको छ । हाल दैनिक डेढ क्विन्टल सम्म उत्पादन हँुदै गएको उनको भनाइ रहेको छ । रूपन्देही जिल्ला च्याउ खेतीको लागि संभावना बोकेको जिल्ला हो । जिल्लामा हाल साना ठूला गरी एक दर्जन भन्दा बढि च्याउ फर्महरूले व्यवसायिक रूपमा च्याउ खेती गरी उत्पादन बिक्री गर्दै आएका छन् ।
अहिले ७ जना युवा उद्यमीहरू आफैले नै च्याउको उत्पादन, बिक्री तथा प्रवद्र्धन गर्दै आएका छन् । च्याउ खेतीमा पनि उनीहरूले आफैले नै सामूहिक रूपमा गर्ने गर्दछन् । च्याउ उत्पादन रेखदेख देखि लिएर बजारीकरणमा पनि सामूहिक एकता रहेको छ । जसको कारणले पनि उनीहरूलाई सहज भएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?