ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

बुटवल उप–महानगरपालिकाको नमुना कामः धान धितो राखेर किसानलाई ऋण

२० मंसिर २०७५, बिहीबार
२० मंसिर २०७५, बिहीबार

किसानले उत्पादन गरेको धान निजी राईस मिल, सहकारी संस्थाहरूले उचित मूल्य नदिँदा मर्कामा परेका बुटवल उपमानगरपालिका भित्रका किसानहरूलाई उनीहरूले उत्पादन गरेको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने नयाँ कार्ययोजना ल्याएको छ ।
किसानले उत्पादन गरेको कृषिजन्य उत्पादनले उचित बजार नपाएकोमा किसानहरूबाट जनगुनासो आएपछि कृषि विकास महाशाखले यस्तो प्रक्रिया अगाडि बढाएको छ ।
बुटवल उपमहानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख भिमनाथ शर्माले किसानहरूले उत्पादन गरेको धानलाई सहकारीले खरिद गरी उक्त धान बराबरको अनुदान बुटवल उपमहानगरपालिकाले दिने गरी कार्यक्रम अगाडि बढाइएको जानकारी दिए । जसको लागि किसानलाई अनुदान प्रदान गर्नको लागि यस बर्ष २ लाख ५० हजार रूपैयाँ छुट्टाइएको छ । किसानले उत्पादन गरेको धान खरिद गर्ने सोही अनुपातको ऋण प्रदान गर्नको लागि सहकारी मार्फत सूचना प्रकाशन गरेर कार्य अगाडि बढाइएको प्रमुख बरिष्ठ कृषि विकास अधिकृत शर्माको भनाइ रहेको छ ।
कटानी गरेको धान किसानले आफ्नो घरमा भन्डारण अभावले निकै कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेकोले यसलाई निराकरण गर्नको लागि योजना अगाडि बढाइएको हो । जसको कार्यविधि समेत तयार गरी सहकारी संस्थाहरूबाट प्रस्ताव समेत माग गरिएको जनाइएको छ ।
बुटवल विषादीरहीत खाद्य पदार्थ उपलब्ध हुने उपमहानगरका रूपमा पहिचान गराउने तेस्रो नगरसभाबाट पारित नीति बमोजिम बुटवल–६ मा रहेको विषादी अवशेष प्रयोगशाला (केन्द्रीयस्तर) को स्तरीरकरणमा सहयोग गर्ने साथै सो प्रयोगशाला नगरपालिकाको सहकार्यमा संचालन गर्ने जनाएको छ । सहकार्य हुन नसकेमा नपाबाट विनियोजित बजेटबाट आवश्यक कार्य गरिने नगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगरपालिका कृषि विकास शाखाले पछिल्लो समयमा ग्रीन हाउस निर्माणलाई प्राथमिकतामा राखेको छ । गत बर्ष बुटवलको सेमलार १५ र १६ मा गरी १५ बाई ८५ बर्ग मिटरका १० वटा ग्रिन हाउस निर्माण गरी तरकारी खेती गर्नका लागि ८ जना किसानसँग सहकार्य गरेकोमा जसले राम्रो उत्पादन दिए यो आर्थिक बर्षमा पनि सोही प्रकृतिको कार्य गर्न लागिएको जानएको छ । बुटवल उपमानगरपालिका कृषि विकास शाखा प्रमुख भिम नाथ शर्माले गत बर्ष परिक्षणको रूपमा गरिएको ग्रिन हाउस खेतीबाट राम्रो उत्पादन भएपछि यस बर्ष थप ५ वटा ५० प्रतिशत लगानीमा सहकार्य गरिने जानकारी दिए । बाहिरी वातावरण अनुकूल नभएको बेला टनेल भित्र उपयुक्त वातावरण सृजना गरी खेती गरिन्छ । जसले गर्दा कृषिमा राम्रो उत्पादन बढ्ने तर्क बुटवल उपमहानगरपालिका कृषि विकास शाखाको भनाई रहेको छ ।
उत्पादनका आधारमा अनुदान दिने गरी घाँसको बीउको मूल्यमा अनुदान दिनका लागि निबेदन संकलन गरिएकोमा ४०० निबेदन संकलन भएका र मापदण्ड पुरा भएका किसानहरूलाई अनुदान वितरण गरिने योजना नगरपालिकाले बनाएको छ । कृत्रिम गर्भाधानका लागि आवश्यक पर्ने विषेश उपकरणः रेफ्री, एआइ गन लगायत एसेसरीज खरिद समेत गरिएकोले यसमा आगामी दिनमा कुनै पनि समस्या नआउने नगरपालिकाले जनाएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?