ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

‘स्वास्थ्य सहकारी संस्था स्थापनाको सोंचमा अघि बढेका छौं’

२० मंसिर २०७५, बिहीबार
२० मंसिर २०७५, बिहीबार

गुल्मीको रुरु गाउँपालिका वडा नं. २ (साविकको ग्वादी गाविस) मा जन्मिएका शिव ज्ञवालीले रूपन्देहीमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील छन् । २०५५ सालमा ज्ञवाली फर्माबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका ज्ञवालीले अहिले सूर्य मेडिसेल्स प्रा. लि. सञ्चालन गरिरहेका छन् । स्वास्थ्य क्षेत्रका साथै ज्ञवाली सामाजिक संस्थामा क्रियाशील छन् । ज्ञवाली नेपाल औषधि व्यवसायी संघ लुम्बिनीको अध्यक्षको जिम्मेवारीमा छन् । लुम्बिनी अञ्चल भारीमा संघमा करिब १ हजार सदस्य रहेका छन् । प्रस्तुत छ, औषधी व्यवशाय र यससँग जोडिएका विषयमा बुटवल टुडेकर्मीले शिव ज्ञवालीसँग गरेको कुराकानीको सम्पादित अशः

आफ्नो कार्यकाललाई आफैले कसरी मूल्याङ्कन गर्नु भएको छ ?
à मेरो यो कार्यकाललाई अत्यन्त सफल बनाउने योजनाका साथमा हामी अगाडि बढिरहेका छौं । संस्थाको कामहरूको कार्ययोजना बनाएर गरिरहेका छांै । त्यसमा पनि तत्काल गर्न सकिने र पछि गर्ने काम भनि छुट्याएर काम गरिरहेका छौं । हामीले व्यवसायीको हितमा हुने कार्यहरूलाई नै अगाडि बढाएर काम गरेका छौ । जनस्वास्थ्थ सम्बन्धी सामाजिक जनचेतना अभिवृद्धि र सेवामुलक कार्यक्रमहरू गरिहेका छौ ।
हामीले स्थानिय स्तरमा स्वास्थ्यका बारेमा जानकारी दिने उद्देश्यले व्यवसाहिक सन्देश रेडियो कार्यक्रम गरिरहेका छौ । औषधी व्यवसायी सन्देश बुलेटिन, थोक र खुद्रा व्यवसायीलाई तालिम दिने, आन्तरिक अनुगमन, जिल्ला उपशाखा अनुगमन, नियमित रक्तदान लगायतका कामहरू गरिरहेका छौ । त्यसैले हाम्रो यो कार्यकाल राम्ररी नै अगाडी बढेको छ जस्तो लाग्छ ।

कार्यकालको आगामी योजनाहरू के छन् ?
हामीले धेरै योजनाहरूलाई अगाडि सारेका छौं । त्यसमा पनि तत्कालिन योजनाहरूलाई हामीले पुरा गरिरहेका छौं । तर हाम्रा दिर्घकालिन योजनाहरू छन् । व्यवसायीलाई व्यवसायिक तालिम दिने । कार्यालय व्यवस्थापन गर्नका लागि जग्गा खरिद गर्ने योजना पनि रहेको छ । त्यसैगरि स्वास्थ्य सहकारी संस्थाको पनि स्थापना गर्ने सोंच बनाएका छौं । अहिलेको अवस्थामा संघ प्रदेशमा जाने कुरा छ । केन्द्रसँगै ७ प्रदेश ७७ जिल्लामा रूपान्तरण हुनेछ । हामीले योजनामा राखेर पुरा गर्न नसकेका कामहरूलाई प्रदेश गठन पछि पुरा हुन्छ ।

तपाईको कार्यकालमा भएका महŒवपूर्ण ३ वटा काम के के हुन् ?
हाम्रो यो कार्यकालमा भएका महŒवपूर्ण काम भनेको पहिले त व्यवसायीको स्वास्थ्य बीमा गरिएको छ । दोस्रो हामीले लागूऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेका छौं । विशेष गरि कक्षा ११ र १२ का विद्यार्थीहरू लागूऔषधको दुव्र्यसनमा फस्ने भएकाले हामी बुटवलको कालिका मानवज्ञान, शंकरनगरको दुर्गादत्त क्याम्पस र देवदहको देवदह माध्यमिक विद्यालयमा कार्यक्रम गरेका छौं । यो कार्यलाई आउँदा दिनमा अरू विद्यालयमा पनि गर्ने छौं । त्यसै गरी हामीले समसामयिक विषयलाई समेटेर प्रदेश गठन पछिको अवस्था कस्तो हुन्छ भनेर प्रदेशस्तरिय गोष्ठी सम्पन्न गरेका छौं ।

औषधी व्यवसायीका समस्याहरू के के छन् ?
हाम्रा समस्याहरू धेरै छन् । विशेष गरी विना दर्ताका औषधी पसलहरू छन् । हामी सिमानाको नजिकै छौ । त्यहाँबाट आउने औषधीहरूले पनि समस्या सृजना गरेका छन् । अनुगमन गर्ने सहि तरिका छैन । राज्यको परिवर्तित नियम कानुनले पनि समस्या सृजना गरेको छ ।

समस्या समाधानका लागि तपाईहरूको पहल के छ ?
विना दर्ता सञ्चालनमा रहेका औषधी पसलहरूलाई रोक्न हामीले राज्यलाई सहयोग गरेका छौं । त्यसैगरी सबै व्यवसायीहरूलाई दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छौ । त्यसैगरी हामीले झोले व्यवसायीलाई समातेर सम्बन्धित स्थानमा बुझाएका छांै । अनुगमन बजारमा मात्र नभएर उद्देश्य पुरा हुने स्थानमा गर्नका लागि सल्लाह दिने गरेका छांै ।

मानव स्वास्थ्यसँग जोडिएको औषधीमा धेरै मार्जिन हुन्छ भन्ने आरोप छ नि तपाईहरूलाई ?
यो भन्ने मात्र कुरा हो, भने जस्तो होइन । हामीले किन्ने सबै सामानहरूमा मार्जिन हुन्छ । त्यति हो, अरू सामानहरूमा कति हुन्छ भन्ने कुरा कसैलाई थाहा हँुदैन । व्यापारीले कहिँकतै मनपरी मूल्यमा बेच्लान तर औषधीमा मार्जिनको विषय प्रष्ट छ । मूल्य राज्यले नै तोकेको छ । आयातको थोक र खुद्रा मार्जिन प्रष्ट देखिन्छ ।
कम्पनीले दिएको सुबिधा मात्र हामीले लिने हो । यो विषय त्यति ठुलो हो जस्तो लाग्छ । हामी बिल टु बिल कारोबार गछौ । त्यसैले पनि शंका गर्नुपर्ने हँुदैन । औषधीमा अधिकतम विक्रि मूल्य तोकिएको हुन्छ ।
यो जस्तै अर्को कुरा पनि बेला बेलामा म्याद सकिएको औषधीको कुरा आउने गर्दछ । कम्पनीले जुन मूल्यमा किन्यो त्यही मूल्यमा नै म्याद सकिएपछि फिता गर्दछ भने व्यापारीले किन म्याद सकिएको औषधी बेच्छ । तर कहिले काही अन्जानमा हुने हो । होईन भने यो विषयमा सबै व्यवसायीहरू जानकार हुनुहुन्छ ।

अन्त्यमा केही भन्नुहुन्छ कि,
यो क्षेत्र मानव स्वास्थ्यसँग जोडिएको हुनाले हामी एकदमै सचेत छौं । अब आफनो स्वास्थ्य प्रति सबै सचेत हुनुपर्ने हुन्छ । औषधी किन्न जाँदा म कस्तो पसलमा जाँदैछु र मैले कुन मूल्यमा कुन औषधी किन्दैछु भन्ने जानकारी लिनु आवश्यक छ । खुल्ला सिमा भएकाले धेरैले भारतिय बजारबाट र झोले औषधी व्यवसायीबाट औषधी खरिद गरेर नखान आग्रह गर्दछु । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?