ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा
लुम्बिनीमा मिडिया सम्मेलन

अव दलहरुले भूमिका बदल्नुपर्छः मन्त्री शर्मा

१७ चैत्र २०७९, शुक्रबार
१७ चैत्र २०७९, शुक्रबार

बुटवल, १७ चैत ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक दलहरुको भूमिका अव बदलिनुपर्ने बताएकी छन् ।
नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनको उदघाटन गर्दै मन्त्री शर्माले राजनीतिक क्रान्ति पूरा भएको अवस्थामा अव विकास निर्माण र जनताका आकांक्षा पूरा गर्नेतर्फ दलहरुले भूमिका खेल्नुपर्ने बताइन् ।
“हिजो दलहरु राजनीतिक दलहरु पििरवर्तनको आन्दोलनको भूमिकामा दिए, मुलुकमा व्यवस्था परिवर्तन भएसँगै अव यसलाई संस्थागत गर्न र जनताका आकांक्षा परिवर्तन गर्न दलहरुले बिगतको भूमिका बदल्नुपर्छ”–उनले भनिन् ।
आम सञ्चार क्षेत्रको नीति तर्जुमा गर्नका लागि राष्ट्रिय मिडिया सम्मेलन महत्वपूर्ण कोशेढुंगा हुने पनि मन्त्री शर्माले बताइन् । सरकारले अव आगामी वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा लागेको अवस्थामा मिडिया सम्मेलनले सञ्चारमन्त्री नीति तर्जुमा गर्न सघाउ पुग्ने उनको धारणा छ । मन्त्री शर्माले राजनीतिक र पत्रकारिता क्षेत्र एक अर्काका परिपुरक रहेको पनि बताइन् । “आम सञ्चार क्षेत्र र राजनीतिक क्षेत्र एक अर्काका परिपुरक हुन्, दुवै क्षेत्रले परिवर्तनको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका छन्, अवका दिनमा पनि यी दिई क्षेत्रले अझै महत्वपूर्ण भूमिका खेल्नु जरुरी छ”–उनले भनिन् ।
जनताको आकांक्षा र सपना बदल्ने कुरातर्फ राजीतिक दलहरुले ध्यान दिनुपर्ने र यसतर्फ मिडियाले खवरदारी गर्नुपर्ने मन्त्री शर्माको भनाई छ । सरकार र सार्वजनिक निकायमा रहेका व्यक्तिहरुलाई मिडियाले खवरदारी गर्ने हो भने उनीहरुलाई जवाफदेही बनाउन सकिने पनि उनले बताइन् ।
मन्त्री शर्माले आजसम्म भएको परिवर्तनले जनतालाई के दियो भन्नेतर्फ पत्रकारिता क्षेत्रले खोतल्नुपर्नेमा जोड दिंदै कतिपय कानुन विविध कारणले बन्न नसकेका र कतिपय बनेका पनि कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण रहेको मन्त्री शर्माले बताइन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा सल्लाहकार डा. महेन्द्र विष्टले पत्रकारितामा विश्वसनीयताको संकट रहेको भन्दै अब प्रविधिलाई आत्मसात गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए ।

सल्लाहकार तथा निवर्तमान अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता शुद्धीकरण आवश्यक रहेको भन्दै यसमा सबैले साथ दिनुपर्ने वताए । सल्लाहकार निर्मला शर्माले पत्रकारितामा महिला सहभागिता बढाउनको लागि सबै तहका सरकारले विशेष भूमिका निर्वाह गर्नु पर्ने बताइन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी (मैत्तय) ले नेपाली चिन्तन र छलफलको केन्द्र लुम्बिनी बन्न सक्ने बताए । उनले लुम्बिनीबारे जिज्ञासा र चासो लिन आवश्यक रहेको भन्दै भगवान् बुद्ध एउटा व्यक्ति नभएर चिन्तन र समुदाय रहेको बताए ।

लुम्बिनी विश्वविद्यालयका निमित्त उपकुलपति डा. तिलकराम आचार्यले लुम्बिनीमा देशभरका पत्रकार जुट्नु आफैमा गौरवको विषय भएको बताए । उनले लुम्बिनी विश्वविद्यालय चिनाउनको लागि सबैले कलम चलाउनु पर्ने बताए ।

सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मिडिया व्यवस्थापनमा स्थानीय तहको भुमिकाका बारेमा छलफल हुनुपर्ने बताए ।

सदस्यता शुद्धीकरण अभियानमा महासंघ

सम्मेलनमा बोल्दै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघ पछिल्लो समयमा सरकारीकरण हुँदै गएको बताउँदै पत्रकार संग सम्बन्धित अन्य संगठन नचिन्ने परिपाटी विकास हुँदै गएको बताए ।

पत्रकार महासंघले नेतृत्वमा पुगेपछि संगठनहरु बिर्सने बानी हटाउनुपर्ने बताए । उनले विज्ञापन बोर्डले कमिसनमा काम गरेको भन्दै यो विज्ञापन बोर्ड खारेजी गर्नुपर्ने बताएका थिए । विज्ञापन बोर्डमा कमिसन खाने गरी काम हुँदै आएको भन्दै यसलाई कमिसनखोरीबाट जोगाउनका लागि खारेजीको विकल्प नभएको बताएका थिए ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नयाँ मन्त्री आएपछि प्रेस युनियनलाई वास्ता नगरेको बताए । उनले पत्रकार महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्नुपर्ने बताए । उनले अहिलेसम्म निर्माण भएका कानुन, ऐन नियम पुर्णरुपमा कार्यान्वयनमा ल्याउन आग्रह गरे । उनले सरकारी र निजी सञ्चार प्रतिष्ठानले श्रमजीवी सञ्चार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने वताए ।

शुद्धीकरणको अभियान कसैको पुर्वाग्रही ढंगले भन्दा पनि काउन्सिल बनाएर सदस्यता दिनु पर्ने भन्दै चुनाव लड्ने भन्दा पनि पत्रकारिताको विषयमा ख्याल गर्नुपर्ने बताए ।

प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटाले नेपाली पत्रकार र सञ्चार गृहका बीचमा सघन छलफल आवश्यक रहेको बताए । उनले पछिल्लो समयमा पत्रकारका मुद्दा झनै जटिल भएको बताएका थिए ।

समाजवादी प्रेस संगठनका बरिष्ठ उपाध्यक्ष बिश्वमणि सुवेदीले पत्रकार महासंघ नै शुद्धिकरण आवश्यक रहेको बताए । उनले पत्रकार महासंघको नेतृत्व पत्रकारबाट मात्रै हुनुपर्ने बताए ।सम्मेलनमा देशभरबाट पत्रकारहरुको सहभागिता रहेको छ । सम्मेलनमा सदस्यता शुद्धीकरणको अभियानको विषयमा छलफल भएको छ । सम्मेलनमा अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?