ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

ब्रोईलरपालक कृषक आन्दोलित

१९ मंसिर २०७५, बुधबार
१९ मंसिर २०७५, बुधबार

सरकारले आफूहरूका माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै ब्रोइलर कुखुरा पालक किसानले बुटवलमा विरोध प्रदर्शन गरेका छन् । गएको मंसिर ५ गते विभिन्न मागसहित प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई नौं बुँदे ज्ञापनपत्र बुझाएका किसानले यसबीचमा मन्त्रालयले माग सम्बोधन गर्न चासो नदेखाएपछि मंगलबार सडकमा उत्रेर विरोध प्रदर्शन गरेका हुन् । मन्त्रालयले एक हप्ताभित्र मागबारे अध्ययन गरी समस्या समाधानका लागि छलफलमा बोलाउने प्रतिवद्धता जनाएको थियो ।
लुम्बिनी ब्रोइलर कुखुरा पालक किसान संघले आफूहरूको सहभागितामा लागत अनुसार जिउँदो कुखुराको वैज्ञानिक मूल्य निर्धारण गरिनुपर्ने, चल्ला र दाना बिक्रीमा बिचौलिया प्रवृत्ति र एकाधिकार अन्त्य हुनुपर्ने, कुखुराको औषधि उपचारमा अनुदानको व्यवस्था हुनुपर्ने, बिचौलिया र माफियातन्त्र अन्त्य गर्नुपर्ने, भारतीय चल्ला र कुखुराको आयात नियन्त्रण गरिनुपर्ने लगायतका माग राखेका छन् ।
यस्तै अस्वस्थ कुखुराको आयातलाई रोक्न, ब्रोइलर कुखुरापालक किसानहरूको तथ्याङ्क संकलन गर्न, कोल्ड स्टोरको व्यवस्था गर्न, कुखुराको वजार मुल्य र गुणस्तरको निरिक्षण गर्ने छुट्टै संयन्त्र बनाउन पनि संघले माग गरेको छ । संघले अठार सय ग्राम तौल भन्दा बढी तौलका जिउँदो कुखुरा मानव स्वास्थ्यका लागि हानिकारक भएको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरिसकेकाले त्यस्ता कुखुराहरूमाथि प्रतिबन्ध लगाउन पनि माग गर्दै आएको छ । किसानहरूको विरोध प्रदर्शन बुटवलको गोलपार्कबाट शुरु भई अस्पताललाइन, अमरपथ हुँदै हाटबजारलाइनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडि पुगेर कोणसभा गरी सकिएको थियो ।
कोणसभामा बोल्दै विरोध प्रदर्शनका संयोजक कमलकान्त गौतमले किसानका माग सम्बोधन नभए चरणवद्ध आन्दोलन गर्दै जाने बताए । खासगरी बिचौलियाका कारण आफूहरूले लागत अनुसार कुखुराको मूल्य पाउन नसकेको गौतमले गुनासो गरे । रूपन्देहीमा किसानका कुखुरा थोकमा खरिद गर्ने २७ जना बिचौलिया रहेको उनले बताए । किसानहरूलाई उक आपसमा लडाएर न्यून मुल्यमा खरिद गरी मासु पसललाई ठूलो अन्तर राखेर बिक्री गर्दा किसान र उपभोक्ता दुबै मर्कामा परेको किसानहरूको गुनासो छ । ४५ दिनमा बिक्रीका लागि तयार हुने एउटा कुखुरा उत्पादन गर्दा करिब ४ सय रूपैयाँ लागत लाग्ने किसानहरू बताउँछन् । जिउँदो कुखुराको विक्रि मूल्य १ सय ३५ देखि १ सय ४० रूपैयाँ मात्र रहेको छ । तयारी मासुको बजार मूल्य भने करिब ३ सय रूपैया बढी छ । रूपन्देहीमा करिब एकहजार कुखुरापालक किसान छन् । बुटवलमा मात्रै दैनिक ३० हजार किलोग्राम मासु बिक्री हुने गरेको तथ्यांक छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?