© २०२३
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको गौतमबुद्ध माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति चयन प्रक्रिया रोकिएको छ ।
उच्च अदालत तुल्सीपुर बुटवल इजलासले कारण आदेश जारी गरिदिएपछि समिति गठन प्रक्रिया रोकिएको हो । तिलोत्तमानगर पालिकाले स्थानिय तहको अधिकार प्रयोग गर्ने भन्दै नयाँ समिति गठनका लागि आईतवारका अभिभावक भेला डाकेको थियो । विद्यालय व्यवस्थापनि समितिका अध्यक्ष रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पाण्डेले २०७३ साल पुस २४ केन्द्रिय शिक्षा नियावली अनुसार गठन भएको विद्यालय व्यवस्थापन समितिलाई पुनगठन गर्ने निर्णय विरुद्ध शुक्रबार पुनरावेदन अदालत बुटवलमा निवेदन पेश गरेका थिए । प्रदेश सरकार र स्थानिय सरकारले शिक्षा ऐन नबनाई नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया गलत भएकाले अदालतमा रिट जाहेर गरेको उनले बताए ।
अदालतले आईतवार कारण देखाउ आदेश जारी गर्दे तत्काल नयाँ विद्यालय व्यवस्थापन गठन प्रक्रिया रोक्न आदेश जारी गरेको छ । तिलोत्तमा नगरपालिकाको वडा नं ९ रहेको गौतमबुद्ध माध्यमिक विद्यालयमा अहिले चाँर सय १६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।