© २०२३
गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई लोपोन्मुख पंक्षी सारस नगर क्षेत्र घोषणा गरिएको छ । बाल्यकालमा बुद्धका दाजु देवदत्तले प्रेम प्रतिक मानिने सारस पंक्षीलाई वाणहानी घाईते बनाउँदा बुद्धले पानी खुवाई ज्यान बचाएको ऐतिहासिक घटना क्रमलाई स्मरण गर्दै लुम्बिनी विकास कोषले सारस पंक्षीलाई संरक्षण गर्नको लागि लुम्बिनीलाई नै सारस नगर क्षेत्र घोषणा गरेको हो । शान्तिका लागि सारस संरक्षण भन्ने नारासहित लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयुक्त आयोजनामा प्रथम पटक लुम्बिनीमा पंक्षी महोत्सव नै आयोजना गरी सारस नगर क्षेत्र घोषणा गरिएको हो ।
सारस नगर क्षेत्र घोषणा कार्यक्रमलाई सोम्बोधन गर्दै ईन्टरनेशनल क्रेन फाउण्डेशनको फाउण्डर डाक्टर जर्च आर क्युबेलले विश्वबाट नै लोप हुन अवस्थामा पुगेको बुद्ध कालिन सारस पंक्षीको संरक्षण गर्न सके पर्यटकको संख्या अझैं बढ्ने सक्ने बताएका छन । अमेरिकन नागरिक क्युबलले शान्तीका प्रतिक सारस पक्षीको संरक्षणले लुम्बिनीमा बुद्ध र बुद्धिज्मको विकास हुनुको साथै आध्यात्मिक तथा विश्व शान्ती मुहानको महŒव अझंै बढ्ने विश्वास दिलाए । त्यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्रले सारस संरक्षणको लागि पहिले देखि नै लुम्बिनी कोषले लुम्बिनी ग्राम क्षेत्र भित्र एक सय हेक्टरको चार वटा पानी पोखरी बनाई सारसको संरक्षण गर्दै आएको जानकारी दिए ।
सारसको संरक्षणले लुम्बिनी धार्मिक पर्यटक सँगै प्राकृत्तिक पर्यटनको केन्द्र समेत बन्ने उनले बताए । लुम्बिनी घुम्न आउने पाहुना जस्तै पंक्षीहरू पनि पाहुनाकै रूपमा आउने हुन भिक्षु मेत्तेयले भने लुम्बिनी वरिपरिका सीमसार क्षेत्र जोगाउन, पोखरीको संरक्षण गर्न, बासस्थान सुरक्षाका लागि चेतना जागाउन पनि महोत्सवको आयोजना गरिएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले करिब दुई सय जोडी सारस पंक्षीको बास स्थान रहेको लुम्बिनी क्षेत्रमा चराचुरुङ्गी सिकार मुक्त क्षेत्र घोषणा गरिएको बताए ।
चराहरूको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आायेजना गरिएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिब सरोज भट्टराईले जानकारी दिए । महोत्सवमा चित्रकला प्रतियोगिता, फोटो प्रदर्शनी, पक्षी अवलोकन कार्यक्रम राखिएको थियो । कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, सारस, भुँडिफोर, घोगीफोर, लोभिपापी भुँडिफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, बगाले सिमकुखुरा, लामोऔँले, मरुल, जलअप्सरा, हुटिट्याउँ, टमटमे, आँसीठुँडे, पानीचाहा, रातोमुनिया, छिर्केमुनिया, सुनचरी, काजले सुनचरी, माटोकोरे, काफलपाक्यो, कोकले, साइबेरियाली रुबी, रानीचरी जस्ता चराहरू पाईन गरेको छ । यो मौसममा साईबेरिया र मंगोलियाको चिसो छल्नको लागि चराहरू हजारौं माईल पार गर्दै लुम्बिनी आउने गरेको चरा विदले बताएका छन । विदेशबाट चराहरू समेत यो मौषममा लुम्बिनीमा घुम्न आउने भएकाले चराको अवलोकन तथा अध्ययनको लागि आन्तरिक तथा बाह्य पर्यटकको समेत संख्या बढ्ने गरेको छ । à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी