ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

भेन्टिलेटर सहितको सर्पदंस उपचार केन्द्र

९ मंसिर २०७५, आईतवार
९ मंसिर २०७५, आईतवार

वर्षौंदेखि विकराल समस्याको रूपमा रहेको देउखुरीको सर्प दंस अब भने केही सहजता हुने भएको छ । यहाँका स्थानिय तहहरू एवं संघ संस्थाहरू सर्प दंश उपचार केन्द्र बनाउन तातिए लगत्तै यसै वर्ष लमही अस्पतालको हाताभित्र सर्प दंस उपचार केन्द्र बन्ने निश्चित भएको छ । लमही नगरपालिकाले पौष मसान्त पछि उपचार केन्द्रका संरचना बनाउन सुरु गरिने लमही नगरपालिकाका मेयर कुल वहादुर केसीले वताए ।
मेयर केसीका अनुसार लमही नगरपालिकाको नगरसभावाट लमही अस्पतालको हाता भित्र ३ कोठे भेन्टीलेटर सहितको सर्प दंस उपचार केन्द्र निर्माण गर्ने निर्णय गर्दै २५ लाख रूपैयाँ विनियोजन भईसकेको बताए ।

लमही नगरपालिका सहित यहाँ अन्य स्थानिय तहहरू राप्ती, राजपुर र गढवा गाउँपालिकाले समेत उपचार केन्द्रलाई रु. १० लाख रूपैयाँ बजेट विनियोजन गर्ने पनि लमही नगरपालिकाका मेयर केसीले बताए । दंश उपचार केन्द्र निर्माणको पहल गर्दै आएको देउखुरी उद्योग वाणिजय संघ लमहीले उपचार केन्द्रवारेमा शनिवार लमहीमा सर्वपक्षिय सर्वदलिय बैठकको आयोजना गरेको थियो । उवासंघले उपचार केन्द्रका लागि सहयोगार्थ २०७३ पौषमा लमहीमा व्यापारी तथा पर्यटन महोत्सव समेत सञ्चालन गरेको थियो । महोत्सबवाट रु ५ लाख ५ हजार रूपैयाँ आर्थिक संकलन गरेको थियो । सोही रकमका बारेमा वृहत्त छलफल गर्नका लागि सो बैठकको आयोजना भएको थियो । उवासंघका अधयक्ष रत्न प्रसाद श्रेष्ठको अध्यक्षता तथा प्रदेश सांसद रेवती रमण शर्मा, सरसस्वती गौतम र लमही नगरपालिकाका मेयर कुल बहादुर केसीको विषेश उपस्थितिमा छलफल भएको थियो ।
सो भेलामा लामो बोल्दै प्रदेश सांसद शर्माले देउखुरीमा विकराल समस्या वनेको सर्प दंश उपचार केन्द्र निर्माणमा ढिलो गर्न नहुने बताए । उनले सो उपचार वनाउन ढिलाइ गरेमा अब आउने वर्षातसंगै सर्पले टोकेर कोही मर्नु परेमा उसका अभिभावकले भोट हाले जिताएका प्रतिनिधीहरूलाइ ढुंगा हान्ने निश्चित भएको बताए । अर्को सांसद सरस्वती गौतमले सर्प दंस उपचार केन्द्र वनाउने कार्य पवित्र आवश्यक रहेको वताउँदै आफूले पहल गर्ने वताइन । कार्यक्रमको सहजिकरण उवासंघका महासचिव कमलजंग ठकुरीले गरेका थिए । स्थानिय तहको निर्वाचन अगाडिदेखि सो उपचार केन्द्र निर्माणका लागि आर्थिक व्यवस्थापन उवासंघले गर्ने उपचार केन्द्र निर्माण व्यवस्थापन सेपाली सेना रिपु गण अर्जुनखोला लिने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?