ट्रेंडिंग:

>> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा >> तपाईँको जीवनको लक्ष्य के हो ! >> घोराही उपमहानगरपालिकाले थारू भाषाको बुलेटिन प्रकाशित गर्ने >> राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने >> प्रचण्ड माथि बिष्णु रिमालको कडा व्यंग्य >> शेयर बजार लगातार तेस्रो दिन बढ्यो >> यु–१४ टि ट्वान्टी क्रिकेटमा शान्ति नमुना विजयी >> वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छः श्रममन्त्री >> ‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा >> राजतन्त्र पुर्नस्थापनामा गणतन्त्रबादी लागेको आरोप >> रास्वपाकी सह-महामन्त्री सुमना श्रेष्ठको राजीनामा >> रामबहादुर बमजनको मुद्दा उल्टियो, कारागारबाट छुटेपछि कहाँ गए? >> शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने शिक्षकहरुको अडान >> सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ >> प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्नः कांग्रेस >> हुम्लामा बाढीले विस्थापित >> द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिदैन्ः प्रधानमन्त्री >> पाकिस्तान र अफगानिस्तानमा भीषण असिना वर्षा, ठूलो क्षति >> २६ वर्षपछि आयोडिनयुक्त नुनसम्बन्धी ऐन कार्यान्वयनमा >> मिश्र र राणाको रिहाइबारे छलफल गर्न राप्रपाकाे बैठक जारी >> दुरुपयोग भएपछि लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज >> सुपर ओभरको रोमाञ्चक जितसँगै दिल्ली क्यापिटल्स तालिकाको शिखरमा >> भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु >> गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको विकासमा लाग्छु’ >> एकैदिन ३६ सयले बढ्यो सुनको मुल्य >> अब सर्पदंशका बिरामी उपचार सहज हुने, बैज्ञानिकहरूले विकास गरे घरमै राख्न मिल्ने औषधी >> बुटवलको सनराइज सहकारीका अध्यक्ष र कोषाध्यक्ष भागे, बचतकर्ताको बिचल्ली >> राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड  >> अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक >> लुम्बिनीको सामाजिक विकास मन्त्रालय बार्षिक नीति तर्जुमा गर्दै >> जिउँदो मुटु नै बदलेर ताइवानको अस्पतालले विश्वलाई पारयो अचम्मित >> चीनकाे खनिज निर्यात प्रतिबन्धले अमेरिकाकाे टेक र सैन्य दुनियाँ तहसनहस हुन सक्ने >> भर्चुअल भावनाले गिजोलिएको समाज >> सरकारः शिक्षकका माग सम्बोधन गर >> चार महिनामै बन्यो पक्की पुल >> प्रदेश गौरवका आयोजनाः छ मुख्यमन्त्री फेरिए सडक उस्तै >> दुध शुद्द छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस् >> कोशी र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै वर्षा, अरु ठाउँमा पनि पानी पर्ने सम्भावना >> गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्तावमा ओली सहमत, सोमबार निर्णय हुने >> चिल्ड्रन्ज प्याराडाइस र देवदह मेडिकल कलेजबीच हस्ताक्षर >> कृष्णनगर नगरपालिका र देवदह मेडिकल कलेजबीच सम्झौता >> एनसेलले ल्यायो नयाँ प्याकहरू >> गुल्मीमा मदिराजन्य पदार्थ बिक्री वितरणबारे सरोकारवालाको चासो >> चार हजार इसेवा ह्याक गरि एक करोड चोरी

नेपाल डेमोक्रेटीक लयर्स एशोसियसनको प्रदेश भेला :‘सरकारकै कारण कानुन व्यवसायी संकटमा’

९ मंसिर २०७५, आईतवार
९ मंसिर २०७५, आईतवार

सरकारकै कारण कारण न्यायपालिका र संवैधानिक अगंहरू संकटमा पर्न थालेको प्रजातन्त्रबादी कानून व्यवसायी गुनासो गरेका छन् ।
प्रति प्रतिपक्षी नेपाली कांग्रेस सहित सबै प्रजातान्त्रबादी शक्तिहरू सचेत हुने बेला आएको भन्दै उनीहरूले यसमा जोड दिएका हुन ।
डेमोक्र्याटिक लयर्स एशोसिएशन प्रदेश ५ ले बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी कानून व्यवसायीहरूले लोकतान्त्रिक र संबैधानिक सर्वोच्चतालाई कम्जोर हुन नदिन बताएका हुन । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुनर्नसिङ केशीले बहुमतको दम्भमा सरकारले लोकतान्त्रिक संविधानलाइ नै चुनौती दिने काम गरीरहेको बताए ।
सुन काण्ड, निमर्ला हत्या काण्ड,वाइडबडी जस्ता भ्रष्टाचार, तस्करी तथा हत्या हिंसाका घटनामा उपलब्धी मुलक काम नगरी जनतामा भ्रम छर्न छानबिनको बहाना गरीरहेको भन्दै नेता केसीले भ्रम र झुटको पुलिन्दा बाँडेको आरोप लगाए । प्रधानमन्त्री ओलीले संविधानको मर्म बिपरित संवैधानिक अगंहरूलाई आफू मातहत राखेर अधिनायकबाद लाद्न खोजीरहेको नेता केसीको भनाइ थियो ।
सरकारले न्यायपालिका मात्र नभई चौथो अंग मानिएको पत्रकारीता क्षेत्रमाथि समेत हस्तक्षेप गरिरहेको भन्दै प्रजातन्त्रबादी कानुन व्यवसायी, बुद्धिजिवी तथा पत्रकार जगतले त्यसलाइ रोक्न सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । नेता केसीले पार्टी भित्रका कमिकमजोरीलाई सुधार गरेर संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसलाई बलियो बनाएर लैजाने बताए । कार्यक्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष शेरवहादुर केशीले संबैधानिक सर्वोच्चताको लागि बारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । नेपाल बार कम्युनिष्टको कब्जामा गए लोकतन्त्र र न्यायपालिका संकटमा पर्ने अध्यक्ष केशीले बताए ।
नेपाली काँग्रेस लोकतन्त्रको आत्मा भएको उल्लेख गर्दै उनले कम्युनिष्ट नीतिमा लोकतन्त्रलाइ कही स्थान नभएको बताए । नेपाल बारको आगामी नेतृत्वका लागि प्रजातन्त्रबादी कानुन व्यवसायीहरू एक भएर शसक्त र सक्षम उम्मेदवारलाई अगाडी सार्नुपर्नेमा जोड दिँदै उनले बारको आगामी निर्वाचनले कम्युनिष्टहरूलाई धरासायी बनाउने दाबी गरे । डेमोक्र्याटिक लयर्स एशोसिएशनका अध्यक्ष योगेन्द्र बहादुर ओलीले नेपाल बारको आगामी नेतृत्वकालागि डिएलएले एकताबद्ध ढंगबाट अगाडी बढ्ने बताए ।
डिएलएका पूर्व अध्यक्ष तथा न्याय परिषदका पूर्व सदस्य उपेन्द्र केशरी न्यौपानेले अप्रजातान्त्रिक व्यक्तिले न्यायपालिका तथा संबैधानिक अंग चलाउन सक्ने खतरा रहेको भन्दै त्यसो हुन नदिन बारको आगामी नेतृत्व प्रजातन्त्रबादी कानुन व्यवसायीले लिनुपर्ने बताए । नेपाल बार एशोसिएसनका महासचिव खम्बबहादुर खातीले लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले बौद्धिक बर्गलाई थिङ्क ट्याङ्कको रूपमा लिएर अगाडी बढ्नु पर्ने खाँचो औंल्याए । कार्यक्रममा त्रिविका पूर्व रेक्टर गुणनीधि न्यौपाने, डिएलएका सचिव विष्णु बस्याल, सिताराम केशी, बरिष्ठ अधिवक्ता बुद्धबहादुर थापा, कांग्रेसका क्षेत्रिय सभापति हरि लम्साल, अधिवक्ताहरू बाबुराम पाण्डे, महेन्द्र पाण्डे, मिना पाण्डे लगायतले बोल्दै बारको आगामी नेतृत्व प्रजातन्त्रबादी कानुन व्यवसायीहरूकै हातमा आउने दाबी गरे । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission