ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

सरोकारवालाको प्रश्न : संघीय शिक्षा ऐन कहिले ?

२८ फाल्गुन २०७९, आइतबार
२८ फाल्गुन २०७९, आइतबार

बुटवल, २८ फागुन ।

शिक्षा क्षेत्रसँग सम्बन्धित विज्ञहरुले संघीय शिक्षा ऐन तत्काल संसदमा पेश गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले संघीय शिक्षा ऐन कहिले ? भनेर प्रश्न समेत गरेका छन् ।

शिक्षा पत्रकार समूहले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा शिक्षा क्षेत्रसम्ग सम्बन्धित व्यक्ति एवं विज्ञहरुले संघीय शिक्षा ऐनबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । कार्यक्रममा सहभागी शिक्षा सरोकारवाला, सञ्चारसम्बद्ध संघ–संगठन, जनप्रतिनिधि र अभियान्ताले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष संघीय शिक्षा विधेयक तत्काल सार्वजनिक गर्न आग्रह गरेका हुन् । विधेयक सार्वजनिक गरेर सरोकारवालाबीच छलफल गरेर संघीयताको मर्मअनुरुप शिक्षा ऐन छिटोभन्दा छिटो जारी गर्न उनीहरुले आग्रह गरे ।

लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजित अपिल सार्वजनिक कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षामन्त्री चन्द्रकेश गुप्ताले शिक्षक राजनीति भन्दा टाढा बस्नुपर्ने बताए । शिक्षा ऐन छिटो जारी गराउन प्रदेश सरकारले पहल गर्ने उनले बताए ।

शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले शिक्षा क्षेत्रमा अझै पनि संघीयताको मर्मविपरित केन्द्रीकृत मानसिकता हावी रहेको बताए । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरी, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनलगायतले शासकीय प्रक्रिया भन्दा अभिभावक टाढा रहेको सुनाए ।

गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष उमेशचन्द्र यादव, शिक्षक महासंघ प्रदेश सहअध्यक्ष छविलाल पाण्डे, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ केन्द्रीय अध्यक्ष कृष्ण थापा, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय सचिव टेकराज अवस्थी, नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरी, शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल, शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल, शिक्षाविद प्राध्यापक डा. विद्यानाथ कोइराला, शिक्षा नीति तथा अभ्यास केन्द्रका अभियान्ता टीका भट्टराई, मदरसा शिक्षा सुधार समाजका अध्यक्ष अब्दुल रउफ र अन्तर्राष्ट्रिय बौद्ध समाजका संस्थापक अध्यक्ष भिक्षु मैत्रीद्वारा जारी अपिलमा शिक्षा ऐन ल्याउन तदारुकता नदेखाउनुले नेतृत्वको अपरिपक्वता देखिनुका साथै संघीयता विरुद्ध वितृष्णा फैलाउने स्वार्थ समूहलाई नै सघाउ पुगिरहेको उल्लेख छ ।

यस्तो छ अपिलः
शिक्षा समानताको कारक हो, विभेदको उपचार हो । आर्थिक उन्नति र समृद्धिको आधार पनि हो । देशमा दशकौं देखि शिक्षा सबैका पहुँचमा र सबैका लागि उपयोगी बनाउने प्रयत्न जारी छ । वि.सं. २०११ देखि २०२८ को नयाँ शिक्षा योजना हुँदै सबैका लागि शिक्षा जस्ता प्रयत्नहरु गरिएका छन् । यसो हँुदाहुँदै पनि शिक्षाका क्षेत्रमा अपेक्षित नतिजा प्राप्त गर्न सकिएको छैन । यसमा शासकीय प्रबन्ध र शैक्षणिक सवालहरु नै जिम्मेवार छन् । शासकीय प्रक्रियामा अझ अभिभावकहरु धेरै टाढिएका छन् । संघीयताको मर्मविपरित केन्द्रीयकरणको प्रवृत्ति हावी छ ।

नेपालको संविधान २०७२ अनुसार विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय सरकारले पाएको छ । यस अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा ऐन निर्माण भयो तर शिक्षा ऐन भने २०२८ बाटै काम चलाइएको छ । संघीय शिक्षा ऐनबिना नै पालिका एवं प्रादेशिक तथा सङ्घीय सरकारले एक कार्यकाल पूरा गरेका छन् । तत्काल आफ्नो सत्ताभोगसँग सम्बन्धित नरहेकाले दीर्घकालीन प्रभाव राख्ने शिक्षा जस्तो विषय सञ्चालन गर्ने ऐन ल्याउन तदारुकता नल्याउनुले नेतृत्वको अपरिपक्वता मात्र देखिएको नभई संङ्घीयता विरुद्ध वितृष्णा फैलाउने स्वार्थ समूहलाई नै सघाऊ पुगिरहेको छ ।

अतः हामी शिक्षा सरोकार राख्ने सञ्चारसँग संबद्ध संघ–संगठन, अभियन्ता एवं संस्थाहरु निम्न कामहरुलाई एकसाथ अघि बढाई सङ्घीय शिक्षा ऐनको विधेयक संसद्मा तत्काल पठाउन सरकारसँग शान्तिको मुहान बुद्ध जन्मस्थल लुम्बिनीबाट आग्रह गर्दछौं ।

१.संघीय शिक्षा ऐनका लागि तयार पारिएको विधेयकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल सार्वजनिक गरोस् ।

२. विधेयक सार्वजनिक गरेपछि सरोकारवालाबीच यसका प्रावधानहरुबारे सघन छलफल गराइयोस् ।

३.छलफलबाट प्राप्त सुझाबलाई समेटी संघीयताको मर्मअनुरुप संघीय शिक्षा ऐनको मस्यौदालाई संसदबाट पारितका लागि टेबुल गरियोस् ।

४. उपर्युक्त प्रक्रियालाई तत्काल शुरु गरी संघीय शिक्षा ऐन छिटोभन्दा छिटो जारी गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?