ट्रेंडिंग:

>> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा

रोल्पामा कहिले पुग्छ राज्यको ध्यान ?

२८ फाल्गुन २०७९, आईतवार
२८ फाल्गुन २०७९, आईतवार

त्यसै त नेपालको पश्चिमी पहाडी जिल्ला विकासको दृष्टिले धेरै नै पछि परेको छ । राज्यको ध्यान नपुग्दा ती पहाडी जिल्ला उजाड र बिकट बन्दै गएका छन । रोल्पा, रुकुम, हुम्ला, डोल्पा आदि प्रतिनिधि नाम हुन जहाँ राज्यको ध्यान नपुग्दा ती जिल्लामा जान अहिलेपनि सास्ती पाउनु परेको छ । सडकको पूर्वाधार छैन । विकासका अरु माध्यमहरुको अवस्था बिजोगकै छ । ती पहाडी जिल्लामा पूर्वाधार निर्माण नहुँदा बसाईसराई समेत बढेको छ । त्यसमाथि बिजुली, पानी, स्वास्थ्य चौकी लगायत नागरिकका लागि अत्यावश्यक पूर्वाधारमा ध्यान नदिँदा त्यहाँका जनता दिउँसोमा पनि रात परेको भानमा बस्नु परेको छ । विकासमा कतिसम्म बेवास्ता गरिएको छ भन्ने कुरा रोल्पाको सुनछहरी गाउँपालिका एक उदाहरण हो । रोल्पाको सुनछहरी गाउँपालिका वडा नं २ भित्रिगाममा विद्युतको पोल गाडेको ५ वर्षसम्म पनि विजुली बलेको छैन । अन्धकार गाउँमा पोल गाड्न थालेपछि विजुली आउने भयो भन्दै हौसिएका स्थानीयहरु ५ वर्षसम्म विजुली नबल्दा निरास भएका छन् । नेपाल बिद्युत प्राधिकरणले नेपालका ७७ वटै जिल्लाका गाउँदेखि सहर सवै क्षेत्रमा बिद्युत पु¥याएको दावी गरिरहेको छ तर रोल्पाको यो अवस्थाले नेपालको विकासको गलत अभ्यास हेर्न कतै जानुपर्दैन भन्ने आख्यान चरितार्थ बनेको छ ।

सुनछहरी गाउँपालिका वडा नं. २ का करिव ४ सय घरधुरीमा विद्युत विस्तार गर्ने योजना अनुसार ५ वर्ष अघिदेखि काम थालनी भएपनि स्थानीय जनताले अहिलेसम्म विजुली बाल्न नपाएको गुनासो गरेका छन । वास्तवमा यो बेथितीको पराकाष्ठा हो । विद्युत प्राधिकरणको ध्यान किन पुग्न सकेन ? स्थानीय पालिकाले पहल नगरेको हो कि ? नेताहरुको ध्यान किन जान सकेन ? स्थानीय जनताको आशामाथि कुठाराघात भएको छ । जनताले बिजुली बाल्ने आशा अव मारिसकेको बताएको सुन्दा नेपालको बिकासको यो अभियान कहिले घोडदौडमा परिणत होला ? प्रश्न गंभीर छ । जनता प्रतिक्षा गरिरहेका छन । वास्तवमा त्यहाँका जनताको बिजुली बाल्न पाउने अधिकार हनन् भएको छ । छिमेकी गाउँका जनता रातको अध्याँरोमा पनि दिनजस्तै गरि विद्युत सेवा पाईरहँदा त्यहाँका जनताको बिजुली अभियानको सपना कहिले पूरा होला ? जवाफ कसले दिने ? नेपालमा यी र यस्तै प्रश्नहरुको जवाफदेहिता लिने जिम्मेवार निकायको वेवास्ता अझै कायमै रहने हो भने नेपाल विकासको गतिमा अझै शतकौं पछि पर्ने निश्चित छ ।

झिमरुक जलविद्युत आयोजना अन्तर्गत केन्द्रीय प्रशारणबाट उक्त लाईन विस्तार गर्न लागिएको बताइएको छ । स्थानीय जनताले विद्युत विस्तारको जिम्मा लिएको मुख्य निर्माण व्यवसायीले साना साना निर्माण व्यवसायीलाई पेटीमा काम दिँदा योजना निर्माणमा ढिलाई भएको बताएका छन । अहिलेको मुख्य समस्या निर्माण व्यवसायीको पनि हो तर जनताको मूख्य समस्या हेरेर स्थानीय जनप्रतिनिधिले समेत अग्रसरता लिएर विद्युत बिस्तारमा पहल गर्न सकिन्थ्यो । त्यो नहुँदा जनताले सास्ती पाएका छन । बिजुली नहुँदा विद्यार्थीले पढ्न पाएका छैनन् । उज्यालोमा बसेर पढ्न पाउने उनीहरुको अधिकार हो । यो बिषयमा सम्वन्धित निकायको ध्यान नजानु दुःखद पक्ष हो । जहाँपनि समस्या र पीडा तल्लो तहका जनतामाथि नै पर्ने गरेको छ । निर्माण व्यवसायीलाई तत्कालै काममा गति दिन दवाव दिनुको बिकल्प छैन । बिजुलीमात्र होइन रोल्पामा सुरु भएका विकासका अरु आयोजनाको गति पनि सुस्त छ । यस विषयमा अव सरकारको मात्र होइन जिम्मेवार राजनैतिक दल, नेता र नागरिक समाजको ध्यान जाओस् । जनता कहिलेसम्म बिजुलीको पोल हेरेर अन्धकारमा बसिरहने ? उनीहरुलाई निरास बनाउने काम हुनुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?