© २०२३
के.आई.सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका– ११ स्थित रडुवा खोलामा स्कुल बस दुर्घटना हुँदा करिब १६जनाको मृत्यु भएको छ । डोटी स्थित पिस जोन स्कुलको से १ क २९३ नम्बरको बस डडेल्धुरा स्थित उग्रतारा मेला भरेर डोटी फर्कने क्रममा दुर्घटना भएको हो । बसमा बिद्यार्थी नभएर अन्य सर्बसाधारणहरु यात्री रहेको पाइएको छ ।
दुर्घटनामा १५ जना घाईतेहरुको उद्धार गरी उपचारका लागि उपक्षेत्रीय अस्पताल पठाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताएका छन् । गाडी करिब चार सय मिटर तल खोलामा खसेकाले यात्रुहरु अझै घाईते तथा मृत्यु भएको हुन सक्ने जोशीले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीयहरुबाट उद्धार कार्य जारी रहेको बताएको छ । राति भएका कारण उद्धारमा कठीनाई आईरहेको प्रजिअ जोशीले बताए ।
मृत्यु हुने सबै डोटी जिल्ला निवासी हुन सक्ने बताइएको छ । बसमा करिब ४० जना भन्दा बढी यात्रुहरु रहेको अनुमान गरिएको छ । क्षमता भन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।