ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

ओझेलमा चुनावी लालपूर्जा आश्वासन

७ मंसिर २०७५, शुक्रबार
७ मंसिर २०७५, शुक्रबार

स्थानीय निर्वाचनको समयमा अस्थायी बसोबासलाई पहिलो प्राथमिकता दिने नारासहित निर्वाचन जितेका स्थानीय सरकारका प्रमुखहरू यतिबेला ती वाचा पुरा गर्न नसक्ने बताउन थालेका छन् । उनीहरूले निर्वाचनको क्रममा स्थानीय तहले आफ्नो गाउँपालिका भित्रको अस्थायी जग्गाको लालपुर्जा दिने आश्वासन दिएका थिए । पुस्तौंदेखि अस्थायी बसोबास गरेका जनताहरू स्थानीय तहमा मतदान गरेपनि अब भने निरासा बनेका छन् ।
अस्थायी बसोबासको समस्या भएको दाङको राप्ती गाउँपालिका अस्थायी बसोबासलाई व्यवस्थित गर्न आफूले चाहेर पनि नसकेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी बताउँछन । स्थानीय सरकारका प्रतिनिधीहरूको यस्तो भनाई सार्वजनिक भएपछि आशामा देखिएका भालुवाङका बासिन्दाहरू फेरी पनि स्वामित्वमा अन्यौलता देखिएको बताउँछन । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले सुकुम्बासी आयोग नबन्दा सम्म स्वामित्वको प्रक्रिया अगाडि बढाउन नसक्ने बताए । राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदी भालुवाङ बजार सबैभन्दा ठूलो समस्या स्वामित्व ग्रहण भएको बताउँछन् । ‘जमिनको सट्टा भर्ना नगरी समस्या समाधन नहुने र यसका धेरै कानुनी जटिलता रहेको छ,’ उनले भने । सट्टा भर्नाका लागि जग्गाको व्यवस्था गर्न गाउँपालिकाले प्रयास गरेको भएपनि आयोग गठन नहँुदा काम गर्न नसकिएको बताए ।
दाङ जिल्ला अन्तर्गत पूर्व–पश्चिम राजमार्गका किनारासँगै राप्ती गाउँपालिका भालुवाङमा सरकारी वनमा बस्ती बस्न थालेको ४ दशक नाघेको छ । त्यसलाई व्यवस्थित गर्न नगर विकास समिति समेत गठन भएको पनि दशकै वर्ष बितिसकेको छ । तर नगर विकास समितिले बस्ती व्यवस्थापन गर्न असफल भयो । सरकारी राष्ट्रिय वनको झण्डै ३१ विगाह ६ कट्ठा जग्गामा वस्ती फैलिएको छ । हाल उक्त बस्ती बजारमा परिणत भइ कच्ची तथा पक्की गरि कम्तीमा २ हजार निजी भवनहरू निर्माण भएका छन् । निजी रूपमा करोडांैको लगानीमा पक्की संरचना बनिसकेका छन् । तर भवन बनेको २० वर्ष बितिसक्दा स्वामित्व भने लगानीकर्ताहरूले पाएका छैनन् । भालुवाङ दाङ, प्यूठान, रोल्पा, बर्दिया, वाँके र अर्घाखाँचीको व्यापारीक ट्रान्जीटको रूपमा विकास गर्न सकिने सम्भावना समेत उत्तिकै रूपमा रहेको छ । यस बजारमा हाल सरकारी तथा निजी गरि आधा दर्जन भन्दा वढी बंैक र आधा दर्जन सहकारीहरूले आफ्नो सेवा प्रभाह गर्दै आएका छन् । त्यसैगरि खानेपानी, विद्युत, स्वास्थ्य लगायत अन्यमा सरकारले लगानी गर्दै आएको छ । यहाँका बासिन्दाहरूले आफू बसेको जग्गाको जग्गाधनी प्रमाणपत्र पाएका छैनन् ।
कसैको दुई पुस्ता वितिसकेको छ । उनीहरूले जीवनभरको कमाइ भएभरको जेथा सोही स्थानमा खनाएका छन् । तीन वटै सरकार मजबुद भइसक्दा पनि स्वामित्व भने अन्यौलमा देखिएको स्थानीयबासी वसन्त केसी बताउँछन ।
भालुवाङ निवासी पुराना बासिन्दा वरिष्ठ पत्रकार महेश रिजालका अनुसार सो बस्ती पूर्व पश्चिम राजमार्ग बनाउने क्रममा राजमार्गमा काम गर्ने मजदुरको अस्थायी टहराबाट बस्ती सुरु भएको बताउँछन् ।
विकासक्रमसंगै २०३५÷०३६ सालबाट सो अस्थायी डेराबाट वस्ती बसेको होे । राजमार्गको निर्माणको ठेक्का भारतिय ठेकेदारले लिएको थियो । उक्त ठेक्काबाट सडक तथा रा पेटी ठेकेदारका रूपमा नेपालका ओम वहादुर पौडेलले काम गर्न थाले पछि पौडेलले भालुवाङ पुल चोकमा पहिलो कोलनी बनाए ।
कामकै शिलशिलामा उनले भालुवाङ पुलचोकमा घर वनाएका थिए । त्यसैगरि पेटी काम गर्ने ताप्लेजुङका लाक्पा सेर्पाले सोही स्थानमा दोस्रो कोलनी बनाएका थिए । यसरी सडक तथा राप्ती पुल वन्ने क्रममा थुर्पै मजदुर कामका खटिने र खाजा खाने क्रममा साना तिन खाजा नास्ता पसलहरूका टहरा वन्न थालेका थिए । त्यसै क्रममा सो सकडको पेटी ठेकेदारको काम कपिलवस्तु सिवपुरमा जिसी परिवारले गर्दै आएका थिए । उनिहरू त्यहाँको काम सकेर भालुवाङमै आएर संरचना वनाउन सुरु गरियो । विकाश क्रमसँगै २०४२ सालमा राप्ती नदी निर्माणको कार्य सम्पन्न भयो ।
त्यसपछि भालुवाङ पुलचोकमा चहलपहल बढ्न थाल्यो । विस्तारै चहपहल संगै भालुवाङ बजार विस्तार हुन थाल्यो । भालुवाङ पूर्व पश्चिम संगै प्यूठान, रोल्पा जाने केन्द्रका रूपमा विकास भयो । पुल निर्माणसंगै पुलचोकका सवै नदी किनारा बस्तीले भरिएको थियो । बिस्तारै वस्ती घना रूपमा फैलन थाले पनि सरकार वस्ती हटाउन असफल बन्यो । सो वस्तीका वासिन्दाहरूलाई नगर विकाश समितिले प्रमाणको रूपमा रु. ३ सय ५ रूपैयाँको रसिद थमाएको छ । तर पनि त्यसले वैधानिकता भने पाएको छैन । यो बस्ती व्यवस्थापन समस्या लमहीमा पनि देखिएको छ । लमही नगरपालिका भित्र झण्डै ५० प्रतिशत जनताहरू अस्थायी जग्गामा बसोबास गर्दै आएका छन् । स्थानीय सरकारले सबै समस्या समाधान गरिदिने आसामा मतदान गरेको गुनासो गर्न थालेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?