ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’
विशेष समाचार

सीमामा बीओपी कमाण्डः ‘इन्स्पेक्टर’ को क्षेत्राधिकार ‘डीएसपी’ ले खोस्दै

इन्सपेक्टरको कमाण्डमा एक प्लाटुन अर्थात ३५ जनाको कमाण्ड रहने भए पनि अहिले ६० जनासम्म कमाण्ड गर्नुपर्ने अवस्था आएको हेडक्वाटरले बताए पनि त्यो देखिंदैन । “अहिले सरदर ३५ जना जनशक्ति एउटा बीओपीमा खटिएका छन्, ६० जना कुनै पनि बीओपीमा छैनन्”–सशस्त्रका एक उच्च अधिकारीले भने ।
२५ फाल्गुन २०७९, बिहीबार
२५ फाल्गुन २०७९, बिहीबार

बुटवल, २५ फागुन ।

सशस्त्र प्रहरी बल (एपीएफ) मा केही कमाण्ड संरचनामा फेरबदल गर्न लागिएको छ । अहिले भएका बोर्डर आउट पोष्ट (बीओपी) को कमाण्ड संरचना फेरबदल गर्ने गरी गृहकार्य अघि बढाइएको छ ।

सशस्त्र हेडक्वार्टर हल्चोकले सुरक्षा प्रोटोकल र चुस्त सुरक्षाका लागि भन्दै केही कमाण्ड संरचना मिलान गर्नुभन्दै उक्त प्रस्ताव गृहमा पठाएको छ । देशभर सशस्त्रका २ सय २८ बीओपी छन् । ती बीओपीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) ले कमाण्ड गर्दै आएका छन् । अहिले एउटा बीओपीमा ३० देखि ४० जनासम्म जनशक्ति कार्यरत छन् ।

इन्सपेक्टरको कमाण्डमा एक प्लाटुन अर्थात ३५ जनाको कमाण्ड रहने भए पनि अहिले ६० जनासम्म कमाण्ड गर्नुपर्ने अवस्था आएको हेडक्वाटरले बताए पनि त्यो देखिंदैन । “अहिले सरदर ३५ जना जनशक्ति एउटा बीओपीमा खटिएका छन्, ६० जना कुनै पनि बीओपीमा छैनन्”–सशस्त्रका एक उच्च अधिकारीले भने । हेडक्वाटरले भने ६० जना जनशक्ति खटिएको भन्दै ‘तीन जोड एक’ को नीति अनुसार कमाण्ड संरचना बदल्नुपर्ने प्रस्ताव गरेको छ ।

सशस्त्र स्थापनापछि सीमा सुरक्षाका लागि भन्दै बीओपीहरु निर्माण गरिएको थियो । जहाँ अन्तर्राष्ट्रिय अभ्यास अनुसार इन्स्पेक्टरले कमाण्ड गर्दै आएका थिए ।

बीओपीमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पनि राख्ने र डीएसपीको मातहतमा इन्सपेक्टरले कमाण्ड गरेका तीनवटा बीओपी राख्ने प्रस्ताव हल्चोकको छ । डीएसपीले आफ्नो ‘टेरिटोरी’ तीनवटै बीओपीको निरीक्षण, अनुगमन र कमाण्ड गर्दा सीमा सुरक्षा थप चुस्त हुने भन्दै हल्चोकले उक्त प्रस्ताव गृहमा पठाएको हो । यो प्रसताव लागू भयो भने थुप्रै इन्स्पेक्टर कमाण्ड सम्हाल्नबाट बन्चित हुने छन् ।

सशस्त्र प्रहरीका प्रवक्ता तथा एसएसपी पुरुषोतम थापाले बीओपी कमाण्ड संरचना फेरबदलको विषयमा कुरा भएको बताउँदै अहिले निर्णय भइनसकेकाले केही भन्न नमिल्ने बताए । “ती जोड एक’ को कमाण्ड गर्दा राम्रो नतिजा आउँछ भन्ने विषयमा छलफल भएको हो । निर्णय गर्ने काम गृहको भएकाले अहिले यो विषयमा केही भन्न मिल्दैन”, डीआइजी थापाले भने ।

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख प्रेम देवकोटाले जसले कमाण्ड गरे पनि राजश्व अनुसन्धानलाई केही फरक नपर्ने बताए । “हामी एसपी भन्दा माथि नै हुन्छौं, डीएसपीले कमाण्ड सम्हाल्दैमा राजश्व अनुसन्धानले खटाउन नसक्ने भन्ने हुँदैन”–उनले भने । यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले भने फोन उठाएनन् । पटक पटक गरिएको सम्पर्कको प्रयास सफल हुन सकेन ।

यसरी हटाइएको थियो डीएसपीको कमाण्ड

२०७५ सालमा पुनर्संरचना भन्दै सशस्त्रका ११ वटा राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म खारेज गरिएको थियो । जसमा झापाको काकडभिट्टा, मोरङको जोगवनी, धनुषाको जलेश्वर, पर्साको वीरगञ्ज, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी, रुपन्देहीको डण्डा, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको त्रिनगर, कन्चनपुरको गड्डाचौकी पुनर्संरचना भन्दै खारेज भए ।

त्यतिबेला ती गुल्महरुमा १६० जनाको दरबन्दीमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) ले कमाण्ड गर्दै आएका थिए । ती गुल्महरु खारेज गर्दै बीओपी स्थापना गरियो । अहिले बीओपीको कमाण्ड सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) ले गर्दै आएका छन् । गुल्म खारेज गरेर बीओपीमा गएपछि डीएसपीका ११ वटा कमाण्ड एकाएक खुम्चिएका थिए ।

२०७५ सम्म सुनसरी, बारा, ललितपुर, रुपन्देही र कैलालीमा गरी सशस्त्रका ५ वटा राजश्व चुहावट नियन्त्रण गुल्महरु थिए । ती गुल्महरुको कमाण्ड पनि डीएसपीले गर्दै आएका थिए । पुनर्संरचना गर्ने भन्दै ५ वटा मध्ये ४ वटा राजश्व चुहावट नियन्त्रण गुल्मलाई सुरक्षा बेसमा परिवर्तन गरियो ।

अहिले ललितपुरको हरिहर भवनमा मात्रै सशस्त्रको राजश्व चुहावट नियन्त्रण गुल्म छ । गुल्म हुँदा डीएसपीले कमाण्ड गरेका यी ४ वटा सुरक्षा बेस बनेसँगै इन्सपेक्टरको कमाण्डमा आएका छन् ।

२०७५ सम्म झापा, मोरङ, बारा, पर्सा, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, बाँके, सुर्खेत र कन्चनपुर गरी १३ वटा सशस्त्र प्रहरीका औद्योगिक सुरक्षा गुल्महरु थिए । ती गुल्मलाई पनि पुनर्संरचनाको नाममा सुरक्षा बेस बनाइएको थियो ।

गुल्म हुँदा डीएसपीले कमाण्ड गरेका उक्त ठाउँहरु सुरक्षा बेस भएसँगै अहिले इन्सपेक्टहरुले कमाण्ड गरिरहेका छन् । २०७५ मा पुनर्संरचना भन्दै राजश्व, भन्सारका गुल्महरु खाजेर गर्दा डीएसपीले नेतृत्व गर्ने २८ वटा संरचना खारेज भएका थिए । अहिले भने ३५ जनाको कमाण्ड गर्नुपर्ने इन्सपेक्टरको जिम्मा ६० जनासम्म हुने भएकाले प्रभावकारी हुन नसकेको भन्दै ‘तीन जोड एक’ को अवधारणअनुसार डीएसपीको कमाण्डमा ल्याउन लागिएको सुरक्षा अधिकारीहरु बताउँछन् । कतिपय सुरक्षा अधिकारीहरु भने इन्स्पेक्टर भएर १६ वटा कमाण्ड सम्हालेपछि फेरि डीएसपी हुनासाथ कमाण्ड सम्हाल्ने योजना अनुसार चलखेल भएको बताउँछन् ।

“यो इन्स्पेक्टरलाई कमाण्ड गर्न नदिने र सधैभरी आफू मात्रै शक्तिमा रहने गरी गरिएको चलखेल हो, इन्स्पेक्टरले कमाण्ड गर्नुपर्ने ठाउँमा फेरि डीएसपी नै हुने भएपछि इन्स्पेक्टरको के अर्थ ? यसले अरुको क्षेत्राधिकार खोस्ने काम भएको छ”–सशस्त्रका एक अधिकृतले भने ।

इन्सपेक्टरको कमाण्डमा एक प्लाटुन अर्थात् ३५ जनाको कमाण्ड रहने भए पनि ६० जनासम्मको कमाण्ड इन्सपेक्टरले गर्दा सुरक्षा व्यवस्था प्रभावकारी हुन नसकेको र सुरक्षा प्रोटोकल समेत नमिलेकाले कमाण्डमा परिवर्तन गर्न लागिएको सशस्त्र प्रहरी हेडक्वार्टर स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission