© २०२३
बुटवल,२५ फागुन । यात्रु अभावका कारण केही महिनादेखि उडान रोकेको जजिराले आजदेखि गौतमबुद्ध विमानस्थलबाट पुनः उडान शुरु गरेको छ ।
२०७९ जेठ २ गतेदेखि गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । तर मौसम खराबीको कारण देखाउंदै पुस ६ गतेदेखि उडान रोकेको थियो । जजिराले पुरानै तालिकाअनुसार साताको तीन उडान गर्ने जनाएको छ ।
कुबेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको हो ।
विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ ।
भैरहवा–मलेसिया चार्टर्ड उडान थालेको हिमालय एयरलाइन्सले पनि दुई महिनादेखि उडान रोकेको छ ।
सम्म घाटा हुने गरेको प्रवक्ता झाले बताए ।