© २०२३
शान्तिका अग्रदूत महामानव बुद्ध जन्मस्थल लुम्बिनीलाई बिश्वकै आध्यात्मिक आस्थाको केन्द्र बनाउन पञ्चशील घोषणा गरिएको छ ।
लुम्बिनी बिकास कोष तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयुक्त तत्वाधानमा एक समारोहको आयोजना गरि लुम्बिनी नगर क्षेत्र सिमाना भित्र पञ्चशील घोषणा गरिएको हो ।
घोषणा सभालाई सम्बोद्धन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले शान्तिको खोजीमा बुद्ध जन्म थलो लुम्बिनीमा आगन्तुक संसार भरिका शान्तिगामी श्रद्धालुहरूलाई प्रत्यक्ष रूपमा शान्तिको अनुभूति दिलाउन पञ्चशील घोषणा गरिएको बताए ।
उनले पञ्चशील घोषणा कार्यक्रमलाई प्रभावकारी ढंगबाट कार्यन्वयनमा ल्याउन राज्य सन्यत्र तथा नगारिक समाज सरोकारवाला निकायले आ–आफ्नो ठाउँबाट कस्सिएर लाग्नुपर्ने निर्देशन समेत दिए ।
लुम्बिनी बिकास कोषका अध्यक्ष समेत रहेका मन्त्री अधिकारीले आगामी तीन बर्षभित्र लुम्बिनी गुरुयोजना पूरा गर्न एकै चोटि ग्लोबल टेण्डरको गृहकार्य शुरु गरिएको बताए ।
लुम्बिनी क्षेत्रमा एक सय शैयाको अत्याधुनिक अस्पताल, पाँच सय बिद्यार्थी क्षमता भएको हाईस्कूल भवन समेत निर्माण गर्न कोषको बैठकबाट निर्णय गरिएको जानकारी गराए । कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले पञ्चशील घोषणा कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले लुम्बिनी बिकास कोषसँग हातेमालो गर्दै अघि बढ्न चाहेको प्रतिबद्धता जनाए ।
सो अवसरमा लुम्बिनी बिकास कोष उपाध्यक्ष अवधेश कुमार त्रिपाठी साक्यपुत्र भिक्षु मेत्तइया, बिधायक फकरुद्दीन मुसलमान, राष्ट्रियसभा सदस्य दुर्गा प्रसाद उपाध्याय, समाजसेवी अब्दुल अजीज खान लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।