© २०२३
होमस्टे सञ्चालकहरूले होमस्टेको दर्ता र नियमनको जिम्मेवारी स्थानीय तहलाई दिने व्यवस्था मिलाउन प्रदेश नम्बर ५ सरकारसँग माग गरेका छन् । होमस्टे पर्यटन कार्यालयमा दर्ता र त्यसै मार्फत नियमन हुँदै आएकोमा अहिले पर्यटन कार्यालय खारेज भएपछि दर्ता प्रक्रिया रोकिएको छ ।
स्थानीय तहमै दर्ता, नविकरण र नियमन पनि स्थानीय तहमार्फत नै गर्नुपर्ने होमस्टे एशोसियसनका अध्यक्ष भिम केसीले बताए । त्यसले काममा सहजता ल्याउने उनले तर्क छ । होमस्टे एशोसियसन नेपाल प्रदेश नम्बर ५ का सचिव कृष्णलाल चौधरीले दर्ता प्रक्रिया स्थानीय तहबाट भए सहज हुने बताए । जबाफमा प्रदेश नम्बर ५ का सांसद आईपी खरेलले होमस्टे सन्चालनले पर्यटन प्रबर्धनमा महŒवपूर्ण भूमिका खेलेकाले त्यसको सहजताका लागि प्रदेश सरकारले के गर्न सक्छ भनेर आफूहरूले सम्बन्धित ठाउँमा कुरा राख्ने बताएका छन् ।
चौधरीका अनुसार, प्रदेश नम्बर ५ का ३२ वटा होमस्टे सन्चालनमा छन् । जसमा १० वटा दर्ता प्रक्रियामा छन् । होमस्टे सन्चालकहरू सरकारलाई कर तिर्न इच्छुक छन् । प्यान नम्बर लिएर आफूहरू राज्यलाई कर तिर्न तयार रहेको उनीहरूको भनाई छ । पछिल्लो समय बाँके लगायत देशैभर होमस्टे सन्चालन हुने क्रम बढेको छ । सामूहिक र नीजिरूपमा होमस्टे सन्चालन भइरहेको छ ।
होमस्टे एशोसियसनका अध्यक्ष केसीले कला, संस्कृतिको संरक्षणका लागि खोलिएका होमस्टे पनि राज्यको आर्थिक जुटाउने अभियानमा सहभागी हुन इच्छुक रहेको बताए । अहिले होमस्टेलाई कर तिर्न बाध्य नभए पनि स्वस्फुर्तरूपमा आफूहरूले प्यान नम्बर लिएर राज्यलाई कर तिरिरहेको उनले बताए । केसीले ग्रामिणक्षेत्रमा रोजगारी सिर्जना गरी आर्थिक उपार्जन गर्न होमस्टेले महŒवपूर्ण भूमिका निभाइरहेको बताए । वन्यजन्तु संरक्षणको अभियानमा काम गरिरहेको जेडएसएल लायक बिभिन्न संस्थाको सहयोगमा सोमबार बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभरमा भएको ‘पर्यापर्यटन प्रबर्धनका लागि सरोकारवालाबीच अन्तरक्रिया’ मा प्रदेश नम्बर ५ का होमस्टे सन्चालक अगुवा, स्थानीय तहका प्रमुख र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा होमस्टे सन्चालकहरूले अहिले पर्यटन कार्यालय खारेज भएको अबस्थामा स्थानीय तहले नै होमस्टे दर्ता, नविकरण र अनुगमन गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले होमस्टेको स्तरबृद्धिमा काम गर्न सक्ने भन्दै उनीहरूले दर्ता जस्ता प्रक्रिया भने स्थानीय तहबाटै हुनुपर्ने माग गरे ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले पर्यटन प्रबर्धनका लागि होमस्टे बिस्तारमा गाउँपालिकाको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै जेडएसएल बाँके र बर्दिया कम्पलेक्स प्रमुख पवन गौतमले पर्यापर्यटन र वन्यजन्तु संरक्षणमा खेलेको भूमिका उल्लेखनीय भएको बताए ।
……………
कृष्णलाल चौधरी सचिव
होमस्टे एशोसियसन नेपाल, प्रदेश नम्बर ५