© २०२३
मुस्लीम धर्मगुरु पैगम्बर मोहम्मद मुस्तफा सल्ललहाहो, अलैहे वसल्लमको १४९३ औ जन्मोत्सवको अवसरमा बुटवलमा १६ औ पटक रक्तदान कार्यक्रम गरिएको छ ।
मदिना मदरसा मस्जीद प्रबन्ध परिषद् बुटवल–५ को आयोजानमा मस्जीद परिषरमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा बोल्दै बुटवल वडा नम्बर ५ का अध्यक्ष तेज प्रसाद सेन्चुरीले सबै धर्मको सम्मान गर्दै समाजमा एक अर्काको भाईचारा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै मस्जीदका अध्यक्ष बबर अली मियाँले नियमित रूपमा रक्तदान गरी समाजिक क्षेत्रमा परिषद् अगाडी बढेको बताएका थिए ।
शुभकामना समेत आदान प्रदान गरिएको कार्यक्रममा संस्थापक अध्यक्ष मोहमद् खालिद मियाँ, संस्थाका संरक्षक हाजि जमाल मियाँ, पुर्व अध्यक्ष हाजि मुनिर वक्स मिया, पुर्व अध्यक्ष हाजि अहमद अलि मियाँ, रजाय मुस्ताफा मस्जिद समितिका अध्यक्ष हाजि मक्वुल मिया, संस्थाका उपाध्यक्ष हाजि सकुर मिया, संस्थाका बरिष्ठ उपाध्यक्ष जलि उल्लाह मिया, सचिव जमिल खान, संस्थाका सह–सचिव सबर मियाँ लगायतले शुभकामना मनतव्य राख्नुको साथै रक्तदानको महत्वको विषयमा आ आफ्नो धारणाा राखेका थिए ।
मुस्लिम महिलाहरू ३ जना सहित ६० जनाले रक्तदान गरेको कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधि सहयोग रहेको संस्थाका सदस्य कमालदिन मियाँले जानकारी दिए । यस्तै परिषद्ले आज (मंगलबार) विहान मोटरसाईकल ¥याली समेत आयोजना गर्ने छ भने साँझ धार्मिक प्रवचन (मिलादुन नवि) समेत आयोजना गरिने संस्थाका कोषाध्यक्ष सलाम बक्स मियाँले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी