© २०२३
सुनवल,१७ फागुन । सुनवल–४, नवलपरासीस्थित सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलमा यही फागुन १० गते देखी सुरु भएको तेस्रो अतिरिक्त क्रियाकलाप सप्ताह (इ.सि.ए मिट) समापन भएको छ । जस अन्तर्गत कक्षा ३ देखी ५ सम्मको अंग्रेजी निबन्ध प्रतियोगितामा कक्षा ३ का प्रनेश शर्मा प्रथम, कक्षा ५ की स्वस्तिका जि.सी द्धितीय, कक्षा ४ का दिप्सन रुचाल तृतीय र कक्षा ३ का रिजन पौडेल सान्त्वना स्थान हासिल गरेका छन् भने कक्षा ६ देखी ९ सम्मको अंग्रेजी निबन्ध प्रतियोगितामा कक्षा ७ की दृष्टि तिमिल्सिना प्रथम, कक्षा ९ का मिसन पंङ्गेनी द्धितीय, कक्षा ७ की बिनिता वर्मा तृतीय र कक्षा ८ का अंकित कँवर सान्त्वना स्थान हासिल गरेका विद्यालयका प्रिन्सिपल एवं प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईले जानकारी दिए । त्यसैगरी कक्षा १ र २ को अंग्रेजी हस्तलेखन प्रतियोगितामा कक्षा १ की मेरीसा ढकाल प्रथम, कक्षा २ की दिपीका दर्नाल द्धितीय, कक्षा २ की रितिशा आले तृतीय र कक्षा १ की खुशी खरेलले सान्त्वना स्थान हासिल गरेका छन् भने कक्षा ३ देखी ५ सम्मको अंग्रेजी हस्तलेखन प्रतियोगितामा कक्षा ५ की अस्मी चौधरी प्रथम, कक्षा ३ की एक्ता खवास द्धितीय, कक्षा ३ की आयशा कँवर तृतीय र कक्षा ४ की प्रिंयशा कण्डेल सान्त्वना स्थान हासिल गरेका छन् । त्यसैगरी कक्षा ६ देखी ९ सम्मको अंग्रेजी हस्तलेखन प्रतियोगितामा कक्षा ७ की विविका बराल प्रथम, कक्षा ९ की कृपा घिमिरे द्धितीय, कक्षा ७ की आशिका पौडेल तृतीय र कक्षा ६ की प्राप्ती रानाले सान्त्वना स्थान हासिल गरेका छन् । त्यसैगरी कक्षा ६ देखी ९ सम्मको अंगे्रजी स्व्रmयाबल प्रतियोगितामा कक्षा ८ का अंकित बि.क प्रथम, कक्षा ८ का बसन्त ढकाल द्धितीय, कक्षा ७ की लेबीशा सेनले तृतीय स्थान हासिल गरेका विद्यालयको अतिरिक्त व्रिmयाकलाप संयोजक माया गुरुङ्गले बताइन् ।