© २०२३
रूपन्देहीकी पत्रकार इन्दिरा अर्यालले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छिन् ।
ग्रामिण महिलाहरूको जीवनस्तर उकास्नका लागि महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्विजरल्याण्डको संस्था ओमन वल्र्ड समिट फाउन्डेसनले उक्त ‘ग्रामिण जीवनमा महिला सृजनशिलता’ पुरस्कार प्रदान गरेको हो ।
अर्याललाई परिर्वतनका लागि कार्यरत महिला समूहले आईतवार बुटवलमा एक कार्यक्रमका बीच एक हजार अमेरिकी डलर बराबरको सो पुरस्कार प्रदान गरेको हो । २०३४ सालमा पाल्पाको निस्ती गाउँपालिकामा जन्मिएकी अर्याल सहित विश्वभरीका १० जना महिलाले सो पुरस्कार प्राप्त गरेका छन् ।
सम्मान कार्यक्रममा बोल्दै प्रदेश ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालले यस्ता सम्मानले सम्पुर्ण ग्रामिण क्षेत्रका महिलाहरूलाई अगाडि बढ्न प्रेरित गर्ने बताउँदै सञ्चार माध्यमहरूले सकारात्मक सन्देशहरूलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए । सकारात्मक सन्देशले मात्र समाज र देश परिवर्तन गर्न सकिने भन्दै यस्ता कार्यक्रमले हौसला दिने बताए । प्रदेश सांसद विष्णु पन्थीले विभिन्न अभियानहरू चलाएर ग्रामिण क्षेत्रका महिलालाई अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा बोल्दै पुरस्कृत अर्यालले पत्रकारितासँग सामाजिक कार्यल मनमा सन्तोषसँगै हौसला प्राप्त भएको बताइन् ।
उनले यो पुरस्कार आफ्नो कल्पना भन्दा बाहिर रहेको धारणा व्यतm गरिन् । उनले अबका दिनमा समाजमा पछाडि पारेको वर्गलाई अगाडि ल्याउनलाई निरन्तर समाजिक अभियानमा लागि रहने बताइन् । कार्यक्रममा रेडियो लुम्बिनीका कार्यबाहक अध्यक्ष दुजेन्द्र बस्नेत, महिला उद्यमी यमुना चापागाई, पार्वती परियार, दलबहादुर गुरुङ्ग लगायतले बोलेका थिए ।à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी