ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

चितवनमा एक करोड बढीका गहना सहित ३ जना भारतीय पक्राउ

१७ फाल्गुन २०७९, बुधबार
१७ फाल्गुन २०७९, बुधबार

बुटवल, १७ फागुन । चितवन प्रहरीले एक करोड बढी मूल्यको सुन र हिराका गहना सहित तीनजना भारतीयलाई पक्राउ गरेको छ । प्रहरीले ६३ तोला भन्दा बढी सुन र हिराजडित गरगहना २२ तोला भन्दा बढी बरामद गरेको हो ।
उक्त गहनाको अनुमानित मुल्य १ करोड १० लाख बराबर रहेको छ । बहुमुल्य गरगहनाको अबैध ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले फागुन १६ गते राति १ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं १२ गोन्द्राङ स्थित पुर्व पश्चिनम लोकमार्ग सडक खण्डबाट तीनजना भारतीयलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कार चालक भारत, उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थाना बस्ने बर्ष ४२ को विनोद प्रसाद, कारमा सवार भारत, पश्चिम बंगाल राज्य, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने बर्ष ५१ को गणपत कुमार तोसावर र कारमा सवार सोही ठाउं बस्ने बर्ष ४२ को नरेश बर्मा पक्राउ परेका हुन् । पूर्वतर्फबाट पश्चिमतर्फ आउँदै गरेको भारतिय नं को टाटा कम्पनीको डब्लुबी १२ एभी ५५६६ नम्बरको कारलाई रोकी चेकजाँच गर्दा उक्त कारको ड्राईभर बस्ने सिटको पछाडिको सिटमुनी गियर बक्स भित्र र एअर फिल्टर भित्र लुकाई छिपाई ल्याएका बहुमुल्य हिरा र सुनका गर गहना, बिभिन्न किसिमका पत्थर समेत फेला परेको चितवन प्रहरी प्रमुख प्रहरी उपरक्षिक रामेश्वर कार्कीले बताए । उनीहरुबाट सुन जस्तो देखिने पहेलो धातुको चोकर थान १२,सुन जस्तो देखिने पहेलो धातुको सिक्री पाईप थान ५ ,सुन जस्तो देखिने पहेलो धातुमा हिरा जस्तो देखिने चम्किलो धातु जडित औठी थान २, सुन जस्तो पहेलो धातुको बक्स औठी थान ८, सुन जस्तो देखिने पहेलो धातुको मिनि हार थान ५,सुन जस्तो देखिने पहेलो धातुको टोपा औठी थान २ , सुन जस्तो देखिने पहेलो धातुको लकेट थान ४ , सुन जस्तो देखिने पहेलो धातुको झुम्का ३१ जोर, सुन जस्तो देखिने पहेलो धातुको चप्रा नभरेको चुरा थान ६, ,सुन जस्तो देखिने पहेलो धातुमा चप्रा र लाहा भरेको चुरा थान ४, सुन जस्तो देखिने धातुको कल्ली बाला मिना सहित थान ४ , हिरा जस्तो देखिने चम्किलो धातुको हार थान ७ , हिरा जस्तो देखिने चम्किलो धातुको ब्रास्लेट थान १ , हिरा जस्तो देखिने चम्किलो धातुको वाला थान १ , हिरा जस्तो देखिने चम्किलो धातुको औठी थान ४, हिरा जस्तो देखिने चम्किलो धातुको लकेट थान २, हिरा जस्तो देखिने चम्किलो धातुको झुम्का थान १० , हिरा जस्तो देखिने चम्किलो धातुको टप थान १२ , बिभिन्न किसिमका पत्थर ३६ थान बरामद भएको हो ।
बरामद सुन र कारलाई राजस्व अनुसन्धान कार्यालय हरिहर भवन काठमाडौंमा पठाइने प्रहरी उपरीक्षक कार्कीले जनाए । चितवनमा प्रहरीको यो ठूलो सफलता मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?