© २०२३
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग डिएफआईडीका एशिया क्षेत्रीय प्रमुख पिटर भवेल्स सहितको एक टोलीले भेट गरेको छ ।
भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले अहिले कानुन निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको जानकारी दिएका थिए ।
भेटमा डिएफआइडी नेपाल प्रमुख डा. रुरिड मार्सदेन समेत सहभागी भएका थिए । मुख्यमन्त्रीले संभव भएसम्म चालु पयिोजनाका सन्दर्भमा पुनरावलोकन गरी अघि बढ्न र अब नयाँ परियोजना सञ्चालन गर्दा छलफल गरेर अघि बढ्न आग्रह गरेका थिए ।
डिएफआइडीले नेपालको विकास प्रक्रियामा सहयोग गर्दै आएको र आगामी दिनमा पनि समन्वयात्मक ढंगले काम गर्ने डिएफआईडी एशिया क्षेत्रीय प्रमुख भवेल्सले बताए । उनले परिवर्तित सन्दर्भमा विगतको सहयोगलाई अझै व्यवस्थित गर्न इच्छुक रहेको बताएका हुन । मुख्यमन्त्रीले प्रदेशको प्राथमिकता, समुदायलाई लाभ पुग्ने र नतिजा दिने विकास परियोजनामा सहयोग हुने विश्वास व्यक्त गरे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी