ट्रेंडिंग:

>> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !

लाइसेन्स सक्कली कि नक्कली ?

३ मंसिर २०७५, सोमबार
३ मंसिर २०७५, सोमबार

विसौं वर्ष सवारी चलाएको आफ्नो अनुभव बताउने कृष्णबहादुर तामाङ विना कागज पत्र टिप्पर हाँक्दा उनी अकस्मात कारबाहीमा परे । तामाङ एक्ला चालक भने होइनन् ? ट्राफिक कारबाहीमा परेको ! उनी सँगै टिप्पर हाँक्ने श्याम नेपाली भने स्थायी नम्बर प्लेट बिना ज्यामिरेको भुटुके देखि नवलपरासीको सर्दीमा रहेको होङसी सिमेन्टका लागि चुन ढुंगा ढुवानी गर्ने बीस जना भन्दा बढी चालकहरू ट्राफिक प्रहरीको ट्रयापमा परेका छन् ।
सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने चुन ढुंगा ढुवानी गर्ने टिप्परका चालकहरू विना कागज पत्र, स्थायी नम्बर प्लेट बिना, सवारी चालक अनुमति पत्र विना र मापदण्ड भन्दा विपरित ओभरलोड ढुवानी गर्ने कार्य टिप्पर चालकहरूको दैनिकी हो ।
मूख्य राजमार्ग भन्दा धेरै टाढा ट्राफिक प्रहरीको निगरानी तथा अन्त्यन्त कम पुग्ने यस सडक खण्डमा सवारी ऐन नियम विपरीत टिप्पर हाँक्ने सवारी चालकहरूको दादागिरी नै चलेको छ । मापदण्ड भन्दा बढी ढुंगा लोड गरेर तीब्र गतिमा सवारी गुडाउने उनीहरूको विशेषता नै भएको स्थानीय बासिन्दा प्रेम बहादुर सोती बताउँछन् ।
ट्राफिक प्रहरीको निगरानी हुन नसक्ने यस सडकखण्डमा टिप्पर चालकहरूको दादगिरी नै छ । तीब्र गतिका कारण सडकमा पैदल हिँड्ने बालबालिका, बृद्ध बृद्धालाई जोगाउन र जोगिन निकै कठिन भएको ज्यामिरेकी स्थानीय बासिन्दा कृष्णकला घर्ती मगरले गुनासो पोखिन् ।
‘स्थानीय बासिन्दाले गुनासो गर्ने ठाउँ नै भएन ट्राफिक प्रहरीसँग हाम्रो पहुँच पुग्दैन । गाउँका टाठाबाठा मध्ये केहिले खानीमा काम गर्दछन् । केहि आफै ड्राइभर छन् । हामी टिप्परबाट आतंकित भयौं । हाम्रो आवाज चित्कारमा परिणत भयो,’ उनले भनिन् ।
ट्राफिक प्रहरीले सुराकीको भरमा यस क्षेत्रमा सञ्चालित टिप्परको विषयमा निगरानी बढाएको थियो ।
विना कागज पत्र, विना सवारी चालक अनुमति पत्र, नम्बर प्लेट बिना, मापदण्ड विपरित ढुवानी जस्ता विषयमा गुनासो आएपछि पहिलो पटक ट्राफिक प्रहरी जवान, दोस्रो पटक हवल्दारको कमाण्डमा पठाएँ । तर चालकहरूले वास्ता नगरेपछि आफै पुगेर चेकजाँच गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर गिरी बताउँछन् । चेकजाँचका क्रममा अधिक मात्रामा सवारीका साधनहरूमा नम्बर प्लेट बिना सञ्चालन भएको, ढुंगालाई त्रिपालले नछोपेको मापदण्ड भन्दा बढी ढुवानी गरेको कागज पत्र बिना सवारी हाँकेको जस्ता कुराहरू भटिएको उनले बताए ।
उनका अनुसार ट्राफिक नियम विपरित सवारी हाँक्ने चालकलाई कारबाही गरि २५ हजार रूपैयाँ जरिमाना स्वरूप राजस्व संकलन भएको र चालकहरूको सवारी चालक अनुमति पत्र शङ्कास्पद देखिएकोले ५० भन्दा बढी सवारी चालक अनुमति पत्र आवश्यक सक्कली र नक्कली भन्ने विषयमा पत्ता लगाउनका लागि नियन्त्रणमा लिएर सम्बन्धित यातायात व्यबस्था कार्यालयमा पठाउने तयारी गरिएको प्रमुख गिरीले बताए । चेकजाँचका क्रममा चालकहरूलाई प्रशिक्षण समेत दिइएको थियो । ट्राफिक प्रहरीले आकस्मात छड्के चेकजाँच गर्ला भन्ने कल्पना नै थिएन । कागज पत्र साथमा नलिएर सवारी चलाएको कारण जरिमाना तिर्नु परेको सवारी चालक विमल सुनारी बताउँछन् ।
यस क्षेत्रमा गुड्ने टिप्परका चालकहरू मध्ये धेरैको लाइसेन्स छैन । ट्राफिक आउला भन्ने डर पनि छैन । कम्पनीबाट गाडि निकाल्यो बडी बनायो । कम्पनिले दिएको अस्थायी नम्बरमा महिनौं गाडि गुडाउने पनि छन् । ट्राफिकको यस किसिमको कार्यले चालकहरूलाई सचेत बनाएको उनले बताए । सदरमुकाम तानसेन देखि झण्डै ५० किलोमिटर दुरीमा रहेको साविकको ज्यामिरे गाविस हालको निस्दी गाउँपालिका भित्र पर्ने ज्यामिरेको भुटुेकेबाट नवलपरासी जिल्लाको सर्दीमा रहेको होङसी शिवम् सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ ढुवानी गर्ने टिप्पर दैनिक दुई सय भन्दा बढीले दैनिक रूपमा दुई ट्रिप गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
उद्योगदेखि खानीस्थल सम्मको दुरी ३० किलोमिटर रहेको र यहाँ टिप्परको संख्या अझ बृद्धि हुने कम्पनीले जनाएको छ । ट्राफिक प्रहरीको निगरानीका कारण टिप्पर चालकहरूको दादागिरी अन्त्य हुने स्थानिय बासिन्दाले अपेक्षा गरेका छन् । सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने टिप्पर र डोजर मात्र हो । त्यो पनि यस ठाउँमा मात्र हो । ट्राफिक प्रहरीको निगरानी अत्यन्त कम हुने भएकोले हो । ट्राफिक प्रहरीले यसरी अनुगमन र निगरानी गरेको पहिलो पटक हो । यसलाई निरन्तरता दिए मात्र सार्थकता प्राप्त गर्ने छ । अन्यथा कर्मकाण्डिका रूपमा मात्र हुने स्थानिय बासिन्दा टोप बहादुर घर्तीले बताए । जिल्लामा ट्राफिक प्रहरीले धेरै काम गर्नुपर्ने जनशक्ति कम भएकोले सबै ठाउँमा निगरानी पु¥याउन नसकिए पनि यसैगरि समय समयमा छड्के चेकजाँच गरिने ट्राफिक प्रहरी नायब निरीक्षक डम्बर गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?