© २०२३
वि.सं. २०६० सालबाट सांगितिक क्षेत्रमा प्रवेश गरेका लोक गायक तथा सर्जक भरत क्षेत्री पछिल्लो समय ब्यस्त कलाकारको सूचीमा छन । २०४० साल कार्तिक २६ गते पर्वतको भँगरामा जन्मिएका उनी अहिले सुनवल नगरपालिका वडा नम्बर १२ भुमहिका स्थायी बासिन्दा हुन् ।
करिब १०—११ वर्षको उमेरबाट आफ्नो माइलो वुवा मनबहादुर क्षेत्रीको हात समाउँदै गाउँको पुजाआजामा हुने भजन किर्तनबाट सुरु भएको उनको सांगितिक यात्रा अहिले देश विदेशसम्म पुगेको छ ।
२०६० सालबाट गायन क्षेत्रमा प्रवेश गरेका उनले २०६२ सालमा पहिलो एल्बम मायाको झल्को बजारमा ल्याएका थिए । अहिलेसम्म १३ वटा एल्बम बजारमा ल्याइसकेका क्षेत्रीले विशेषगरी गित संगित मार्फत सामाजिक परिवर्तन ल्याउन अभिप्रेरित गर्ने खालका गितहरू गाएका छन् ।
सर्जकको रूपमा समेत रहेका उनले गित सिर्जना गर्दा समेत सामाजिक विषयवस्तुलाई उठान गर्ने गरेको बताउँछन । उनी भन्छन “संगितको माध्यमबाट समाज परिवर्तन गराउने सजिलो माध्यम हो । गितसंगित सबैले बुझ्ने भाषाको रूपमा समेत रहेकोले मैले सामाजिक विषयवस्तुलाई पहिलो प्राथमिकतामा राखेर गीत लेख्ने गर्दछु ।”
लोक गायक विमलराज क्षेत्रीलाई आफ्नो कला क्षेत्रको गुरु र प्रेरणाको श्रोत मान्ने क्षेत्री विमलराजकै कारण आफू सांगितिक क्षेत्रमा आएको बताउँछन् । गायकको रूपमा दर्शक श्रोताको नजरमा सजिलै परिचित भए पनि सांगितीक क्षेत्रमा सर्जकको पनि महŒवपूर्ण भूमिका रहने क्षेत्री बताउँछन् । उनले सिर्जना गरेका शब्दहरू विमलराज क्षेत्री, इन्द्र जि.सि. खुमन अधिकारी, राजु परियार, विष्णु माझी, देवी घर्ति लगायतले गाइसकेको क्षेत्रीले बताए ।
२०६२ सालमा पहिलो एल्बम बजारमा ल्याएर सँगितमा पाइला राखेका क्षेत्रीको उचाइ भने २०७० सालमा बजारमा आएको ‘क्याप्टेन बा’ ले बढाएको थियो । उनले लोक गित सँगै तिजका गित र देउसी भैलो गित समेत बजारमा ल्याएका छन । उनले बजारमा ल्याएको विकृतिले देश खायो भन्ने तीजको गितले धेरै श्रोताको मन जितेको थियो । सोहि तीज गितले क्षेत्रीलाई वक्स अफिस म्युजिक अवार्डबाट उत्कृष्ट गायकको पुरस्कार समेत दिलाएको थियो । गायकको रूपमा परिचित क्षेत्री संगित समेत भर्ने गर्दछन । उनले विशेषगरी स्टेजमा हुने साँगितीक कार्यक्रमको सँयोजन समेत गर्दै आएका छन ।
करिव साढे १ दशकदेखी गित सँगितमा रमेका क्षेत्री २०६२ सालदेखी साँगठनिक रूपमा लोक तथा दोहोरी गित प्रतिष्ठानको कुनै न कुनै पदमा रहेर काम गरिरहेका छन । पछिल्लो समय राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपरासीका अध्यक्ष रहेका क्षेत्रीले साँगठनिक सुधारको लागि आफूले काम गरिरहेको बताए ।
‘पछिल्लो समय सांगितिक क्षेत्रमा विकृति भित्रदै गएको छ, गैरकलाकारहरू समेत प्रतिष्ठानका सदस्यहरू रहेका छन्, हामी विधान संसोधन गरी गित संगित क्षेत्रमा नरहेका ब्यक्तिहरूको सदस्यता खारेजी प्रकृयामा रहेका छौँ’ उनले भने ‘रमाइलो र रहरले प्रतिष्ठानमा आवद्धहरूका कारण प्रतिष्ठानको छवि गिर्दै गएको छ त्यसैले पनि सांगितिक क्षेत्रको कुनै न कुनै विधा जानेकाहरूमात्र संस्थाका सदस्य रहनेगरी विधान संसोधन भएपछि प्रतिष्ठानको शाख बाँचिरहनेछ ।’
लोक गीत संगित राष्ट्रिय संस्कृतिसँग समेत जोडिएको हुन्छ । लोक गितले संस्कृति रक्षामा योगदान पु¥याए पनि सम्बन्धित निकायले संस्कृति जगेर्नामा योगदान पु¥याउन नसेकेको उनको ठम्याइ छ । लोक संगितले देशको संस्कृतिलाई विश्वसामु पु¥याउने भएकोले सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने क्षेत्री बताउँछन् ।
प्रस्तुतीः प्रमोद अर्याल, बर्दघाट