© २०२३
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर ४ मा रहेको सत्यवती बजैको मन्दिरमा यस बर्ष तिन दिन सम्म मेला आयोजना गरिने भएको छ ।
पाल्पाको महŒवपूर्ण धार्मिकस्थल सत्यवतीमा धार्मिक मेला मङ्सिर ५ देखि ७ गतेसम्म लाग्दै छ । यस बर्ष सात बर्षमा पहिलो पटक पुर्णीमा मंसिर ७ गते नै परेको कारण यसलाई महायोगको रूपमा समेत लिइएको छ ।
सत्यवती वजैको मन्दिरमा पूर्णिमामा भव्यरूपमा मेला लाग्दछ । यहाँ जोग परेको बेला लाख बढी श्रद्धालु भक्तजनहरू पूजाआजा गर्न आउछन् । सत्यवती वजैको मन्दिरमा चिच्याएर वर माग्ने चलन छ । वजैले कान नसुन्ने भएकाले चिच्याएर वर माग्नु पर्ने किवंदन्ती रहेको सत्यवती मन्दिर संरक्षण समितिका अध्यक्ष सुनविर गाहा बताउँछन् । समितिले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी पुरा भएको बताएको हो । सत्वती मन्दिर संगै रहेको सत्यवती चार रोपनी जग्गामा फैलिएको सो ताल चुरे र सीमसार क्षेत्रमा पर्ने दुलर्भ ताल रहेको दोभान एकिकृत पर्यट विकास समितिका सचिव दल बहादुर गुरुङ्गले जानकारी दिए ।
साविकको कोल्डाँडा गाविसको वडा नं. १ र ४ मा पर्ने सत्यवती वजैको मन्दिरमा बलिदिनेहरूको पनि उस्तै भीड लाग्छ । आफूले मागेको वर पूरा भएपछि भक्तजनहरूले बोकोको बली दिने चलन छ । कुखुराको भाले चढाउने चलन समेत रहेको छ । साथै साकाहारीले परेवा उडाएर खुसी मनाउँछन् । मेलामा आउने श्रदालुहरूको लागि सुरक्षाकर्मीहरूबाट सुरक्षा सेवा, प्राथमिक उपचार सेवा, मन्दिरको दर्शनका लागि उचित व्यवस्थापन, सत्यवती तालको परिक्रमाबस्नका लागि सेडहरूको व्यवस्था, पिउने पानीको उचित प्रवन्ध, मेलामा फूलप्रसादी तथा माला,फोटो किन्ने व्यवस्था, खाजा तथा खानाको व्यवस्था समेत गरिएको तिनाउ गाउपालिका वडा नम्बर ४ का अध्यक्ष दान बहादुर गाहा मगरले जानकारी दिए । पछिल्लो समय तिनाउ गाउँपालिका एवम् अन्य गैह्सरकारी निकायहरूले समेत आर्थिक,भौतिक एवम् नैतिक सहयोग प्राप्त हुँदैछन् । प्रदेश सभाका उद्योग,पर्यटन ,वन तथा वातावरणीय मन्त्री लिला गिरिले सो होमस्टे (घरबास)को उद्घाटन सम्पन्न भएको थियो ।