© २०२३
वन तथा भु–संरक्षण विभाग बबरमहल काठमाडौंको आयोजनामा बन सम्बन्धी मस्यौदा विधेयकमा प्रादेशिक बैठक तथा अन्तरक्रिया कार्यक्रम बुटवलमा भएको छ ।
वनको संरक्षण र व्यवस्थापन गर्न बनेको नेपाल बन विध्येक –२०७५ को विषयमा छलफल भएको हो । कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उपभोक्ता मैत्री नै वन ऐन आउनेमा ढुक्क हुनको लागि आग्रह गरेका थिए । उनले कुनै पनि व्याक्तिलाई माथि उठाउने भन्दा पनि मग्रह उपभोक्ताहरुको पक्षको साथै वन संग सम्बन्धीत सबै व्यक्तिहरुको हितमा नै प्रदेश सरकारले वन ऐन ल्याउने बताएका हुना । वन डिभिजन कार्यालयका १४ जना प्रमुखहरु, जलाधार व्यवस्थापन विभागका प्रमुख, वन निर्दनशनालय, सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन), समुदायिक वनका प्रतिनिधिहरु, साझेदारी वन, नीजी वन, धार्मिक बन, जडिबुटी व्यवसायीहरु, काष्ठ व्यवसायीहरुको सहभागीता रहेको मस्यौदा छलफलल बैठकमा सबैले पुर्ण सक्रिय रुपमा भाग लिएका थिए । यस्तै कार्यक्रममा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय कासचिव धनञ्जय पौडेल, वन मन्त्रालयका सह सचिव चन्द्रमान श्रेष्ठले कार्यक्रममा सहजीकरण गरेका थिए । à