© २०२३
बुटवल रुपन्देहीको देवदह नगरपालिकामा रहेको देवदह माविले गुपचुपमा शिक्षक नियुक्ति विज्ञापन प्रकाशन गरी सोही अनुसार आफ्नो मान्छेलाई शिक्षक नियुक्ती गर्न खोजेको आरोप लागेको छ । निमावि मा सामाजिक विषयक शिक्षक(राहत) कोटाको विज्ञापन प्रकाशन गरी आफ्नो स्वार्थका व्यक्ति भर्ना गर्न खोजिएको हो ।
विज्ञापनका आवेदन मिति २०७५ असार ३२ गते सम्म उल्लेख गरिएपनि विद्यालय नै नखोली विद्यालयमा आवेदन दिन गएका विद्यार्थीहरुलाई विद्यालय बन्द भएको भन्दै फकाउने गरेको पाइएको छ । उक्त पदमा नियुक्तिको लागि नेपाल सरकार शिक्षा मन्त्रालयबाट लिएको शिक्षक सेवा परिक्षामा करार सुचीमा नाम निकालेकी एक जना व्यक्तिले निवेदन दिन जाँदा समेत विद्यालयका प्रधानाध्यापकले धम्काएर पठाएका छन् । निवेदन दिन आवश्य सबै प्रक्रिया पुरा गरी पहिला नै नेपाल सरकार शिक्षा मन्त्रालयको करार सूचीमा नाम निकालेकी गुल्मी जिल्लाको तत्कालिन थापापती गाविस वडा नम्बर ६ की रुपा ज्ञवाली विद्यालयमा गएकी थिईन् । तर विद्यालयका प्रधानाध्यापक केशव घिमिरेले निवेदन लिन अस्वीकार गरेका थिए ।
सोही अनुरुप न्ययको लागि उनी जिल्ला प्रशासन कार्यालय रुपन्देही गएकी थिईन् ।
जिल्ला प्रशासन कार्यालय शिक्षा विकास संमन्वय ईकाई रुपन्देहीले विद्यालयलाई पत्र नै पठाएर निवेदक रुपा ज्ञवालीको लाई नियुक्ती दिई कार्यालयमा जानकारी दिन आग्रह गरेको छ । संमन्वय ईकाईको पत्र संख्या ०४७÷०७५ च.न. २३२० मा ईकाई प्रमुख दिवाकर भण्डारी(उपसचिव)ले देवदह माविलाई पत्र काट्दै ‘निमावि तह सामाजिक विषयको पछिल्लो विज्ञापन करारा लिष्ट नम्बर ९ सि.न. १०००५३० का करार उमेद्वार रुपा ज्ञवालीले त्यस विद्यालयमा रिक्त रहेको निमावि राहत अनुदान सामाजिक विषयको पदपुर्तीको लागि प्रकाशित विज्ञापन मा दरखास्त दिन जाँदा विद्यालयले नबुझेको भनि कार्यालयमा निवेदन दिनुभएकोमा शिक्षा नियमावली २०४९(संसोधन सहित) को नियम ९७ अनुसार नीज व्याक्तिलाई नियुक्ति दिई यस कार्यालयमा जानकारी गरिदिनुहु अनुरोध छ । ’ भनि पत्र काटेका छन् ।
तर ईकाईको पत्रलाई समेत विद्यालयले वेवास्ता गरेको पिडीत ज्ञवालीले जानकारी दिईन् । देवदह नगरपालिका शिक्षा शाखा लाई बोद्धार्थ गरिएको पत्र लिएर उनी नगरपालिमा समेत गएकी छन् । नगर प्रमुख हिरा बहादुर खत्रीले नियम अनुसार नियुक्ति दिनुपर्ने र यसमा आफुले सक्दो पहल जारी राखेको जानकारी दिए । यता, विद्यालयका प्रधानाध्यापक केशव घिमिरेलाई यस विषयमा बुझ्न खोज्दा मोवाईल बन्द गरेका छन् ।