© २०२३
लागू औषध तथा हातहतियार खरखजाना अभियोगमा विभिन्न स्थानबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विभिन्न गस्ति टोलीले उनीहरुले उनीहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको हो ।
प्रहरी कार्यालयका अनुसार गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अमानीगंजको गस्ति टोलीले पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुर स्थित २४ बर्षिय मेलु मुसलमानको सिरानीमुनी लुकाई राखिएको अबैध एयर पेस्तोल सहित उनलाई पक्राउ गरिएको हो । प्रहरी निरिक्षक विरेन्द्र थापाका अनुसार उनलाई हाथहतियार खरजाना मुद्दामा अनुसन्धान थालिएको छ ।
त्यसैगरि रामग्राम नगरपालिका–५ बुद्धचोकबाट सोही स्थान बस्ने २७ बर्षिय नन्द किसोर यादवलाई खानतलासी गर्दा उनिबाट निट्राभेट १० लेखिएको १४ पिस, स्पासमोडोन ३ पत्तामा रहेको २२ क्याप्सुल र खुल्ला अवस्थामा रहेको १९ पिस लागु औषध फेला परेपछि उनलाई पक्राउ गरेको छ ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनवल नगरपालिका १२ हरकट्टाबाट लु.२ ख.१३८ नम्बरको बसमा बसका औजार राख्ने स्थानमा प्लाष्टिक झोलामा राखिएको नाइट्राभेट १० उल्लेख गरिएको ३० ट्याबलेट र स्पासमा पाईभोन प्लस ५७ क्याप्सुल फेला परेको थियो । बस कन्डक्टरसँग सोधपुछ गर्दा सो झोला बर्दघाट नगरपालिका–४ का २१ बर्षिय प्रविण शर्माले राखेको जनाएपछि उनलाई बसबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई लागूऔषध ओसारपसारमा अनुसन्धान भइरहेको प्रहरी निरिक्षक थापाले जनाएका छन् ।
à