© २०२३
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले मेला महोत्सवहरू परिस्कृत हुन जरुरी रहेको बताएका छन् ।
नवलपरासीको बर्दघाटमा शुक्रबारदेखि शुरु भएको औद्योगिक ब्यापार महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले स्थानीयस्तरमा उद्योग कलकारखानाको स्थापना गर्नुपर्ने बताए । उनले अहिले लाग्ने मेला महोत्सव स्थानीयको पुँजीलाई बाहिर पठाउने माध्यम बन्दै गएको र स्थानीयस्तरका उत्पादन तथा स्थानीयस्तरका हरेक क्षेत्रको प्रवद्र्धन हुन नसकेको बताउँदै स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताए ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्माले बर्दघाट नगरपालिका कृषि, पर्यटनको प्रचुर सम्भावना रहेको र अब उद्योग कलकारखाना स्थापित गरी समृद्ध नगर बनाउनु पर्नेमा जोड दिएका थिए । बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष मिनराज शर्माले जारी मेलाको माध्यमबाट बर्दघाट क्षेत्रमा ब्यवसायिक तथा औद्योगिक विकासमा सहयोग पुग्ने बताउँदै महोत्सवलाई साझा बनाउनु पर्ने बताए । तेस्रो कृषि पर्यटन तथा औद्योगिक ब्यापार मेला मंसिर ११ गतेसम्म जारी रहने छ ।
स्थानीय ब्यापार, पर्यटन, कृषि सहित स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक बर्दघाट उद्योग वाणिज्य संघले जनाएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा सञ्चालित मेलामा बाल उद्यान, स्थानीय उत्पादन, विभिन्न घरेलु उत्पादनका प्रदर्शनी गरिएका २ सय १४ स्टल रहेको बर्दघाट उद्योग वाणिज्य संघका महासचिव लेखनाथ न्यौपानेले जानकारी दिए । à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी