© २०२३
स्थापनाको छोटो समयमा केविए ग्लोबल एजुकेसन एण्ड माईगे्रनले बुटवल मिलनचौक शाखाले १७ जना विद्यार्थीलाई अष्ट्रेलियाको भिषा लगाउन सफल भएको अष्ट्रेलिया शिक्षाको विषयमा विहिवार आयोजना गरिएको शैक्षिक सेमिनार पश्चात आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा केविए ग्लोवल बुटवल शाखा प्रमुख प्रविन खनालले जानकारी दिए ।
उनका अनुसार अहिले केविएले अष्ट्रेलिया र न्युजिल्यान्डमा विद्यार्थीहरूको लागि स्टडी भिषाको कार्य गर्दै आएको छ । केविए ग्लोवलका सीईयो माईग्रेन एजेन्ट सम्भु कण्डेलका अनुुसार भारत र चीन पछि सबैभन्दा बढि विद्यार्थीहरू जाने मुलुको रूपमा अष्टेलिया रहेको जानकारी दिए । अष्टेलिया नेपाल भन्दा ५२ गुणा ठुलो देश भईकन पनि जनसंख्याको हिसावले सबैभन्दा थोरै जनसंख्या भएको कारण त्यहाँ नेपाली विद्यार्थीहरूलाई बढि भन्दा बढि मात्रामा लैजाने गरको उनको भनाई रहेको छ ।
शिक्षाको लागि मुख्य गन्तव्यको रूपमा विकास हुँदै गएको अष्ट्रेलियामा शिक्षासंगै काम सहज रूपमा पाईने भएको कारणले पनि विद्यार्थीहरूको रोजाईमा पर्ने गरेको उनको भनाई रहेको छ । यस्तै केविए ग्लोवल बुटवल शाखा प्रबन्धक प्रविन ज्ञवालीका अनुसार नेपाल सहित १२ वटा विभिन्न देशमा यसको शाखा कार्यालय रहेको छ । नेपालका विभिनन ६ वटा स्थानमा अष्ट्रेलियामा ४ वटा, फिलीपिन्स र ब्राजिलमा पनि शाखा रहेको जनाइएको छ । हाल सम्म १२ सय जना विभिन्न व्यक्तिहरूले अष्ट्रेलियाको भिजा केविए ग्लोवलबाट प्राप्त गर्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।