© २०२३
रूपन्देहीमा भएका मालपोत कार्यालयहरूलाई मन्त्रालयले नै काखा र पाखा लगाउने काम गरेको छ । सुबिधायुक्त मालपोत कार्यालयमा झन माथी झन् सुविधा थपिएको छ भने पछाडी पारिएका मालपोत पछाडी नै छ ।
भुमि व्यवस्था तथा अभिलेख बिभागका महानिर्देशक मुक्ती प्रसाद आचार्यले मालपोत कार्यालय भैरहवामा अनलाईन बाट सेवाग्राहीलाई सेवा प्रदान गर्न सुरु गरि रहदा अर्को मालपोत कार्यालय मर्चवारमा भने उनि बिरुद्ध चर्को नाराबाजी भई रहेको थियो । नाराबाजी मात्र नभई सेवाग्राही तथा लेखापढी ब्यवसायीहरूले मालपोत बन्द गेर सेवा नै ठप्प पारेका थिए । मालपोतमा गरेको तालबन्दी ईलाका प्रहरी कार्यालय मझगाँवाका प्रमुख प्रहरी निरिक्षक हरि प्रसाद पौडेलको नेतृत्वको टोलीले खोलेको थियो । मालपोत कार्यालयमा कर्मचारीको अभावमा काम नै नभए पछि आजित भएर सेवाग्राही तथा ब्यवसायीहरूले सांकेतिक रूपमा तालाबन्दी गरेका हुन । मालपोत कार्यालय मर्चवार लामो समय देखी कर्मचारी विहिन हुदा कार्यालयले सेवाग्रहीलाई दिने सेवा दिएको छैन । उता तालाबन्दी हुदा भैरहवामै रहेका बिभागका निर्देशक आचार्य मर्चवार जाने कष्ट गरेनन् । भैरहवाकै मालपोतको सेवाको शुरु गर्दै उनले सरकारले लिएको रणनीति अनुसार बिभाग अगाडी बढेको बताए । राजस्व तथा सेवा प्रवाह र अभिलेखको सुरक्षा गर्नका लागी मालपोत कार्यालयले अनलाइन सेवा बिस्तारमा रहेको बताउदै महानिर्देशक आचार्यले अबका केहि बर्षमा नेपालका सबै मालपोत डिजिटल सेवामा प्रवेश गर्ने जानकारी दिए ।
आचार्यले ठूला गफ दि रहदा मर्चवारका जनता कामै नभई कार्यालयबाट फर्कन बाध्य भएका थिए । मर्चवारका जनता भने लामो समय देखी सास्ती खेप्न बाध्य छन् ।
मालपोत कार्यालय मर्चवारमा १७ जना कर्मचारीको दरबन्दी रहे पनि अहिले १ जना नायब सुब्बा, १ जना खरिदार, १ जना कम्प्युटर अपरेटर तथा ५ जना करारका कार्यालय सहयोगीको भरमा चलेको छ । आफ्नै घरदैलोमा सेवा सुबिधा पाउने आश गरेका मर्चवारबासीहरू मालपोतमा एक महिना भन्दा बढी समय देखि काम नै नहँुदा पीडित छन् । एक जना अधिकृत नहुँदा मालपोत कार्यालयमा अहिले जग्गा रजिष्टे«शन बाहेक अरू कुनै पनि काम हुन सकेका छैनन् । नामसारी, हालसाविक, संसोधन लगायतका निर्णय गर्ने प्रकृतिका फाईलहरू त्यतिकै थन्किएका छन । मालपोत आउने सेवाग्राहीहरू खाली कार्यालय र रित्तो कुर्सी हेरेर फर्किने गरेका छन । दशै पछि मुद्दा फाँटमा हुने एउटै काम अगाडी बढ्न सकेको छैन । à