© २०२३
पछिल्लो समयमा व्यवस्थापन संकायमा विद्यार्थीहरूको आकर्षण जति मात्रामा बढेको छ । सोही अनुसार रोजगारी कमै मात्रामा प्राप्त गरेको पाईन्छ । सोही विषयलाई मध्यनजर गर्दै बुटवलमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसले व्यवस्थापन विषयलाई पुनः परिभाषित गर्ने अभियानको थालनी गर्दैै यस क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको सेमिनार आयोजना गर्ने भएको छ ।
बदलिँदो परिस्थिति अनुसार व्यवस्थापकीय जनशक्ति र क्षमतामा पनि परिस्थितिजन्य परिवर्तन आवश्यक भएको कुरा मनन् गरी बजारको आवश्यकता अनुसारको व्यवस्थापकीय जनशक्ति तयार गर्न हालको पाठ्यक्रम शिक्षण पद्धति तथा मुल्याङ्कन विधि समेतलाई समेटी व्यवस्थापन प्रणालीको पुनः परिभाषित गर्नु पर्ने कुरालाई मनन् गर्दै यो अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरिएको हो । लुम्बिनी बाणिज्य क्यम्पसका क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायका अनुसार क्याम्पसले यस क्षेत्रमै पहिलो पटक दुई दिने अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानमुलक सेमिनार आयोजना गरेको हो ।
यही २०७५ साल कार्तिक ३० गते र मंसीर १ गते यसै लुम्बिनी वाणिज्य क्याम्पसको सेमिनार हलमा यो अन्तर्राष्ट्रिय सेमिनार संचालन गरिने छ । यस सेमिनारमा सेमिनारको प्रकरणमा आधारित विभिन्न विधामा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू तथा अनुसन्धानकर्ताहरूद्वारा अनुसन्धानमुलक लेख प्रस्तुत हुने सेमिनार संयोजक प्रा.डा. णकृष्ण भट्राईले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय सेमिनारमा विभिन्न विश्वविद्यालयका पदाधिकारीहरू, वरिष्ठ प्राध्यापकहरू तथा अन्य अनुसन्धानकर्ताहरूको समेत सहभागिता रहने छ ।
सेमिनारमा करिब ३०० जनाको सहभागिता रहने छ । यो सेमिनार सफलतापूर्वक सम्पन्न गर्न र प्रभावकारी व्यवस्थापनका लागि सेमिनार मुल व्यवस्थापन समिति अन्तर्गत रहने गरी १४ वटा उपसमितिहरू गठन गरी सक्रिय रूपमा कार्य अगाडि बढाइएको छ ।
वि.सं. २०३८ सालमा आधिकारिक रूपमा स्थापित व्यवस्थापन शिक्षामा लुम्बिनी वाणिज्य क्याम्पसले प्रारम्भमा आई कम वि.कम र एम् वि एस का कक्षाहरू संचालन गर्दै आएको थियो ।
क्याम्पसको शैक्षिक गणस्तर अभिवृद्धि गर्नका लागि विश्वविद्यालय अनुदान आयोगमा गुणस्तर प्रमाणिकरणको प्रक्रियामा २०६८ सालमा पहिलो पटक गुणस्तर सुनिश्चतता तथा प्रत्यायन क्युएए प्राप्त गरेको थियो भने २०७५ सालमा पुनः दोश्रोपटक क्युएए प्राप्त गरेको छ ।
०७५ सालमा एक मात्र सर्वोत्कृष्ट क्याम्पसको रूपमा नेपाल सरकारवाट पुरस्कृत भएको हो । त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयवाट लिइने विभिन्न तहका परीक्षाहरूमा विभिन्न समयमा पटक पटक बोर्ड प्रथम, वोर्ड द्धितीय, वोर्ड तृतीय र प्राय जसो दशौ सम्मको स्थान प्राप्त गर्दै आएको छ । यसै सन्दर्भमा हालै एम. वि.एस. प्रथम वर्षको प्रकाशित नतिजामा पनि वोर्ड प्रथमदेखि पाँचौ स्थानसम्म यसै क्याम्पसका विद्यार्थीहरूले उपाधि प्राप्त गर्न सफल भएको निर्वतमान क्याम्पस प्रख डा. ईश्वर गौतमले जानकारी दिए ।
वि.वि.एम. कार्यक्रममा स्थापना कालदेखि नै वोर्ड प्रथमदेखि दशौं स्थानसम्म प्राप्त गर्न सफल हुदै आएको छ । सामुदायिक क्याम्पसतर्फ यस वर्षको वि.वि.एस. प्रथम वर्षको नतिजामा प्रथम गर्ने अवसर पनि यसै क्याम्पसका विद्यार्थीले प्राप्त गरेका छन् ।
हाल वि.वि.एस., वि.वि.एम., एम. वि.एस. र एम. वि.ए. (वैकिङ एण्ड फाइनान्स) का कार्यक्रमहरू संचालन भइरहेको छन् र साथै निकट भविष्यमै वि.वि.ए. (अनर्स) र वि.आइ.एम. का कार्यक्रहरू संचालन गर्न लागेको छ ।
हाल यस क्याम्पसमा कूल ४३३८ विद्यार्थीहरू माथि उल्लेखित विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत छन् भने कूल प्राध्यापक संख्या ४९ जना र कर्मचारी २४ जना रहेको छ । क्याम्पसको दीर्घकालिन योजना अन्तर्गत मानित विश्वविद्यालयको रूपमा स्थापित गर्ने लक्ष्य रहेको क्याम्पस सञ्चालन समितिका अध्यक्ष मोतिलाल पाण्डेले जानकारी दिए ।