© २०२३
बुटवल,८ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले राजनीतिमा दूरदर्शी नेताको खाँचो औँल्याएका छन् । राजनीतिले समग्र परिवर्तन ल्याउन सक्ने भएकाले दूरदर्शी नेताको खांचो रहेको उनले बताए । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले दूरगामी भिजनसहितको राजनीतिले मात्रै देश विकास सम्भव हुने बताए । सोमबार तेस्रो रामपुर महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले राजनीतिबाट मात्रै विकास सम्भव भएको बताए । उनले राजनीति विकास केन्द्रित हुनुपर्छ भन्ने मान्यता रहेको बताए । राजनीतिको कुर्सीमा सही व्यक्ति आयो भने एउटा हस्ताक्षरले ५० वटा बुढानीलकण्ठ स्कुल , ५० वटा उद्योग ग्राम र ५० वटा शास्वतधाम बन्न सक्ने उदाहरण दिए ।
उनले ५० वर्षअघि राजपरिवारका सदस्यको अध्ययनका लागि बुढानीलकण्ठ स्कुल खुले पनि त्यसपछि अर्को बुढानीलकण्ठ स्कुल स्थापना गर्न नसक्नु सरकारको कमजोरी भएको बताए ।
राजनीतिमा लामो सङ्घर्ष गरेका र योगदान दिएका व्यक्तिहरूको सम्मान हुनुपर्नेमा उल्लेख गर्दै सांसद चौधरीले यसका साथै विकास र समृद्धिका बारेमा बुझेकाहरूलाई राजनीतिमा स्थान दिनुपर्ने बताए । एउटा उद्यमीको प्रयासबाट मात्रै विकास सम्भव नभएकाले आफू राजनीतिमा आएको प्रस्ट पारे ।
चौधरिले रामपुर क्षेत्र उद्योग व्यावसायका लागि धेरै सम्भावना बोकेको उल्लेख गरे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी