© २०२३
नेपाल अमेरिका पत्रकार संघ (नेजा) का सचिव सुरज भण्डारीलाई बुटवलमा स्वागत, बधाइ तथा सम्मान प्रदान गरिएको छ । रूपन्देहीमा १५ बर्ष सक्रिय पत्रकारिता गरेर हाल अमेरिकामा पनि सक्रिय रूपमा पत्रकारिता गरिरहेका भण्डारीलाई रिपोर्टर्स क्लब प्रदेश ५ ले बुटवलमा सम्मान गरेको हो ।
शुभकामना आदानप्रदान, स्वागत सम्मान कार्यक्रममा बोल्दै पूर्व सांसद तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा रूपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडीले नेपाली पत्रकारितालाई सिर्जनात्मक कार्यमा पनि सदुपयोग गर्नुपर्ने बताए । छिमेकी देशहरूमा भएका विभिन्न अभ्यासहरूबाट नेपाली पत्रकारीताले पनि सिक्न जरुरी रहेको उनको भनाइ छ । नेपाल अमेरिका पत्रकार संघका सचिव सुरज भण्डारीले व्यवसायीकता सँगसँगै पत्रकारको क्षमता अभिवृद्धि हुनुपर्ने बताए । उनले बिश्वब्यापीकरणको अबस्थामा नेपालका पत्रकारहरू पनि बिश्वभर जोडिन सम्भब रहेको भन्दै पत्रकारितालाई मर्यादित बनाउनुपर्ने धारणा राखे ।
पछिल्लो समयमा डिजिटल पत्रकारिताले स्थान जमाइरहेको भन्दै भण्डारीले समय सापेक्ष पत्रकारिताको टे«ण्ड फेर्न जरुरी रहेको बताए । रिपोर्टर्स क्लबका प्रदेश सदस्य कपिल ज्ञवाली, तेजेन्द्र केसी लगायतले बोलेका थिए । à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी