ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

विद्यालयमा बगौचा नभए,गमला फूलबारी

२७ कार्तिक २०७५, मंगलवार
२७ कार्तिक २०७५, मंगलवार

सरकारले ‘एक विद्यालय एक बगैँचा’ नीति ल्याएको छ । शैक्षिक संस्था र वरपरको क्षेत्रमा हरियाली कायम गर्न सरकारले त्यससम्बन्धी निर्देशिका जारी गरी नीतिलाई अगाडि सारेको हो । यससँगै देशभरका सामुदायिक विद्यालय, निजी (संस्थागत) विद्यालयका साथै स्वीकृत प्राप्त विद्यालयले बगैंचा निर्माण गर्नुपर्ने छ । हाल देशभर ३५ हजार २२ वटा विद्यालय छन् ।
मन्त्रिस्तरीय निर्णय भएपछि जारी भएको ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७५’ स्थानीय तह र विद्यालयहरूमा पठाउन थालिएको मन्त्रालयका अधिकारीको भनाइ छ । निर्देशिका सामुदायिक विद्यालय, निजी (संस्थागत) विद्यालय तथा स्वीकृत प्राप्त मदरसा, गुम्बा, बिहार, गुरुकूल, आश्रम र विशेष शिक्षाका स्रोत कक्षा समेतमा लागू हुने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए । महानिर्देशक पौडेलले निर्देशिकाको प्रकाशन गरी सबै प्रदेश सरकार, स्थानीय तह र विद्यालयमा पठाउन थालिएको बताए । उनले कार्यान्वयनका लागि कार्ययोजना र स्रोत पुस्तिकासमेत तयारीको क्रममा रहेको बताए ।
शिक्षा नियमावली, २०५९ को १९२ को अधिकारअनुसार जारी निर्देशिकामा एक विद्यालय एक बगैँचा तथा बृहत् हरित क्षेत्र निर्माण कार्यलाई प्रभावकारी रूपले अगाडि बढाउन सो नीति लिइएको छ । बृहत् हरित क्षेत्रअन्तर्गत विद्यालयको परिसर वा सेवा क्षेत्रभित्र रहेको खाली जग्गा वा सार्वजनिक वा बुट्यान क्षेत्रभित्र विद्यालय र समुदायको प्रयासमा वृक्षरोपण गनुपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिका कार्यान्वयनमा आएसँगै स्थान अभाव भएका विद्यालयमा गमलामा भएपनि बिरुवा रोप्नुपर्ने भएको छ । हरित विद्यालयको कार्यक्षेत्रमा विद्यालयमा हरित बगैँचा, जैविक घेराबार, औषधिजन्य जडीबुटी बिरुवाको बगैँचा, सदाबहार तथा मौसमी फूलबारी, छत, बरण्डा, करिडोरमा ‘अर्नामेन्टल’ बिरुवा तथा धूपी, अशोका, साइक्रस, क्रिसमस ट्रि, फलफूलका बिरुवा अम्बा, आँप, लिची, स्याउ, नासपाती आदि पर्ने निर्देशिकामा भनिएको छ ।
हरित विद्यालयको कार्यक्षेत्रमा तरकारी खेती, फलफूल खेती, काष्ठजन्य बिरुवा, इको पुस्तकालय, जैविक संग्राहालय, एक्वारियम, हबे्रयिम निर्माण र संकलन र संरक्षणसमेत पर्ने जनाइएको छ । विद्यालयमा बगैँचा निर्माणका साथै सरसफाइ गरी प्रदूषण हटाउन र हरियाली इको क्लब गठन गर्न पनि निर्देशिकामा आह्वान गरिएको छ ।
निर्देशिका कार्यान्वयनका लागि शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा सम्बन्धित निकाय र पक्षको सहभागितामा निर्देशक समिति तथा प्रदेशस्तरीय अनुगमन, जिल्लास्तरीय सहजीकरण, पालिकास्तरीय कार्यान्वयन समिति र विद्यालयस्तरीय कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समिति गठनको व्यवस्था गरिएको छ ।

निर्देशिकाको प्रकाशन गरी सबै प्रदेश सरकार, स्थानीय तह र विद्यालयमा पठाउने तयारी भएको छ । निर्देशिका सामुदायिक विद्यालय, निजी (संस्थागत) विद्यालय तथा स्वीकृत प्राप्त मदरसा, गुम्बा, बिहार, गुरुकूल, आश्रम र विशेष शिक्षाका स्रोत कक्षा समेतले कार्यान्वयनमा ल्याउनुपर्छ ।
बाबुराम पौडेल
महानिर्देशक, शिक्षा तथा मानव स्रोत विकास केन्द्र

तस्वीरः बुटवलको नहरपुर माविको बगैंचामा बालबालिकाहरू । तस्वीरः बुटवल टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?