© २०२३
संघीयतासँगै राष्ट्र पूँजीबादको बाटोमा अग्रसर भईरहेको बेला सत्तारुढ कम्युनिष्ट पार्टीका प्रभावशाली नेता घनश्याम भूषालले बुद्धजन्म स्थल लुम्बिनीको बिकासबाटै देश आर्थिक सम्बृद्धि हुने बताएका छन् ।
सो कुरा उनले आफ्नो गृह जिल्ला रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको लकापुर स्थित ने.क.पा.लुम्बिनी नगर कमिटी द्वारा आयोजित अगुवा कार्यकर्ता राजनैतिक प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन् ।
ने.क.पा.को युवा नेता भूषालले नेपालमा राजनीतिक परिवर्तन भएतापनि आर्थिक रूपान्तरणका लागि बिश्व प्रसिद्ध बुद्धजन्म स्थल लुम्बिनीको पर्यटन उद्योगको स्पिडलाई समातेर देशमा सम्बृद्धि ल्याउने कम्युनिष्ट नेतृत्व सरकारको योजना रहेको खुलासा गरे ।
रूपन्देही निर्बाचन क्षेत्र नं. बाट निर्बाचित सांसद समेत रहेका भूषालले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमान स्थलको निर्माण सँगै लुम्बिनीको सडक, यातायात, बिजुली बत्ती लगायत भौतिक पूर्बाधार बिकास गर्न एक बिदेशी प्रजेक्टले लगानी गर्न तयार रहेको जानकारी गराए ।
लुम्बिनीको बिकास पारदर्शी ढंगबाट अघि बढाउन सचेत नागरिकले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुका साथै सरकारको योजना तथा लक्ष्यलाई सार्थक तुल्याउनु पर्ने उनले आग्रह समेत । कार्यक्रममा स्थानीय युवा नेता श्रीराम यादवले लुम्बिनीको नाम भजाई डलर खेतीगर्नेहरूलाई सरकारले छानबिन गरि आमजनतालाई बिकास निर्माण अभियानमा सहभागी गराउन आवश्यक रहेको बताए ।